No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहामा फुसको छानो विस्थापन गर्ने अभियान सुरु

सिरहामा फुसको छानो विस्थापन गर्ने अभियान सुरु

सिरहा  : सिरहामा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्न अभियान शुरु गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सिरहाको सबै स्थानीय तहमा फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरिएको बताइएको छ । अभियानअन्तर्गत चालू आर्थिक वर्षमा सिरहाका विभिन्न स्थानमा चार हजार जस्तापातासहितको सुरक्षित घर बनाउन लागिएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले जनाएको छ ।

सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले वर्षेनी हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि सिरहाको चार वटै निर्वाचन क्षेत्रका स्थानीय तहमा जस्तापातासहितको सुरक्षित घर बनाउने निर्णय गरेको छ ।

सिरहा नगरपालिकामा ४०१, गोलबजार नगरपालिकामा २२८, नरहा गाउँपालिकामा १७८, विष्णुपुर गाउँपालिकामा १२३ र अर्नमा गाउँपालिकामा २६७ वटा जस्तापाताका सुरक्षित आवास भवन निर्माण गर्ने निर्णय भएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका इन्जिनीयर ब्रह्मदेव चौधरीले जानकारी दिए ।

सरकारले फुसको छानो विस्थापित गर्ने लक्ष्यका साथ शुरु गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुस छानो हटाएर जस्तापाता हालेर सुरक्षित घर बनाउन लागिएको इन्जिनीयर चौधरीले बताए । ‘‘प्रत्येक घरका लागि रु ५० हजार रकम छुट्ट्याइएको छ”, उनले भने, ‘‘लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा रु ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप रु २० हजार उपलब्ध गराइने छ ।” यसमा कुनै लक्षित वर्ग वा जातलाई नभइ फुसको छानो भएका सबै घरपरिवारलाई समेटिएको उनको भनाइ छ ।

‘‘तराई–मधेशका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ”, सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादवले भने, ‘‘ जसकारण वर्षेनी आगलागीको घटना हुने गरेका छन्, त्यसैले सरकारले फुसको छानो विस्थापित गर्न यस्तो कार्यक्रम ल्याएको हो ।” यो कार्यक्रमबाट आगलागी हुने घटनामा कमी आउने उनको विश्वास छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

राजनीति टीकाउन कार्यालय सहयोगीको जागीर साताको दुरुपयोग

राजनीति टीकाउन कार्यालय सहयोगीको जागीर साताको दुरुपयोग

काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

Women in Politics: Urgency of Quota System For Women In Regional Elections

Travel Insider: Bengawan Solo Travel Mart Returns For Ninth Time

एमसीसी पारित गर्दा संसदमा एमालेको रणनीतिक अवरोध, दुवैतिर सन्तुलन

एमसीसी पारित गर्दा संसदमा एमालेको रणनीतिक अवरोध, दुवैतिर सन्तुलन

ओलीलाई विश्वप्रकाशको सुझाव : आलोचना गर्दा तथ्यको हेक्का राख्नुस्

ओलीलाई विश्वप्रकाशको सुझाव : आलोचना गर्दा तथ्यको हेक्का राख्नुस्

Next Post
नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन ५० किलोमिटरको हुने

नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन ५० किलोमिटरको हुने

गर्भावस्थामा पायल्स भए के गर्ने ?

गर्भावस्थामा पायल्स भए के गर्ने ?

कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य

कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .