• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा फुसको छानो विस्थापन गर्ने अभियान सुरु


सिरहामा फुसको छानो विस्थापन गर्ने अभियान सुरु

सिरहा  : सिरहामा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्न अभियान शुरु गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सिरहाको सबै स्थानीय तहमा फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरिएको बताइएको छ । अभियानअन्तर्गत चालू आर्थिक वर्षमा सिरहाका विभिन्न स्थानमा चार हजार जस्तापातासहितको सुरक्षित घर बनाउन लागिएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले जनाएको छ ।

सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले वर्षेनी हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि सिरहाको चार वटै निर्वाचन क्षेत्रका स्थानीय तहमा जस्तापातासहितको सुरक्षित घर बनाउने निर्णय गरेको छ ।

सिरहा नगरपालिकामा ४०१, गोलबजार नगरपालिकामा २२८, नरहा गाउँपालिकामा १७८, विष्णुपुर गाउँपालिकामा १२३ र अर्नमा गाउँपालिकामा २६७ वटा जस्तापाताका सुरक्षित आवास भवन निर्माण गर्ने निर्णय भएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका इन्जिनीयर ब्रह्मदेव चौधरीले जानकारी दिए ।

सरकारले फुसको छानो विस्थापित गर्ने लक्ष्यका साथ शुरु गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुस छानो हटाएर जस्तापाता हालेर सुरक्षित घर बनाउन लागिएको इन्जिनीयर चौधरीले बताए । ‘‘प्रत्येक घरका लागि रु ५० हजार रकम छुट्ट्याइएको छ”, उनले भने, ‘‘लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा रु ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप रु २० हजार उपलब्ध गराइने छ ।” यसमा कुनै लक्षित वर्ग वा जातलाई नभइ फुसको छानो भएका सबै घरपरिवारलाई समेटिएको उनको भनाइ छ ।

‘‘तराई–मधेशका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ”, सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादवले भने, ‘‘ जसकारण वर्षेनी आगलागीको घटना हुने गरेका छन्, त्यसैले सरकारले फुसको छानो विस्थापित गर्न यस्तो कार्यक्रम ल्याएको हो ।” यो कार्यक्रमबाट आगलागी हुने घटनामा कमी आउने उनको विश्वास छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नयाँ प्रदेशसभा भवन : अढाइ करोडको संरचनामा छैन शौचालय
  • २०७७ पुष ९, बिहीबार १८:१२
  • In "कोशी प्रदेश"
  • जनता आवास कार्यक्रम : प्रदेश मातहत आएपछि पर्सामा पहिलोपटक घर बनाउन सुरु
  • २०७७ पुष ९, बिहीबार १८:१२
  • In "देश"
  • सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति
  • २०७७ पुष ९, बिहीबार १८:१२
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post

नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन ५० किलोमिटरको हुने

गर्भावस्थामा पायल्स भए के गर्ने ?

कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version