• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खेलकूद मानव जीवनको अपरिहार्यः पूर्व खेलकूद मंत्री पौडेल


खेलकूद मानव जीवनको अपरिहार्यः पूर्व खेलकूद मंत्री पौडेल

संजय यादव, गोलबार, सिरहा
पुस, २९ गते बुधवार

पूर्व युवा तथा खेलकूद मंत्री पुरुषोतम पौडेलले खेलकूद मानव जीवनको अपरिहार्य हो । स्वस्थ जीवन र अन्तराष्ट्रिय सुसम्बन्धको लागि खेलकूद रहेको बताएका छन् । २०७२ को संबिधानमै खेलकूदलाई मौलिक अधिकारको ब्यबस्था गरेको बताए । सिरहाको गोलबजारमा राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा बुधवार देखि शुरु भएको योनेक्स सनराईज १० औं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उदघाटन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वमंत्री पौडेलले यस्तो बताए । खेलकूद महासंघको पूर्व अध्यक्ष समेत रहेको पौडेलले ब्याडमिन्टन संघले प्रतियोगिता मात्र हैन, खेलाडी उत्पादन गर्न निकै नै सहयोग गर्दै आईरहेको बताए । स्थानिय, प्रदेश र संघ सरकार तिनटै लाई खेलकूदको बिषयमा निति तथा योजना बनाउने अधिकार सुरक्षित गरेको छ । उनले भने, भौतिक पूर्वाधार मात्र खेलकूदको विकास होईन, खेलाडी कसरी उत्पादन गर्नेतिर सरकारले ध्यान दिनुपर्ने ।

खेलकूदको क्षेत्रमा पछाडी रहेकोले सरकारले खेलाडी उत्पादनमा लगानी गर्न निकैनै जरुरी रहेको बताए । खेलकूदको महत्वलाई संघ, प्रदेश र स्थानिय सरकारले बुझन जरुरी रहेको छ । पहिचान र ब्यक्तित्व निखारने खेलकूद रहेको बताए । नेकपा प्रचण्ड माधव समूहका नेता समेत रहेका पूर्वमंत्री पौडेलले ओली समूहका नेताहरुलाई ईंगित गर्दै भने, आफनै पार्टीमा मारामार र नैतिकता समेत नेताहरुमा नरहेकोले खेलाडी, कम्युनिष्ट आन्दोलनका धरोहर पुष्पलाल जस्ताहरुबाट सिक्न नेताहरुलाई आग्रह पनि गरे ।

समारोहको अध्यक्षता ग्रहण गरेको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गोलबजार नगरपालिकाले खेलकूदको क्षेत्रमा उल्लेखनीय कामहरु शुरु गरेको बताए । नगर प्रमुख साहले भने, ५२ बिग्हा जग्गामा सुबिधा सम्पन्न खेलग्राम, आधुनिक कर्वड हल लगायत अन्य आवश्यक खेल मैदानहरुको निमार्ण शुरु भईरहेको बताए । यहाँका युवाहरुलाई कुलतबाट बचाउन र अनुशासनको शिक्षाको लागि खेलकूदमा जोड दिदै खेलकूदको लागि रतीभर पनि उदासिनता हुन नदिने बताए । कृषि, शिक्षा, स्वास्थ्य, खेलकूद लगायत समष्टिगत विकासको काममा नगरपालिका अगाडी बढीरहेको धारणा राखे । यस्तो राष्ट्रिय स्तरको खेल गोलबजार नगरपालिकामा हुनु नै ठूलो गर्वको कुरा रहेको समेत नगर प्रमुख साहले बताए ।
खेल पुस २९ गते देखि माघ ३ गते सम्म हुने १० इभेन्टस्को खेलमा देशभरीका ३ सय जना खेलाडीको सहभागिता रहेको गोलबजार नगरपालिकाका खेलकूद प्रशिक्षक कसम लामाले बताए । कर्वड हलको औपचारिक उदघाटन आईतवार मात्र नगर प्रमुख देवनाथ साहले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वास्थ्यको लागि खेलकूद, राष्ट्रियको लागि खेलकूद भन्दै गोलबजारमा राष्ट्रिय स्तरको खेल हुँदै
  • २०७७ पुष २९, बुधबार १८:५०
  • In "मधेश प्रदेश"
  • गोलबजार नगरपालिका खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह
  • २०७७ पुष २९, बुधबार १८:५०
  • In "खेलकुद"
  • मधेशमा सामुदायिक विद्यालयमा शिक्षा अनुपातमा कमजोर : मुख्यमन्त्री सिँह
  • २०७७ पुष २९, बुधबार १८:५०
  • In "BannerNews"
Tags: #खेलकुद

Sanjay Yadav

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

संसद विघटनविरुद्ध कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरीद्वारा धरपकड

५०३२ जनामा परीक्षण गर्दा ४०३ मा कोरोना संक्रमण

कमरेडबाट जबजकै हत्या प्रयास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version