• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायलले लेबननमा नयाँ हमला थालेसँगै तेल बोकेका जहाजमाथि आक्रमण


इजरायलले लेबननमा नयाँ हमला थालेसँगै तेल बोकेका जहाजमाथि आक्रमण

बीबीसी। इजरायली सेनाले लेबननस्थित हेजबुल्लाहका ठेगानाहरूमा नयाँ चरणका हमला सुरु गरेसँगै खाडी क्षेत्रमा पानीजहाजमाथिका हमलाका घटना पनि बढ्दै गएको विवरणहरू आएका छन्।

बासरा बन्दरगाहनजिकै पर्सिअन गल्फमा दुई विदेशी तेल ट्यांकरहरूमा विस्फोट भएका खबरहरू आइरहँदा इराकी अधिकारीहरूले उक्त घटनामा एक जना मारिएको जनाएका छन्। केहीको उद्धार गरिएको र खोजीकार्य जारी रहेको बताइएको छ।

इराकी प्रधानमन्त्री मोहम्मद शिआ अल-सुदानीले इरानी राष्ट्रपति मसूद पेजेस्किआनलाई इराकमाथिको आक्रमण अस्वीकार्य भएको बताएका छन्। साथै उनले आफ्नो सरकारले कुनै पनि “पक्ष वा व्यक्तिलाई” इरानमाथि आक्रमणका निम्ति आफ्नो क्षेत्र प्रयोग गर्न नदिने पनि भनेका छन्।

बुधवार स्ट्रेट अफ हर्मुजमा अज्ञात स्रोतबाट भएको आक्रमणका कारण तीन व्यावसायिक जहाजहरू क्षतिग्रस्त भएका थिए।

त्यसमा भारत आउँदै गरेको जहाज पनि रहेको भारतीय अधिकारीहरूले जनाएका छन्। नयाँ दिल्लीले व्यावसायिक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ।

उक्त मार्ग तेल ओसारपसारका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

इजरायलले लेबननमा बुधवारबाट सुरु भएको नयाँ चरणको हमलालाई आफ्नो देशमाथि गरिएको क्षेप्यास्त्र प्रहारको जबाफ भनेको छ। त्यस्तै यूएईमा अधिकारीहरूले इरानद्वारा दिइएका क्षेप्यास्त्र हमलाका चेतावनीबीच प्रतिकारात्मक कदम चालिरहेका छन्।

कतारले केही ड्रोनहरूलाई रोक्न सफल भएको जनाएको छ। साउदी अरबका अधिकारीहरूले पनि १८ वटा ड्रोनहरूलाई विफल तुल्याइएको बताएका छन्।

वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल(डब्ल्यूटीटीसी) का अनुसार इरान युद्धका कारण मध्यपूर्वको पर्यटन क्षेत्रले दैनिक करिब ६० करोड अमेरिकी डलरबराबरको नोक्सानी बेहोर्नु परिरहेको छ।

मध्यपूर्वमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा पनि असर गहिरिन थालेको छ। बिहीवार एसियाली बजारमा तेलको मूल्य माथि धकेलिएको देखिएको छ। ब्रेन्ट क्रुडको मूल्य बिहीवार लगभग ६.५ प्रतिशतले बढेर प्रतिब्यारेल ९७.९३ डलर पुगेको छ। अमेरिकामा कारोबार हुने कच्चा तेलको मूल्यमा पनि ६ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ।

यसअघि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य राष्ट्रहरूले बजारलाई स्थिर राख्न आफ्ना तेल भण्डारबाट “अहिलेसम्मकै सबैभन्दा ठूलो” परिमाणमा तेल निकासा गर्ने निर्णय गरेका थिए।

यूके र अमेरिका समेत सदस्य रहेका आईईएले करिब ४० करोड ब्यारेल तेल बजारमा ल्याउने बताइएको छ। त्यसको झण्डै आधा परिमाणको निकासामा अमेरिकाले योगदान गर्ने अधिकारीहरूले बताएका छन्।

हाम्रा संवाददाताका अनुसार उक्त परिमाण विश्वको करिब चार दिनको तेल खपत बराबर हो।

स्ट्रेट अफ हर्मुजबाट तेल बोकेका ट्यांकरलाई आवतजावत गर्न नदिने चेतावनी दिँदै आएको इरानले कच्चा तेलको मूल्य २०० डलर प्रतिब्यारेलसम्म पुग्न सक्ने चेतावनी दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास
  • २०८२ फाल्गुन २८, बिहीबार १८:५४
  • In "BannerNews 2"
  • इरानद्वारा इजरायलमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण, तेहरानले अमेरिकालगायत पश्चिमी मुलुकहरूलाई चेतावनी
  • २०८२ फाल्गुन २८, बिहीबार १८:५४
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकी दूतावासमा आक्रमण
  • २०८२ फाल्गुन २८, बिहीबार १८:५४
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

ड्रोन आक्रमणमा १ हजार २५० जनाको मृत्यु

साउदीमा खसालियो १८ वटा ड्रोन

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version