No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लोडसेडिङ हटाउने मास्टर प्लान मेरै, कुलमान ल्याउने पनि मै : ऊर्जामन्त्री रायमाझी

लोडसेडिङ हटाउने मास्टर प्लान मेरै, कुलमान ल्याउने पनि मै : ऊर्जामन्त्री रायमाझी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूले ल्याएको ‘मास्टरप्लान’ कारणले लोडसेडिङ हटेको दावी गरेका छन् । उनले कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको पनि बताएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा १२देखि १८ घण्टासम्म लोडसेडिङ भएको स्वीकार्दै आफूले ल्याएको ९९ बुँदे मास्टर प्लानबाटै लोडसेडिङ हटेको बताए । तिनै कामका कारण भारतबाट बिजुली ल्याएर लोडसेडिङ हटाएको पनि उनले बताए ।

‘ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका प्राविधिकहरुलाई सोध्दा हुन्छ, ९९ बुँदे मास्टर प्लान कसले बनायो ? ढल्केबर-मुजाफरपुर, ढल्बेबर-हेटौंडा, ढल्केबर-खिम्ती प्रसाणलाइन कसले बनायो ?’

उनले १३, १२, ९ वर्षदेखि अल्भिmएका परियोजना आफूले २ महिनामै सकाएको दावी पनि गरे । त्यसबाटै लोडसेडिङ हटेको कुरा अहिले पनि प्राधिकरण र ऊर्जा मन्त्रालयका प्राविधिकहरुले भनिरहेको मन्त्री रायमाझीको तर्क छ ।

‘कुलमानलाई प्राधिकरणमा ल्याउन सक्षम पूर्वसचिवहरुबाट मैले मूल्यांकन गराइरहेका थिएँ,’ उनले भने,’त्यही बेला सरकार ढल्यो, कुलमानको नियुक्तिमा हस्ताक्षर गर्न मात्रै जनार्दन -शर्मा) आईपुगेका हुन् । मैले सही गर्नै भ्याइनँ ।’

तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेलाई एकैपटक हटाउँदा रोक्ने गरी अदालतबाट अन्तिरिम आदेश हुनसक्ने भएकाले प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदै सरकार ढलेको पनि उनले दावी गरे ।

‘मैले मूल्यांकनमा ३ महिना समय नलगाएको भए मुकेश काफ्ले फर्केर आउनेवाला थिए,’ उनले भने,’कुलमानलाई ल्याउन मैले नै प्रस्ताव गरेको थिएँ ।’

मन्त्री रायमाझीले त्यतिबेला लोडसेडिङ चुनौती भएको र अहिले आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुने अवस्था भएकाले अर्को चुनौती आएको बताए ।

‘भदौसम्म ५ सय मेगावाट बिजुली खरेर जाँदैछ, दैनिक अर्बौंको बिजुली खेर जाँदैछ,’ उनले भने,’यसरी खेर जाने बिजुली विदेशमा बेच्न प्रसारणलाइन चाहिन्छ ।’

मन्त्री रायमाझीले अब एमसीसीमा अल्भिmएर बस्न नहुने भन्दै मिल्छ भने देश हित विपरितका प्रावधान भए सच्याएर तुरुन्तै काम थाल्नुपर्ने बताए । त्यसो गर्न नसकिए सम्झौता खारेज गरेर आफ्नै लगानीमा प्रसराणलाइन बनाउनुपर्ने उनको बताए ।

उनले प्रणालीमा पछिल्ला दिनमा भार बढी भएर बिजुली कटौती भइरहेको र आफूले त्यसलाई रोक्न प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।

उनले जिल्ला अझै पनि लोडसेडिङ नहटेको भन्दै नयाँ सबस्टेसन बनाउने, काठका पोल हटाउने लगायतका काम भएपछि जिलाको लोडसेडिङ हट्ने बताए ।

उनले काठमाडौं वितरण लाइन सुधार्ने गरी सुरु भएको काम खतरनाक भएको बताए । उनले अब विद्युतको तार अन्डरग्राउन्ड गर्ने काम रोक्ने संकेत पनि गरे । उनले अब युटिलिटी करिडोरमार्फत बिजुजी, इन्टरनेट, टेलिफोन, ढलजस्ता सडकमुनिका पूर्वाधार एउटै प्रणालीमा राखिने बताए ।

‘सडकमा काम गर्दा एस्काभेटर लगाउपर्छ, यो कामले कति मान्छे मर्ने हुन थाहा छैन,’ मन्त्री रायमाझीले भने,’कुलमानजीहरुले १२ अर्ब जतिको ठेक्का त लगाइसक्नुभएछ, यात्रुले त झन खतरा भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ

संसद विघटनसम्बन्धी रिटमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले दिए लिखित जवाफ

गोलबजार नगरपालिका खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह

गोलबजार नगरपालिका खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह

प्रदेश २ मा नेकपाको संसदीय दलमा महतो, मण्डललाई हटाइयो

प्रदेश २ मा नेकपाको संसदीय दलमा महतो, मण्डललाई हटाइयो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .