संजय यादव, सिरहा
कार्तिक १०, २०७८
जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेता एवं पूर्वमन्त्री राजकिशोर यादवले पेशामा कुनै किसिमको आँच आउन नदिन र पेशालाई स्वच्छ र मर्यादित बनाउने काममा जस्तोसुकै समस्या र चुनौती आएपनि चुनौती र समस्यालाई सामना गर्दै अगाडी बढ्नुपर्ने बताएका छन् । पेशाप्रतिको धर्म कहिले पनि बिर्सनु हुँदैन । नेता यादवले नेपालको राजनीति मूलधारबाट अलग भईरहेकोे स्वीकार्दै भन,े म पनि राजनीति पेशाप्रति अडिग रहदै न्यायमा आधारित समाज निर्माणमा रहेको बताए । सिरहाको चोहर्वामा आयोजित शुभकामना आदानप्रदान तथा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता यादवले यस्तो बताए । संघीय सांसद समेत रहेका नेता यादवले नेपाली राजनीतिको डिस्कोर्स सही अवस्थामा नरहेकोले राजनीतिक नियुक्तिमा पनि न्यायपालिकाले व्यवस्थापिका र कार्यपालिकामा भाग खोजनु दुर्भाग्य रहेकोे बताए ।
नेता यादवले भने, जनताको सार्वभौमसत्ताको लागि यत्रो बलिदानी र संघर्ष गर्नुपरे पनि त्यस्तो हुन नसकेकोमा दुख ब्यक्त गरे । यसमा आमूल परिवर्तनको जरुरी छ । नेता यादवले यसमा राजनीतिक दलको नेतृत्व वर्गको कमजोरी रहेको समेत स्वीकारर्दै केन्द्रीकृत शासनलाई विकेन्द्रीकरण गर्नको लागि लडेपनि त्यस्तो अनुभव महशुस नभएको समेत नेता यादवले बताए । नेता यादवले तथ्यपूर्ण पत्रकारिताले पीडितहरूले न्याय पाउँछन् । नेताहरूको पनि कमी कमजोरीहरुलाई बाहिर ल्याउन सके यस प्रकारको हुने कमीकमजोरीहरुमा कमी आउने बताए । पत्रकारहरुलाई गम्छा र अबिरले सम्मान गर्दै नेता यादवले अहिले गाउँघर शहरबजारमा अश्लीलता गीतहरू÷टिकटकलाई बहिस्कार गर्दै मौलिकता झल्किन सकिने संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउदै आफु पत्रकारहरूको हरेक समस्या र हकहितको लागि सदैब तम्तयार अबस्थामा रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं जसपा नेपालका नेता समेत रहेका रामरिझन यादवले सञ्चारकर्मीहरूको काम बाटो देखाउने हो । स्वच्छताकोे दिशा दिने काम नैै पत्रकारिता हो । सिरहाको गाउँ गाँउमा पत्रकार बनाउनु र गाउँघरको घटनाहरु बाहिर ल्याउन सके निश्चय नै अहिले घटदै गरेको विकृतिहरुमा कमी आउने बताए । कार्यक्रममा जिल्ला भरिका पत्रकारहरुले आफूले भोग्दै आएको समस्याको बारेमा छलफल भएको थियो । कार्यक्रमको अध्यक्षता गरेका जसपा नेपालका नेता एवम् केन्द्रीय अनुशासन आयोगका सदस्य डा. जयनारायण यादवले शुभकामना दिदै भने पत्रकारले पत्रकारीता जस्तो मर्यादित पेशालाई मर्यादित राखनसके मुलुकमा आमुल परिवर्तन भई मुक्तिकामी पिडितहरुले न्याय पाउनेमा विश्वस्त रहेको बताए ।