No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नयाँ कोरोना भाइरस : नेपालमा के होला ?

#covi

#covi

काठमाडौं । कोरोना भाइरसले स्वरुप बदलेर संक्रमण तीब्र रुपमा फैलिएपछि बेलायतले कडा लकडाउन गर्‍यो । नेदरल्यान्ड्स, डेनमार्क, अस्ट्रेलिया र फ्रान्समा समेत उस्तै स्वरूपका भाइरस भेटिएपछि महामारीबाट तंग्रिन संघर्षरत देशहरु चिन्तित छन् ।

कोभिड–१९ को नयाँ स्वरुप मानिएको यो भाइरसलाई यसअघिको भन्दा ७० प्रतिशत बढी संक्रामक भनिएको छ ।

तर यसले निम्त्याउने असरबारे वैज्ञानिकहरुले केही भनेका छैनन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यसबारे अहिले नै केही भन्नु हतारो हुने बताएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को ‘इम्प्लिकेसन्स अफ इमर्जिङ सार्स कोभिड टू भेरियन्ट’ नामक अध्ययनमा भाइरसमा देखिएको संरचनामा परिवर्तन (म्युटेसन) भएसँगै यो नयाँ प्रकारको कोरोना भाइरस छिटो फैलिन सक्ने पाइएको छ । सीडीसीका अनुसार थप खोजमा वैज्ञानिकहरु लागेका छन् । तर हालसम्म यसले एकदम सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्नेमा नयाँ तथ्य भेटिएको छैन ।

बेलायतका जनस्वास्थ्यविद्ह‍रुले भने यो भाइरसको असर बालबालिका र युवाहरुलाई बढी देखिएको भन्दै सचेत रहन अन्य देशलाई आग्रह गरेका छन् । नयाँ  प्रकारको भाइरस भेटिएपछि विश्वका अरु देशझैं नेपालमा पनि के होला भन्ने चिन्ता बढाएको छ ।

नेपालमा के होला ?

‘दिनहुँ राजनीतिक नारा–जुलुस, भेला–बैठकमा भुल्न थाल्ने हो भने यो भाइरसको संक्रमण रोक्न ढिलो भइसक्ने अवस्था नआउला भन्न सकिन्न’ डा. शेरबहादुर पुन भन्छन् ।

कोरोना भाइरसझैं यो नयाँ प्रजाति पनि नेपालमा आइपुगेको हुनसक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । तर नेपालमा जेनेटिक अध्ययन नभएकाले यकीन भन्न गाह्रो छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्ट युनिटका संयोजक डा. शेरबहादुर पुन यो नयाँ प्रकारको भाइरस भित्रिनसक्ने दुई सम्भावना देख्छन् ।

पहिलो, बेलायतबाट हुने आवगमन अहिले पो बन्द भयो । पुष महिनामा बेलायतबाट नेपाल आएकामध्ये कसैमा यो भाइरस रहेछ भने नेपालमा सरेको हुन सक्छ ।

दोस्रो, युरोपबाट भारत हुँदै नेपाल आउने यात्रुको सङ्ख्या बढी छ, त्यहाँबाट पनि सर्न सक्छ ।

तर यसरी भाइरस आएकै रहेछ भने पनि फटाफट संक्रमण नभटिने डा. पुन बताउँछन् । उनकाअनुसार बेलायतमा पछिल्लो दुई महिनाको अवधिमा यो नयाँ प्रकारको कोरोना भाइरसले धेरैलाई संक्रमित पार्दैछ भनेर थाहा भएको हो । त्यसमाथि नेपालमा जनस्वास्थ्यका मापदण्डहरुको पालना हुन छाडेको छ भने सरकारले पनि परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र संक्रमितलाई आइसोलेसनमा राख्न लत्तो छाडेको छ ।

‘दिनहुँ राजनीतिक नारा–जुलुस, भेला–बैठकमा भुल्न थाल्ने हो भने यो भाइरसको संक्रमण रोक्न ढिलो भइसक्ने अवस्था नआउला भन्न सकिन्न’ डा. पुन भन्छन् ।

त्यसैले जिन सिक्वेन्सिङ गरेर नेपालमा रहेको कोरोना भाइरसको प्रकृति पत्ता लगाउनुपर्ने उनको भनाइ छ ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भने नयाँ प्रजातिको भाइरस  बेलायतबाट नेपाल नछिरेको हुनसक्ने बताउँछन् ।

‘लामो समयसम्म महामारी फैलिएपछि भाइरसले संरचना परिवर्तन गर्नु सामान्य जस्तै हो, नेपालमा पनि भाइरसले रुप परिवर्तन गरेको हुनसक्छ’ डा. अधिकारी भन्छन्, ‘तर बेलायतको भाइरस फैलिँदै नेपालमा आइपुग्ने सम्भावना कम छ ।’

यसमा उनको पनि दुई कारण दिन्छन् ।

पहिलो, पुस ७ गतेदेखि बेलायतबाट नेपाल आउने यात्रुको आगमन रोक लगाइएको छ ।

दोस्रो, नेपालमा देखिएको कोरोना भाइरसको जिन भारतसँग मिल्दोजुल्दो छ ।

असारमा देशभरिबाट १५ वटा नमुना सङ्कलन गरेर आनुवंशिक अध्ययन गर्दा नेपालमा भेटिएको भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले निकालेको थियो ।

जनस्वास्थ्य विज्ञ डा. शरद वन्त भने नयाँ भाइरस आउन सक्ने सम्भावना भएकाले सतर्क हुनुपर्ने बताउँछन् । ‘अहिले आवगमन बन्द गरे पनि पुस ७ गतेअघि त्यहाँबाट नेपाल छिरेका मानिसहरु धेरै छन्’ उनी भन्छन्, ‘त्यसैले नेपालमा त्यो भाइरस देखिन्न भनेर ढुक्क हुने अवस्था छैन ।’

नेपालमा कोरोना भारइस सङ्क्रमण पुष्टि भएको झण्डै सात महिनापछि जीन सिक्वेन्सिङ गरेर आनुवंशिक अध्ययन गरिएको थियो । त्यो अध्ययन पुरानो र पूर्ण नभए पनि त्यसले नेपालमा देखिएको कोरोना भाइरस युरोपियन देशको नभएको पुष्टि गरेकाले अहिले पनि त्यस्तै हुनसक्ने डा. अधिकारी बताउँछन् । बेलायतबाट भन्दा भारतबाट नयाँ प्रजातिको भाइरस छिर्न सक्ने सम्भावना धेरै भएको उनको  तर्क छ ।

‘त्यो बेला त बेलायतको भाइरसको जिन नेपालमा आइपुगेन भने अहिलेको अवस्थामा आउन सहज छैन’ अधिकारी भन्छन्, ‘बरु नेपालमा देखिएकै कोरोनाबाट नयाँ प्रकारको भाइरसको विकास भइसकेको हुनसक्छ । यसबारे अनुसन्धान गर्न जरुरी छ ।’

जनस्वास्थ्य विज्ञ डा. शरद वन्त भने नयाँ भाइरस आउन सक्ने सम्भावना भएकाले सतर्क हुनुपर्ने बताउँछन् । ‘अहिले आवगमन बन्द गरे पनि पुस ७ गतेअघि त्यहाँबाट नेपाल छिरेका मानिसहरु धेरै छन्’ उनी भन्छन्, ‘त्यसैले नेपालमा त्यो भाइरस देखिन्न भनेर ढुक्क हुने अवस्था छैन ।’

अध्यागमन विभागका महानिर्देशक रमेश कुमार केसीका अनुसार पुस १ यता बेलायतबाट २६३ जना नेपाल आएका छन्, जसमध्ये ९६ जना बेलायती, २ भारतीय र अरु नेपाली थिए । यही तथ्यांक नेपालको लागि खतरा हुनसक्ने डा. पुन बताउँछन् । ‘त्यसैले समय समयमा जिन सिक्वेन्सिङ गर्नुपर्छ’ उनले भने ।

जनस्वास्थ्य विज्ञ डा. वन्त पनि नेपालमा देखिएको भाइरसबाट संरचना परिवर्तन हुने वा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस नेपालमा देखिने सम्भावना उत्तिकै रहेको सुनाउँछन् । किनकी यो भाइरस नेपालमा नआउने भन्ने कुनै जैविक वा भौगोलिक कारण छैन । त्यसैले सतर्क हुनुपर्ने भन्दै उनी भन्छन्, ‘हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्न र सरकारले परीक्षण बढाउन अहिले नै छाड्नु हुन्न ।’

साथै बेलायतबाट यात्रा गरेर आएका या उनीहरुको संगतमा भएकामध्ये कसैलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिए जिन सिक्वेन्सिङ गर्नुपर्ने डा. पुन बताउँछन् । यसले भाइरस कुन प्रजातिको हो भन्ने थाहा हुन्छ र त्यही अनुरुप भाइरुसविरुद्ध लड्ने रणनीति बनाउन सकिन्छ । ‘यो सचेत हुनुपर्ने बेला हो’ डा. पुन भन्छन्, ‘राज्यले जिन सिक्वेन्सिङ गर्न र जनताले जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्नु हुन्न ।’

जनस्वास्थ्य विज्ञहरुका अनुसार संक्रामक भाइरसविरुद्ध प्रयोग गरिने खोपको निर्क्योल गर्न पनि जिन सिक्विनिङ गर्नुपर्छ ।

भाइरसको प्रकृति पत्ता लगाएर खोप प्रयोग गर्दा त्यसको नतिजा राम्रो हुने विज्ञहरु सुनाउँछन् ।

‘अमेरिकामा प्रयोग भएको खोप नेपालमा उपयुक्त नहुन पनि सक्छ’ डा. पुन भन्छन्, ‘खोप छनौटको लागि मात्र नभएर महामारीको वास्तविक अवस्था बुझ्न पनि जिन सिक्वेन्सिङ महत्वपूर्ण हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

Next Post
एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र

एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र

मंगल ग्रहमा पुग्ने सपना बोकेका युगान्डाका यी ७ वर्षे बालक जो अहिलेसम्म ३ पटक उडाइसके प्लेन !

मंगल ग्रहमा पुग्ने सपना बोकेका युगान्डाका यी ७ वर्षे बालक जो अहिलेसम्म ३ पटक उडाइसके प्लेन !

जसपाद्वारा संसद विघटन विरुद्ध प्रदेश २ भरि प्रदर्शन

जसपाद्वारा संसद विघटन विरुद्ध प्रदेश २ भरि प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .