• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यो मधेश हो बालुवाटार होइन , ओली–प्रचण्डका चेलाहरु सचेत होस् : विद्यार्थी नेता यादव


यो मधेश हो बालुवाटार होइन , ओली–प्रचण्डका चेलाहरु सचेत होस् : विद्यार्थी नेता यादव

सिरहा : सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम् राजमार्गको करोडौंको जग्गा भूमाफियाले हड्पेको विरोधमा स्थानीयले बिहीबार राजमार्गमा चर्को प्रदर्शन गरे । उनीहरुले प्रदर्शन मात्रै गरेनन्, केहिबेर चक्काजामसमेत गरी पूर्वपश्चिम राजमार्ग नै ठप्प पारे । दुई सयबढीको संख्यामा आएका स्थानीय तथा अगुवाहरुले हड्पिएको सार्वजनिक जग्गामा नेपालको झण्डासमेत गाडे । स्थानीयहरुको नसम्हालिदो भीड र आक्रोशलाई प्रहरीले चाहेर पनि नियन्त्रण गर्न सकेनन् । आजको आन्दोलनको रुपरेखा हेर्दा यो आन्दोलन अझ उग्र बन्ने देखिन्छ । सम्बन्धित निकायले समयमै चाँसो नदेखाए र सार्वजनिक जग्गा भूमाफियाको चंगुलबाट बाहिर नल्याए आन्दोलन नरोकिने आन्दोलनका अगुवाहरु बताउँछन् । सार्वजनिक जग्गा बचाउनको जस्तोसुकै कदम चाल्न परेपनि आफूहरु पछि नहट्ने आन्दोलनको नेतृत्व टिमका चिरञ्जीवी यादवको चेतावनी छ । तत्कालिन राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका उनले आन्दोलनमा सहभागी मासलाई सम्बोधन गर्दै सार्वजनिक जग्गामा आँखा लगाउनेविरुद्ध हद्दसम्म जान तयार रहेको चेतावनी दिए । उनले अब भूमाफियाहरुले युग बद्लिइसकेको कुरा बुझे हुने तर्क गरे । संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहमा नेकपाकै जनप्रतिनिधि भएको ठाउँको जग्गा हड्पिए पनि चुइक्क नबोल्नुले उनीहरुको संलग्ता स्पष्ट देखिएको उनले आरोप लगाए । आफूहरुले जग्गा बचाउको लागि आन्दोलन गर्दा आन्दोलन रोक्न उनीहरुले नै प्रहरी पनि पठाएको उनले सुनाए । मधेशको एक इन्च भूमिमा कसैले आँखा लगाए चुप नबस्ने बताउँदै उनले भने, ‘यो बालुवाटार होइन मधेश हो, ओली–प्रचण्डका चेलाहरु सचेत होस्, हामी सार्वजनिक जग्गा बचाउनका लागि सिंह दरबारसम्म पस्ने सामथ्र्य राख्छौं ।’ जसले जति ताकत लगाएपनि सार्वजनिक जग्गा फिर्ता गराएरै छाड्ने उनले बताए ।

                                यस्तो छ जग्गाको विवाद साबिकको चन्द्रउदयपुर गाविस ८ (क) अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ९ कठ्ठा ३ धुर जग्गा २०५८ सालमा असनपुर ६ का फौज बहादुर भट्ट क्षेत्रीको नाममा सुकुम्वासी आयोगबाट आएको देखिन्छ । २०७४ असोज २२ गते गोलबजार नगरपालिका–९ का वडाध्यक्ष रामपुकार कामतीले त्यो जग्गामा घरबाटो नरहेको भनेर सिफारिस दियो । त्यसपछि फौज बहादुरको नामबाट अर्नमा गाउँपालिका–५ कृष्णपुरकी अनितादेवी साह र लहान–८ की बिना कुमारी चौधरीको नाममा २०७४ कार्तिक १३ गते किनबेच भइ नामसारी भएको लालपुर्जामा उल्लेख छ । यो जग्गा भएको स्थानमा प्रतिधुर ५ लाखबढी मूल्यमा बिक्री भइरहेको छ । जनप्रतिनिधिकै मिलेमतोमा सार्वजनिक जग्गा निजीकरण गरिएको चर्चा स्थानीयहरुमा चलेपछि गोलबजार नगरपालिकाले २०७५ सालमा जिल्ला अदालत सिरहामा सार्वजानिक जग्गा भएको दाबी गर्दै मुद्दा दायर गर्यो । तर, अदालतका न्यायाधीश योगेन्द्र प्रसाद साहको इजलास नम्बर १ ले गत साउन २६ गते फौज बहादुर भट्टसहित चारजनाको नाममा नै चलनचल्ती कायम गरिदियो । अदालतले जग्गा पास गराएकाकै पक्षमा फैसला गरिदिएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । नगरपालिकाले जनताको आँखामा छारो हाल्न मुद्दा गरेको र पैसाको बार्गेनिङ गरेर मुद्दा हारेको स्थानीयको आरोप छ । यो जग्गा निजीकरण गरिनुमा जनप्रतिनिधिको संलग्ता स्पष्ट देखिएको भन्दै यहाँका स्थानीय जग्गा बचाउको लागि सडकसम्म आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सप्तरीमा सार्वजनिक जग्गा संरक्षणको माग गर्दै स्थानीयको आक्रोश
  • २०७७ श्रावण ३०, शुक्रबार १५:३७
  • In "BannerNews"
  • कृषि विकास बैंकले प्रक्रिया मिचेर घरजग्गा लिलाम गरेको भन्दै सडकमै सुते किसान
  • २०७७ श्रावण ३०, शुक्रबार १५:३७
  • In "BannerNews"
  • जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन
  • २०७७ श्रावण ३०, शुक्रबार १५:३७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा

२ सय ७५ जना प्रहरीलाई कारबाही गरियो प्रदेश २ : सिरहाकै ५६ जना

के हो जीवाणु (ब्याक्टेरिया) ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version