No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशभर जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म ८३ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७ सिटसहित अग्रस्थानमा छ। नेपाली कांग्रेसका ९, नेकपा एमालेका ३, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र स्वतन्त्र उम्मेदवार १ जना निर्वाचित भएका छन्।

निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन्। रुपन्देही-३ बाट रास्वपाका डा.लेखजंग थापा ५८ हजार ८१४ मतसहित ५० हजार ३७९ मतान्तरले विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरे।

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल ५६ हजार ५५० मतसहित ४३ हजार ६८९ मतान्तरले विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरे।

मोरङ-६ बाट रास्वपाकी उम्मेदवार रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा.शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे।

मोरङ-४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे।

धनुषा-३ बाट रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १६ हजार ६५२ मत प्राप्त गरे।

महोत्तरी-१ बाट रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरे।

बारा-३ बाट रास्वपाका अरबिन्द साह ३० हजारभन्दा बढी मतान्तरले विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे।

बारा-४ बाट रास्वपाका रहबर अन्सारी ४१ हजार २०० मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरे।

पर्सा-१ बाट रास्वपाका बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरे।

काठमाडौँका अधिकांश क्षेत्रमा पनि रास्वपाले जित हासिल गरेको छ। काठमाडौँ-१ बाट रञ्जु न्यौपाने, काठमाडौँ-२ बाट सुनिल केसी, काठमाडौँ-३ बाट राजुनाथ पाण्डे, काठमाडौँ-४ बाट पुकार बम, काठमाडौँ-५ बाट सस्मित पोखरेल, काठमाडौँ-७ बाट गणेश पराजुली, काठमाडौँ-८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौँ-९ बाट डोलप्रसाद अर्याल र काठमाडौँ-१० बाट प्रदीप विष्ट विजयी भएका छन्।

भक्तपुर-१ बाट रास्वपाका रुकेश रञ्जित तथा ललितपुर-१ बाट बुद्धरत्न महर्जन विजयी भएका छन्। चितवन-२ बाट रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित ३९ हजार ८३८ मतान्तरले निर्वाचित भएका छन्।

कांग्रेसका विजयी उम्मेदवार

तेह्रथुम-१ बाट सन्तोष सुब्बा, मनाङ-१ बाट टेकबहादुर गुरुङ, मुस्ताङ-१ बाट योगेश गौचन थकाली, दैलेख-१ बाट वासना थापा, डोटी-१ बाट भरतबहादुर खड्का विजयी भएका छन्।

त्यस्तै अछाम-१ बाट भरतकुमार स्वाँर, सुर्खेत-१ बाट विष्णुबहादुर खड्का, जाजरकोट-१ बाट खड्कबहादुर बुढा र कपिलवस्तु-३ बाट अभिषेक प्रताप शाह निर्वाचित भएका छन्।

एमालेका विजयी उम्मेदवार

बाँके-२ बाट मोहम्मद इश्तियाक राई, बझाङ-१ बाट ऐनबहादुर महर र दैलेख-२ बाट लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्।

नेकपाका विजयी उम्मेदवार

रुकुम पूर्व-१ बाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल १० हजार २४० मतसहित विजयी भए। रोल्पा-१ बाट वर्षमान पुन २७ हजार ४६० मतसहित निर्वाचित भएका छन्।

राप्रपाबाट शाही विजयी

जुम्ला-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन्। उनले नेकपाका नरेश भण्डारीलाई ३ हजार १८१ मतान्तरले पराजित गरेका हुन्।

स्वतन्त्रबाट महावीर पुन

म्याग्दी-१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० मतसहित विजयी भएका छन्। उनले नेकपा एमालेका हरीकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .