• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इराकमा दुर्घटनामा पर्‍यो अमेरिकाको इन्धन भर्ने जहाज


इराकमा दुर्घटनामा पर्‍यो अमेरिकाको इन्धन भर्ने जहाज

बीबीसी। अमेरिकी सेनाले आफ्नो एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ। उक्त घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट भएको कुनै पनि गोलाबारीको संलग्नता नदेखिएको बताइएको छ।

घटनापछि जारी गरिएको वक्तव्यमा दुईवटा विमानसँग सम्बन्धित उक्त घटनापछि उद्धार कार्य जारी रहेको बताइएको छ। दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको पनि उक्त वक्तव्यमा उल्लेख गरिएको छ।

त्यस्ता जहाजहरू युद्धका बेला आकाशमै अन्य जहाजहरूलाई तेल भर्न परिचालित गरिन्छन्। सँगसँगै मध्यपूर्वका क्षेत्रहरूमा तनावको अवस्था कायमै रहेको छ।

यसअघि इरानको राजधानी तेहरानमा नयाँ चरणको आक्रमण सुरु गरेको जानकारी दिएको इजरेलले शुक्रवार पनि लेबननमा हेजबुल्लाहका ठेगानाहरूलाई निशाना बनाइरहेको छ।

अर्कोतर्फ इरानका नयाँ सर्वोच्च नेताको एउटा वक्तव्य सरकारी टेलिभिजनमार्फत् पढेर सुनाइएको छ। सत्ता सम्हालेपछि आएको उनको पहिलो वक्तव्यमा स्ट्रेट अफ हर्मुजलाई निरन्तर अवरुद्ध राख्ने प्रतिबद्धता पनि समावेश छ।

हालै इरानको नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनेईको नाम घोषणा गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका थिए। उनी अमेरिकी र इजरायली आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवास परिसरमा मारिएका आयातोल्लाह अली खामेनेईका छोरा हुन्।

पिताको उत्तराधीकारी बनेयता मोज्तबा खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन्। त्यसले गर्दा उनी घाइते भएको वा मारिएको पनि हुन सक्ने अड्कलबाजी भइरहेको बीबीसी पर्सिअनले जनाएको छ।

अमेरिकाले जारी कारबाहीका क्रममा इरानका लगभग ६,००० ठेगानाहरूमा आक्रमण गरिएको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले जनाएअनुसार त्यस क्रममा करिब ६० वटा पानीजहाज र ३० वटा माइन बिछ्याउने वाहनहरू क्षतिग्रस्त वा नष्ट गरिएका छन्।

खाडी क्षेत्रमा कम्तीमा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएको विवरणहरू आएका छन्। ती घटनाहरूमा इरानको संलग्नता रहेको ठानिएको छ तर इरानी सरकारी सञ्चारमाध्यमहरूले ती हमलामध्ये कम्तीमा एउटामा इरानी बलको भूमिका रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका अनुसार २८ फेब्रुअरीमा अमेरिका र इजरायलले आक्रमण थालेयता इरानमा लगभग ३२ लाख मानिस विस्थापित भएका छन्।

विश्व ऊर्जा बजारमा यो साता देखिएको ठूलो हलचल भए पनि एसियामा शुक्रवार बिहानको तेल कारोबारमा मूल्य सामान्यत: स्थिर देखिएको छ।व्यापारीहरूले हर्मुज स्ट्रेटका घटनाक्रमलाई नियालिरहँदा हालैका दिनहरूमा इरानसँग सम्बन्धित युद्धले ऊर्जा आपूर्तिमा पार्न सक्ने प्रभावको चिन्ताले बजारमा हलचल मच्चाएको थियो।

यसअघि अमेरिकाले केही देशहरूलाई पहिले नै ट्रान्जिटमा रहेको रूसी इन्धन किन्न अनुमति दिन प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु
  • २०८२ फाल्गुन २९, शुक्रबार १५:५९
  • In "BannerNews 2"
  • इजरायलले लेबननमा नयाँ हमला थालेसँगै तेल बोकेका जहाजमाथि आक्रमण
  • २०८२ फाल्गुन २९, शुक्रबार १५:५९
  • In "BannerNews 2"
  • अमेरिकाद्वारा आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश
  • २०८२ फाल्गुन २९, शुक्रबार १५:५९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

युएइले अमेरिकालाई साथ नदिने

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

एक आपसमा भिडे रूस, चीन र अमेरिका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version