No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विवेकशील साझा पार्टीले उखु किसानको लागि सङ्घर्ष गर्ने

विवेकशील साझा पार्टीले उखु किसानको लागि सङ्घर्ष गर्ने

काठमाडौं :  उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा विवेकशील साझा पार्टीले पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ ।

विवेकशील साझाले आइतबार एक विज्ञप्ति जारी गरी ‘आफ्नो पसिना र परिश्रमको प्रतिफल पाउन समेत सयौँ किलोमिटर टाढा सङ्घीय राजधानी आएर प्रदर्शन गर्नुपर्ने दुखदायी परिस्थितिका लागि मूलतः सरकार जिम्मेवार छ ।’ उल्लेख गरेको छ ।

गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेको थियो ।

तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाहा पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक रहेको विवेकशील साझाले जनाएको छ ।

‘यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको छ। यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि सङ्घर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ, ‘साथै काठमाडौँको यो जाडोमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषक मित्रहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पङ्क्तिमा पनि अनुरोध गर्दछौँ ।’

कृषकहरूको उत्थानका लागि कृषि उपजहरूको उपयुक्त न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारी तहबाट गरिनु पर्दछ भन्ने विवेकशील साझाको स्पष्ट धारणा रहेको जनाएको छ ।

सबै कृषि उपजहरूमा उपयुक्त न्यूनतम समर्थन मूल्य आजको आवश्यकता हो । मुलुक कृषिमा आत्मनिर्भर हुनको लागि पनि यो महत्त्वपूर्ण छ । ‘हामी नेपाल सरकारसँग उखु किसानहरूको समस्या तत्काल समाधान गरी किसानहरूको पक्षमा तत्काल लागू हुने निर्णय गर्न अनुरोध गर्दछौँ ।’ विवेकशील साझाको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

Next Post
समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार

समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार

अर्थपूर्ण सहभागिता गरौं

अष्ट्रेलिया–चीन सम्बन्धमा द्वन्द

अष्ट्रेलिया–चीन सम्बन्धमा द्वन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .