• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अहिले जनताको शासन होईन, ओलीको कुशासन होः जसपा बरिष्ठ नेता राई


अहिले जनताको शासन होईन, ओलीको कुशासन होः जसपा बरिष्ठ नेता राई

संजय यादव, गोलबजार, सिरहा
मंसिर ३०, मंगलबार

जनता समाजबादी पार्टी नेपालका बरिष्ठ नेता अशोक कुमार राईले अहिले मुलुकमा कडा संघर्ष र आन्दोलनले संघिय लोकतान्त्रिक गणतन्त्र आए पनि नेकपाको सरकारमा जनताको शासन होईन, खडगप्रसाद ओलीको कुशासन आएको बताए । बरिष्ठ नेता राईले मुलुकमा शान्ति सुरक्षा खतम भईसकेको अवस्था छ, भ्रष्टाचार, बलत्कार जस्ता जघन्य अपराध दिनप्रतिदिन बढदै जनता निरास हुदै गईरहेकोले नेकपाको सरकार पूर्ण असफल भईसकेको बताए । समाजवादी आदिवासी जनजाती महासंघ प्रदेश २ तदर्थ समितिको आयोजनामा सिरहाको गोलबजारमा आदिवासी जनजाती र मधेशीको पहिचान बिषयक बृहत गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै बरिष्ठ नेता राईले यस्तो बताए । उनले भने, यस्ता असक्षमताहरुलाई तह लगाउँदै जसपा नेपाल अगाडी बढिरहेको बताए । विश्व कोरोना महामारीले जनता अस्तब्यस्त भएको बेला सामान्य मास्क पनि उपलब्ध गराउन नसक्ने असक्षम सरकारको देशमा के काम रहेको नेता राईले भने । बरिष्ठ नेता राईले थपे, बिभेदकारी प्रबृतीलाई अन्तय गरी समानता ल्याउनकै लागि जसपा नेपालको जन्म भएको बताए ।

त्यस्तै प्रदेश २ सरकारका उद्योग, पर्यटन वन तथा बातावरण राज्यमंत्री सुरेश मण्डलले पहिचान र प्रतिनिधित्व दुईटै मधेशी र जनजातीको खतरामा आईसकेको अवस्था रहेको बताए । भएको अधिकार पनि संघ सरकारले कटौती गरेर अगाडी बढदै गईरहेकोले जनतालाई सचेत हुन आग्रह गरे । जसपा नेपालको केन्द्रीय सदस्य समेत रहेका मंत्री मण्डलले भने, लोकतन्त्र र संघियताको बिरोधमा ओली सरकार जोडदार रुपले लागिपरेकोले सरकारलाई सडक र सदनबाट नै सवक सिकाउने बताए । अहिलेको सरकारद्धारा नै राजावादीहरु प्रचालित रहेको समेत मंत्री मण्डलले बताए । मंत्री मण्डलले सम्बोधन गर्दै भने, संघ सरकार प्रदेश २ सरकारलाई असफल बनाउन पुरै ताकत लगाईदिएको बताए । उनले थपे, कूल बजेटको ३ प्रतिशत बजेटमा मुलुकमा रहेको ७ वटा प्रदेश चलिरहेको अवस्था छ, जसमा सबभन्दा कम बजेट प्रदेश २ मै रहेको छ । अनि विकासको कस्तो अपेक्षा गर्ने ? । मंत्री मण्डलले सम्बोधनमै भने, अहिले पार्टीमा समायोजनको काम भईनसकेको अवस्थामा पूर्व राजपा नेपाल र सपा दुईटैको अस्तित्व झल्किनु पर्ने सुझाव दिए । दुईटैलाई समान सहभागिता गराउन पनि सुझाव दिए ।

त्यस्तै जसपा नेपालका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले बिभेदको अन्त्य गर्न जसपा नेपालको जन्म भएको बताए । पार्टीको बिचारसंग मिल्ने अरु पार्टी वा समूहहरुलाई गोलबन्द हुन पनि नेता अधिकारीले आहवान गरे ।  बृहत गोष्ठीमा जसपा नेपालका केन्द्रीय सदस्य असेश्वर यादव, शत्रुधन प्रसाद सिंह, हरीनारायण कामती, अजिरमान थापा, उचित बहादुर थापा, केन्द्रीय अनुशासन आयोगका सदस्य डा.जयनारायाण यादव लगायतको नेताहरुको सहभागिता रहेको थियो । गोष्ठीमा उल्लेख्य जसपा नेपालका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता महासंघ प्रदेश २ तदर्थ समितिका अध्यक्ष नेम्बर राईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राज्य पूर्नसंरचना सच्याई मधेशमा मात्र २ प्रदेशः मंत्री मण्डल
  • २०७७ पुष १, बुधबार १२:१२
  • In "मधेश प्रदेश"
  • मधेश मुक्ति र अधिकारको लागि जसपाको निमार्णः नेता महेन्द्र राय यादव
  • २०७७ पुष १, बुधबार १२:१२
  • In "मधेश प्रदेश"
  • चुनौतीलाई सामना गर्दै अगाडी बढनु पर्छः जसपा नेता राजकिशोर
  • २०७७ पुष १, बुधबार १२:१२
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

स्थानीय तहको विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version