No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र


एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र

काठमाडौं । गत वर्षको जाडोमा बिक्रीका लागि सिल्क ट्रान्सपोर्टले ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान चीनबाट नेपाल ल्याउँदै थियो । नेपाली व्यवसायीले खरिद गरेका ती सामान एक वर्ष बित्दा पनि देश भित्रिन सकेका छैनन्  ।

चिनियाँ बजारदेखि काठमाडौंसम्म सामान ढुवानीको जिम्मा लिएको ट्रान्सपोर्टका अनुसार सामान्य अवस्था भए करिब २५ दिनमै ती वस्तु नेपाल आइपुग्थे । तर, कोरोनालाई देखाएर चीनले नाका ठप्प बनाएपछि नेपाली व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

‘खाद्यान्न र चकलेटहरु त अब कुहिए होलान्, लत्ता कपडा र अन्य सामान आइपुग्छ कि भन्ने झिनो आस बाँकी छ,’ सिल्क ट्रान्सपोर्टका चिफ अपेरेटिङ अफिसर कल्याण सिलवालले अनलाइनखबरसँग भने ।

एक अर्ब रुपैयाँ बराबरका वस्तुहरु रोकिँदा एक वर्षदेखि चिनियाँ नाकामा रोकिएको उनी बताउँछन् । व्यवसायीले सम्वन्धित निकायमा गुनासो गर्दै आएपनि हालसम्म कुनै सुनवाई नभएको उनको भनाइ छ ।

‘मुखले नभने पनि चीनले कोरोनाको बहानामा अघोषित नाकाबन्दी नै गरिरहेको छ,’ सिलवालले भने  ।

व्यवसायी अमर बानियाँ र कुमार पौडेल लगायतको समूहले गत माघमा चीनबाट १३० कन्टेनर स्याउ खरिद गरेका थिए । झण्डै ७० करोड बराबरको ४० हजार टन स्याउ बोकेको ती कन्टेनरहरु काठमाडौं आउन रसुवागढी नाका भएर हिँडे । तर चिनीयाँ नयाँ वर्षका कारण माघ १५ गतेदेखि भन्सार बन्द भएपछि कन्टेनरहरु बाटोमै रोकिए ।

नयाँ वर्ष सकिएला र सामान छुट्लान् भन्दाभन्दै बाटोमा हिउँ पर्‍यो । यसैबीच चीनमा कोरोना भाईरस देखियो । त्यसपछि नेपाल जोड्ने चीनतर्फका दुई नाका अनिश्चित कालसम्मका लागि बन्द भए । व्यवसायी पौडेलका अनुसार ७० करोड रुपैयाँको स्याउ बाटोमै कुहियो । २५ जना व्यापारीले १३० गाडीमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको स्याउ कुहिएुर फ्याँकिएको उनले  बताए ।

‘स्याउ रोकिएपछि सरकारदेखि सबै निकायलाई गुहार्‍यौँ, कतैबाट केही पहल भएन । अन्ततः सबै स्याउ कुहिएर नाश भयो,’ पौडेलले भने ।

चिनियाँ अवरोधका १२ महिना

पछिल्लो एक वर्षमा नेपालसँगको व्यापारमा चिनले कडा व्यवहार देखाइरहेको छ । नेपाल-चीन नाकाहरु धेरैजसो चिनीया पक्षकै कारण यो वर्ष अवरुद्ध भएका छन् ।

नयाँ वर्ष २०२० मनाउन भन्दै चीनले माघ १५ गते केही दिनका लागि आफ्नोतर्फको नाका बन्द गरेको थियो । त्यसलगत्तै कोरोना महामारी देखिएपछि चीनले नाका बन्द गर्ने निर्णय लम्ब्यायो । चीन हुँदै यूरोप र विश्वभर कोरोना फैलिएपछि नेपाल सरकारले पनि चैत ९ गते नेपाल-चीन नाका बन्द गर्ने निर्णय गर्‍यो । तर बाटोमा कन्टेनर अडि्कएको भन्दै व्यवसायीले नाका खोल्न आग्रह गरेपछि सरकारले चैत १२ गते मालवस्तु आयातका लागि नाका खोल्ने निर्णय गर्‍यो ।

नेपालले नाका खोल्ने निर्णय गरे पनि चीनको अर्घेलो जारी रह्यो । अत्यावश्यक वस्तुको ढुवानी र रोकिएको कन्टेनर नेपाल पठाउन चीन सहमत भए पनि झन्झटिलो सर्तहरु उसले तेस्र्यायो । त्यसैले तत्काल नाका सुचारु हुन सकेन । चैत २७ गते स्वास्थ्य सामग्री भित्र्याउँदै तातोपानी नाका सञ्चालनमा आए पनि व्यवसायीक रुपमा यो नाका खुल्न समय लाग्यो । यता प्रक्रिया र चिनीयाँ शर्तकै कारण नखुलेको रसुवागढी नाका असार २२ गतेबाट दैनिक १२० टन सामान नेपाल ल्याउनेगरी एकतर्फी रुपमा सञ्चालनमा आयो ।

दुई हजार कन्टेनर अलपत्र परेको नाकामा दैनिक चार वटा कन्टेनर मात्रै भन्सार जाँच पास हुँदा नयाँ व्यवसायिक कारोबार हुन सकेन । यसैबीच, पहिरोका कारण असार २४ पछि नेपालको आग्रहमा तातोपानी नाका एक महिना बन्द हुन पुग्यो । नेपालले पहिरो पन्छाएर नाका खाल्न आग्रह गरे पनि हिमताल फुट्ने जोखिम देखाएर भदौ तेस्रो सातादेखि तातोपानी नाका खुलेन । यता नेपालबाट सामान ढुवानीका लागि खटिएका श्रमिकमा कोरोना देखिएपछि भदौ १७ गतेदेखि चिनीयाँ पक्षले रसुवागढी नाका पनि चीनले बन्द गरिदियो ।

त्यसयता चीनले नेपालमा कोरोना फैलिएको भन्दै नाकामा कसिलो सर्त राख्ने गरेको छ । चीनले असोज १९ गते खुलेको तातोपानी नाका २० गते नै बन्द गरिदियो । त्यसपछि कात्तिक १३ गतेबाट तातोपानी नाका चीनको सामान ल्याउनका लागि मात्रै खुल्ला गरिएको छ । सामान ल्याउन चिनियाँ पक्षले लगाएको शर्तका कारण दैनिक एक दर्जनभन्दा कम संख्यामा मात्रै कन्टेनरले प्रवेश पाउँदा व्यवसायीहरु हैरान छन् । उता रसुवागढी नाकाबाट आयातका कडा सर्त कायमै छ भने निर्यात शून्य छ ।

नाकाको अवस्था

हाल रसुगढी नाकाबाट दैनिक पाँचवटा चाइनिज कन्टेनरमा सामान आईरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चिनियाँ कन्टेनरमा आएका सामान नेपाली पक्षले तयार पारेको आइसोलेसन यार्डमा आउने र त्यसलाई नेपाली ट्रकमा राखेर भन्सार पास गरिने गरिएको रसुवा भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । नगण्य मात्रामा आयातका कारण राजस्व पनि किनै कम उठ्ने गरेको उनको भनाइ छ ।

‘राजस्व कहिले एकै दिन एक करोड पनि उठ्छ, कहिलेकाहीँ शून्य पनि हुन्छ,’ रेग्मीले भने ।

तातोपानी नाकाको अवस्था भने विगतको भन्दा सुधारउन्मुख रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । यसअघि दैनिक ५/६ वटा मात्रै कन्टेनर आउने गरेकोमा अहिले त्यो बढेर ८ वटा पुगेको भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । नयाँ वर्षदेखि दैनिक २० वटासम्म कन्टेनर पठाउने आश्वासन प्राप्त भएको उनले जानकारी दिए ।

