• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

 इस्लामिक संरचना ध्वस्त पार्ने र अल्पसंख्यकको संस्कृतिलाई दमन गर्ने गतिविधि बढाउँदै चीन


 इस्लामिक संरचना ध्वस्त पार्ने र अल्पसंख्यकको संस्कृतिलाई दमन गर्ने गतिविधि बढाउँदै चीन

बेइजिङ । चीनले उत्तर पश्चिमी क्षेत्रमा मुस्लिम समुदायलाई आफ्नो इस्लामप्रतिको विश्वास अभिव्यक्त गर्नबाट वञ्चित गर्नुका साथै दुर्गम क्षेत्र र साना गाउँहरूमा समेत चिनियाँ अधिकारीहरुले मस्जिदहरु ध्वस्त पार्ने गतिविधि बढाइरहेका छन् ।

त्यस्ता विध्वंसहरु भित्री मंगोलिया, हेनान र निन्क्सियाको क्षेत्रमा व्यापक रूपमा सञ्चालन गरिएका छन् । यी क्षेत्रहरुमा चिनियाँ मुस्लिम अल्पसंख्यकहरुको बसोबास रहेको छ । यसबाहेक चिनियाँ अधिकारीहरूले युनान प्रान्तमा रहेका तीनवटा मस्जिद जबरजस्ती बन्द गरेको इस्लाम खबरले जनाएको छ ।

अष्ट्रेलियाली रणनीतिक नीति संस्थानले गरेको पछिल्लो अध्ययन अनुसार सन् २०१७ देखि चीनमा ६५ प्रतिशत मस्जिदहरु र ५८ प्रतिशत इस्लामिक साइटहरु ध्वस्त पारिएका छन् । यसका साथै सामुदायिक भेला तथा उत्सवहरूमा अपराधिकरण, मुस्लिम समुदायका  शिक्षाविद्हरू, सांस्कृतिक व्यक्तित्वहरुलाई बेपत्ता पार्ने र सार्वजनिक क्षेत्रमा उइगर भाषा उन्मुलन गर्ने काम भइरहेको जनाइएको छ ।

केवल काश्गरमा मात्रै सन् २०१६ यता ७० प्रतिशत मस्जितहरु भत्काइएका छन् । यद्पि एथ्नोमोजीलोजिस्ट र उइघुर विशेषज्ञ राचेल ह्यारिसले यसरी ध्वस्त पारिएका मस्जिदहरुको संख्या ८० प्रतिशतभन्दा बढी भएको बताएका छन् । सम्पूर्ण पुरानो सहर ध्वस्त पारिएका छन् र त्यहाँका बासिन्दाहरूलाई विस्थापित गरिएको छ ।

इस्लाम खबरका अनुसार, चीनले सार्वजनिक रूपमा इस्लामिक प्रार्थना गर्ने स्थलहरुमा अपराधीकरण गर्ने काम गरिरहेका छन् र स्थानीय अधिकारीहरूले मुस्लिमलाई घरमा पनि प्रार्थना गर्न दिइएको छैन ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले स्पष्टरुपमा आफ्नो समुदायलाई मुस्लिम समुदायबाट खतरा भएको भन्दै त्यसलाई निर्मुल पार्ने नीति लिएका छन् । जस अनुसार नै अल्पसंख्यक मुस्लिमहरुलाई दमन गर्ने, हत्या गर्ने, यातना दिने, विस्थापन हुन बाध्य पार्ने काम भइरहेको छ ।

चीनको सिचुआन युनिभर्सिटीले हालसालै सार्वजनिक गरेको एक दस्तावेज अनुसार गान्सु, निग्सिया, किङहाई, सिन्जियाङ, तिब्बत, भित्री मंगोलिया, हेबै र सिचुआन क्षेत्रमा एक सयभन्दा बढी मुस्लिम संरचनाहरु ध्वस्त पार्ने योजना बनाइएको छ । चीनमा आइकनिक इस्लामिक साइटहरूको विनाश गर्न उपायहरुबारे छलफल भइरहेकोसमेत जनाइएको छ ।

उक्त दस्तावेजमा भनिएको छ कि धार्मिक मुद्दाको त्यस्तो अनुचित व्यवहारले जातीय र धार्मिक मुद्दाहरूमा केन्द्रीय समितिको सुसंगत नीति र पार्टी र राज्यको विश्वसनीयतालाई पनि कमजोर पार्छ र मुस्लिमले यस किसिमको उपायमा पर्ने प्रतिकूल प्रभावलाई प्रकाश पार्दछ ।

“स्थानीय मुसलमानहरु अत्यन्त मनोवैज्ञानिक आघातबाट गुज्रिरहेका छन र स्थानीय अधिकारीहरुको कडा निगरानीमा आफ्नो पीडा व्यक्त गर्ने आँट गर्दैनन्,” दस्तावेजमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

Next Post

करतारपुर साहिब व्यवस्थापन गैर-सिखमा हस्तान्तरण गरेकोमा भारतद्वारा पाकिस्तानको निन्दा

सरकारी वेबसाइटहरू र आइएसआइबिच सम्बन्ध देखिएपछी अमेरिका सतर्क

अष्ट्रेलियाले चीनको बेल्ट र रोड सम्झौताहरू खारेज गर्ने कानुन ल्याउदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version