• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लण्डन अदालतको फैसला- विकिलिक्सका संस्थापक असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिँदैन


लण्डन अदालतको फैसला- विकिलिक्सका संस्थापक असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिँदैन

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई सुपुर्दगी गर्न बेलायतको एक अदालतले अस्वीकार गरेको छ । अमेरिकी सेनाका गोप्य दस्तावेज लिक गरेर सनसनी मच्चाएका असान्जलाई सुपुर्दगी अमेरिकाले आग्रह गर्दै आएको छ ।

लण्डनस्थित जिल्ला अदालतले असान्ज मानसिक रुपमा ठिक नभएको र अमेरिकाको हिरासतमा रहँदा आत्महत्या गर्न सक्ने भन्दै सुपुर्दगी गर्न नसकिने फैसला सुनाएको हो ।
असान्ज सन् २०१० मा लण्डनमा पक्राउ परेका थिए । अमेरिकीहरुले असान्जमाथि जासुसीका १७ आरोप लगाएका छन् । एक आरोप कम्प्युटरको दुरुपयोगसँग सम्बन्धित पनि छ । यी सबै आरोप पुष्टि भएमा उनीमाथि १७५ वर्ष जेल सजायँ हुनसक्ने छ । यद्यपि अमेरिकी सरकारले भने सजायँ चारदेखि ६ वर्षसम्म हुन सम्भावना रहेको जनाएको छ ।

असान्जमाथि लागेका आरोपहरुमाथि तीन हप्तादेखि लण्डनको अदालतमा बहस भइरहेको थियो । आफ्नो फैसला सुनाउँदै न्यायाधीश भनेसा बाराइस्टरले भनिन्, ‘असान्जको मानसिक अवस्थालाई हेर्दा सुपुर्दगी गर्नु ठीक हुँदैन । यदि अमेरिका पठाइयो भने उनले आत्महत्या पनि गर्न सक्छन् ।’

न्यायाधीशले यो फैसला सुनाउँदा नीलो सुट र हरियो मास्क लगाएका असान्जले आँखा चिम्लिएर सुनिरहेका थिए । उनकी श्रीमतीले आँसु चुहाएकी थिइन् ।

लण्डन अदालतको यो फैसलाविरुद्ध अमेरिकी अधिकारीले १४ दिनभित्र पुनरावेदन गर्न सक्ने बीबीसीले जनाएको छ ।

स्वीडेनको आग्रहमा असान्ज लण्डनमा पक्राउ परेका थिए । स्वीडेनले दुई महिलामाथि बलात्कार र यौन उत्पीडनको आरोपबारे असान्जसँग सोधपुछ गर्न चाहन्थ्यो । स्वीडेन जानबाट जोगिन असान्जले लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसेका थिए । त्यसपछि उनी बेलायत र स्वीडेनका अधिकारीहरुको पहुँचबाट टाढै रहे ।

त्यसपछि अपि्रल २०१९ मा दूतावासबाट बाहिरिए र बेलायतको प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । स्वीडेनले सोही वर्ष यौन उत्पीडनको आरोप फिर्ता लियो । यद्यपि असान्ज लण्डनको जेलमै रहेका थिए । सुनुवाइ गर्दा उनलाई जेलको भ्यानमा राखेर अदालत लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी
  • २०७७ पुष २१, मंगलवार १७:५२
  • In "अन्तराष्ट्रिय"
  • ज्याक डोर्सीले बनाएको ट्वीटर प्रतिबन्धित हुँदा उनकै अर्को एप मालामाल
  • २०७७ पुष २१, मंगलवार १७:५२
  • In "BannerNews"
  • पक्राउ परेको १६ वर्षपछि अमेरिकाबाट भारत ल्याइएका तहव्वुर राणा १८ दिनको हिरासतमा
  • २०७७ पुष २१, मंगलवार १७:५२
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

महामारीमा १३ अर्ब ब्याज छुट, प्रभावित नहुनेले पनि सुविधा पाए : बैंकर्स संघ

मलका ठेकेदार : पौने ६ अर्बको ठेक्का हत्याए, मल ल्याउने क्षमता नै पुगेन

सिरहाको गोलबजारमा राष्ट्पती र प्रधानमन्त्रीको गरे पुतला दहन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version