• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सडकको विकास नभई देशको विकास असम्भवः मन्त्री रेनु यादव


सडकको विकास नभई देशको विकास असम्भवः मन्त्री रेनु यादव

संजय यादव ,सिरहा
११ चैत्र,२०७८
संजय यादव ,सिरहा
११ चैत्र,२०७८
सडकको विकास नभई समग्र देशको विकास असम्भव हो र पूर्वाधार नै देशको मेरुदण्ड रहेको भौतिक पूर्वधार तथा यातायात मन्त्री रेनु कुमारी यादवले बताइन् । सिरहाको चोहर्वामा चोहर्वामा सिराहा माडर चार लेन सडकको शिलान्यास गर्दै मन्त्री यादवले यस्तो बताइन् । सडक बिना २ घण्टाको यात्रा तयगर्न ६ घण्टासम्म तय गर्न बाध्य हुने अवस्था हुन्छन् । हुलाकी सडकको कामलाई पनि तीव्रता दिएको समेत मन्त्री यादवले बताइन् । शिलान्यास गरिएको सडकलाई तुरुन्तै टेन्डरमा ल्याई समयमा नै काम सकाउने प्रतिबद्धता समेत मन्त्री यादवले गरिन् । जसपा नेपालको कार्यकारिणी सदस्य एवं सिरहा क्षेत्र नम्बर ४ का सघीय सांसद राजकिशोर यादवको विशेष पहलमा चोहर्वा सिराहा माडर सडक र मिर्चैया कल्याणपुर सिरहा सडकको शिलान्यास भएको छ । मन्त्री रेनु यादव र संघीय सांसद एवं पूर्वमन्त्री राजकिशोर यादवले संयुक्त रुपमा शिलान्यास गर्दै भने, नेपालको राष्ट्रिय गौरवको योजना रहेको चोहर्वा सिरहा माडर सडककोे विकासले सिरहाबासीमा अमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

सांसद यादबले सिरहा क्षेत्र नम्बर ४ को जनता भगवान सम्मा छन् । जसले मलाई जिताएर सदनमा पठाएको र आफुमा लडनसक्ने हौसला जागेर आएको बताए । तसर्थ धन्यवादका पात्र सिरहा क्षेत्र नम्बर ४ का जनता हुन् । शासक वर्गले मधेशको विकास होउन भने कहिले पनि चाहेनन् र हुन पनि दिएनन् साँसद यादवले भने । त्यस्तै सिरहा क्षेत्र नम्बर ४ख को प्रदेश सांसद सुरेश मण्डलले सिरहाको महत्वपूर्ण चोहर्वा सिरहा माडर सडक र मिर्चैया कल्यानपुर सिरहा सडकको एकसाथ शिल्यानास गर्न पाउँदा धेरै खुसी र ४ नम्बर क्षेत्रको जनताप्रति अभारी रहेको बताए । जसपा नेपालका नेता रामरिझन यादवले सिरहाको इतिहास बताउँदै शासक वर्गकै कारण मधेश हरेक किसिमबाट पछाडी परेको बताए । शासकहरुले हुलाकी सडक बनुुन भन्ने कहिले पनि चाहना राखेनन् र बनाएनन् पनि । तसर्थ हुलाकी सडकको काम तीब्रगतीमा अगाडि बढाउन समेत माग गरे । चोहर्वा सिरहा माडर सडक र मिर्चैया कल्याणपुर सिरहा सडकको लागि पहिलो चरणमा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले ४०÷४० करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा २२ मिटर चौडाइ रहने चोहर्वा सिरहा माडर चार लेन सडक खण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुनेछ । यो सडकमा गाउँ क्षेत्रमा १४ मिटर र सहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको छ । त्यस्तै मिर्चैया कल्यानपुर सिरहा सडक खण्डमा पहिलो चरणमा ८५ सय ८० मिटरको काम हुनेछ । दुुई लेनको यो सडकको चौडाइ ११ मिटर रहेको छ । सडक निर्माणको समयाबधी २ वर्षको रहेको छ । सिरहा सदरमुकाम जोड्ने चोहर्वा सिराहा माडर सडक र मिर्चैया कल्यानपुर सिरहा सडक जीर्ण हुँदा सर्वसाधारण सास्ती खेप्दै आएकाछन् । कार्यक्रममा जसपा नेपालका केन्द्रीय अनुशासन आयोगका सदस्य डा. जयनारायण यादव लगायत उल्लेख्य नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनताले अनुभूति गर्न सकिने काम गर्छौः नवनियुक्त मंत्री रेनु यादव
  • २०७८ चैत्र १२, शनिबार १३:५३
  • In "मधेश प्रदेश"
  • गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव
  • २०७८ चैत्र १२, शनिबार १३:५३
  • In "मधेश प्रदेश"
  • राजर्षिजनक विश्वविद्यालय क्याम्पस जनकपुरधामको प्रशासकीय भवन शिलान्यास
  • २०७८ चैत्र १२, शनिबार १३:५३
  • In "BannerNews"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

पोखरा विमानस्थलको काम अलपत्र, उद्घाटन गर्ने हतरोमा सरकार

चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै जनकपुरमा प्रदर्शन

‘सबै तहका कर्मचारीको वृत्तिविकासमा असर नहुने गरी छिट्टै ऐन जारी गर्नू’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version