• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला


अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला

अमेरिकाको ऊर्जा मन्त्रालयमा साइबर हमला भएको छ । ऊर्जा मन्त्रालयले साइबर हमलाको पुष्टि गर्दै उक्त हमला आमेरिकी सरकारका कुनै पनि मन्त्रालयमाथि अहिलेसम्म भएका साइबर आक्रमणमध्ये सबैभन्दा ठूलो साइबर हमलाको घटना भएको पनि पुष्टि गरेको छ ।

अमेरिकाको ऊर्जा मन्त्रालयले मुलुकका परमाणु हतियारको रेखदेख गर्ने गर्दछ । तथापि पछिल्लो साइबर आक्रमणबाट परमाणु हतियार भण्डारमा कुनै पनि असर नपरेको अमेरिकी सरकारले प्रष्ट पारेको छ ।

उता माइक्रोसफ्ट कम्पनीले समेत बिहीबार आफ्नो सिस्टममा एक खतरनाक सफ्टवेयर फेला परेको जनाएको थियो ।

गत आइतबार मात्रै अमेरिकाको वाणिज्य मन्त्रालयमा समेत साइबर आक्रमण भएको थियो । वाणिज्य मन्त्रालयमा पछिल्लो एक महिनादेखि साइबर आक्रमण चलिरहेको भएता पनि आइतबार मात्रै त्यो पत्ता लागेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाले आफ्ना सरकारी निकायहरुमा हुने साइबर आक्रमणमा रसिया जिम्मेवार रहेको आरोप लगाउने गरेको छ । तर रुसले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

पछिल्लो साइबर आक्रमणका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

तथापि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले चाहिँ साइबर सुरक्षाको विषय आफ्नो सरकारको सबैभन्दा ठूलो प्राथमिकताको विषय हुने बताइसकेका छन् ।

बाइडनले भनेका छन्, ‘सबैभन्दा पहिले हामीले हाम्रा विरोधीहरुबाट हुने साइबर आक्रमण रोक्नु पर्दछ । हामीले यो गर्नेछौँ र यो हाम्रो प्राथमिकता हुनेछ । यस्ताखाले आक्रमण गर्नेहरुले ठूलो मूल्य चुकाउनु पर्नेछ । र, हामीले यस विषयमा हाम्रा गठबन्धन तथा मित्रराष्ट्रहरुसँगै काम गर्नेछौँ ।’

अमेरिकाको सबैभन्दा ठूलो साइबर एजेन्सीको रुपमा रहेको साइबर सेक्योरिटी इन्फ्रास्टक्चर एजेन्सीले भने साइबर आक्रमणलाई निर्मूल पार्नु निकै जटिल र चुनौतीपूर्ण रहेको जनाएको छ ।

उसका अनुसार पछिल्लो साइबर आक्रमणबाट महत्वपूर्ण मौलिक ढाँचा क्षतिग्रस्त भएको थियो । संघीय एजेन्सी तथा निजी क्षेत्रका कम्पनीहरुको सुरक्षामा नोक्सान पुगेको थियो र उत्तः नोक्सानीले गम्भीर खतरा पैदा गरेको छ ।

एजेन्सीका अनुसार उक्त ह्याकिङ गत मार्च महिनामै सुरु भएको हो । साइबर हमलाकारीहरुले धैर्य, परिचालन, सुरक्षा तथा जटिल ट्रेडक्राफ्टको उपयोग गरी गम्भीर साइबर आक्रमण गर्न सफल भएको उसको भनाइ छ ।

अमेरिकी ऊर्जा तथा वाणिज्य मन्त्रालयमा भएका पछिल्लो साइबर आक्रमणबाट ह्याकरहरुले कस्ता कस्ता सूचना चोरी गर्न सफल भए भन्ने चाहीँ पत्ता लागेको छैन ।

ऊर्जा मन्त्रालयका प्रवक्ताले चाहिँ साइबर हमलाकारीहरुले मन्त्रालयको बिजनेस नेटवर्कमा मात्र क्षति पूराएको दाबी गरेका छन् ।

परमाणु हतियारको सुरक्षाका लागि जिम्मेवार राष्ट्रिय परमाणु सुरक्षा प्रशासन अर्थात् एनएनएसएको प्रणालीमा साइबर आक्रमणबाट कुनै असर नपरेको उनको जिकिर छ ।

हालैमात्र अमेरिकाको टेक्सासस्थित एक सूचना प्रविधि कम्पनी सोलरविन्डको नेटवर्क म्यानेजमेन्ट सफ्टवेयर प्रयोग गरी ह्याकरहरुले कम्प्युटर नेटवर्क ह्याक गर्न सफल भए ।

ह्याकरहरुले सोलर विन्ड कम्पनीका १० हजार उपभोक्तालाई भाइरसयुक्त सफ्टवेयर पठाएर अपडेट डाउनलोड गर्न लगाए । त्यस्तो सफ्टवेयर डाउनलोड गर्ने प्रयोगकर्ताहरु ह्याकरको पञ्जामा परेका छन् ।

माइक्रोसफ्टले समेत आफ्ना ४० जना प्रयोगकर्तामाथि साइबर आक्रमण भएको बताएको छ । त्यसमा सरकारी एजेन्सी, थिंक ट्यांक, गैरसरकारी संस्था, प्रविधि कम्पनी लगायतका छन् । त्यसमध्ये ८० प्रतिशत उपभोक्ताहरु अमेरिकी छन् भने अन्यमा क्यानडा, मेक्सिको, स्पेन, बेलायत, इजरायल र बेल्जियमका रहेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ह्याकरले हैरान
  • २०७७ पुष ५, आईतवार १७:१२
  • In "समाचार"
  • नर्वेको संसदमा चीनद्धारा साइबर आक्रमण भएको विदेश मन्त्राललयको भनाई
  • २०७७ पुष ५, आईतवार १७:१२
  • In "देश"
  • ‘कोरोना भ्याक्सिन’माथि साइबर हमला, माइक्रोसफ्टले दियो चेतावनी
  • २०७७ पुष ५, आईतवार १७:१२
  • In "सूचना-प्रविधि"
Tags: #शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

निस्वार्थ भावनाले सहगोग गर्न उपभोक्ता समितिको आग्रह

ओलीको योजना : विकास बजेट काटेर निर्वाचन खर्च जुटाउने

ओली निकट सांसद कृष्णप्रसाद दाहाल बालुवाटारको बैठकमा गएनन्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version