नेपाली चालक गाडी लिएर खासा पुग्ने अवस्था नरहेसम्म चीनसँगको व्यापार सहजीकरण नहुने खत्रीको भनाइ छ । मंसिरमा ८ करोड राजश्व संकलन गरेको कार्यालयले पुसमा १६ करोड राजश्व संकलन हुने अनुमान गरेको छ ।

स्थलगतबाट निर्यात शून्य

अघिल्लो आर्थिक वर्षमा नेपालले चीनतर्फ २ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । यस्तै गत आर्थिक वर्षमा नेपालबाट एक अर्ब १९ करोड ११ लाख रुपैयाँको वस्तु चीन निर्यात भएको थियो ।

चालु आवको चार महिनामा भने नेपालबाट चीनतर्फको निर्यात जम्मा ७१ करोडको मात्रै छ । यो मात्राको निर्यातमा रसुवागढी र तातोपानी स्थलमार्गको हिस्सा शून्य भएको भन्सार विभागले जनाएको छ । कोभिडका कारण चीनले स्थलमार्गबाट सामान नल्याउने नीति लिएको छ ।

चीनको अस्पष्ट नीति

नेपालसँगको व्यापार सहजीकरणकालागि नेपाली पक्षले गरेको आग्रहमा चिनीयाहरुले कोभिडलाई नै मूख्य समस्याको रुपमा औंल्याउने गरेको सरकारी अधिकारीहरु बताउँछन् ।

‘नेपालतर्फको कारोनालाई कारण देखाएर चिनियाँहरु हामीसँग भेट्नसमेत अस्वीकार गर्छन्, यस्तो अवस्थामा व्यापारमा कसरी सहजीकरण हुन्छ ?’ भन्सारका एक अधिकारीले भने । व्यापार सहजीकरणका लागि भन्सार र वाणिज्य तहबाट पहलहरु भए पनि चिनियाँहरु सकारात्मक नभएको वाणिज्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । सन् २०२० को जनवरीदेखि अडि्कएका अझै दुई सयभन्दा धेरै कन्टेनर चीनतर्फकै भूभागमा रहेको व्यवसायीहरुले बताएका छन् ।

कोरोनाको बाहनामा चीनले नेपालसंगको व्यापारमा दोहोरो चरित्र देखाएको भन्दै नेपाल चेम्बर अफ कमर्स आपत्ति जनाएको छ । चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै चेम्बरले व्यापार सहजीकरण गर्न चिनलाई आग्रह पनि गरेको छ ।

‘पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै अझै नाकामै थन्किएको छ, यस्तो तरिकाबाट कसरी दुई देशबीचको व्यापार चल्छ ?’ चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रश्न गरे, ‘न नाका पुरै खुल्छ  न त पुरै बन्द छ ।’

करोडौं मूल्य बराबरको सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरु ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post
मंगल ग्रहमा पुग्ने सपना बोकेका युगान्डाका यी ७ वर्षे बालक जो अहिलेसम्म ३ पटक उडाइसके प्लेन !

मंगल ग्रहमा पुग्ने सपना बोकेका युगान्डाका यी ७ वर्षे बालक जो अहिलेसम्म ३ पटक उडाइसके प्लेन !

जसपाद्वारा संसद विघटन विरुद्ध प्रदेश २ भरि प्रदर्शन

जसपाद्वारा संसद विघटन विरुद्ध प्रदेश २ भरि प्रदर्शन

लिलामी हुनबाट जोगियो आन्दोलनरत सर्लाहीका उखु किसान गगनदेव रायको घरजग्गा

लिलामी हुनबाट जोगियो आन्दोलनरत सर्लाहीका उखु किसान गगनदेव रायको घरजग्गा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .