• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निद्रा लिनुहोस् : न धेरै, न थोरै


निद्रा लिनुहोस् : न धेरै, न थोरै

Close up of a woman sleeping on the bed

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका बदलिदिएको छ । राति अबेरसम्म काम गर्नु वा रात्रिकालीन काम गर्नु अब धेरैको बाध्यता बनेको छ ।

बढ्दो आवश्यकता र त्यसलाई धान्नका लागि गर्नुपर्ने कामको चापको कारण मान्छेको कार्यावधि लम्बिएको छ । यसले सोझो रुपमा निद्रामाथि प्रहार गरेको छ । धेरै व्यक्ति यस्ता छन्, जो पर्याप्त सुत्नै पाउँदैनन् । यसको असर भने उनीहरुको स्वास्थ्यमा देखिँदैछ ।

अनिद्रा वा पर्याप्त निद्राको अभावमा धेरैलाई दीर्घरोगको खतरा बढेको छ भने तनाव, बेचैनी जस्ता समस्या देखिन थालिएको छ ।रातभर काम गर्नुपर्ने बाध्यतामा रहेकाहरु मात्र होइन, रात्रिकालीन मनोरञ्जनमा लिप्त हुनेहरु, मोबाइल एवं ल्यापटपममा मग्न रहनेहरु पनि मस्त निदाउन पाइरहेका छैनन् । यसरी निद्रा बिथोलिएसँगै विभिन्न किसिमको मानसिक समस्या देखापर्न थालेको छ । स्लिप डिसअर्डरको ८० भन्दा बढी प्रकार हुन्छन् । साथै, यसको कारण हार्ट अट्याक, डिप्रेसन, हाइ ब्लडप्रेसर, स्मरणशक्तिमा ह्रास जस्ता समस्या देखिन्छन् ।

यसकारण आउँदैन निद्रा

हामीमध्ये धेरैलाई थाहा छ कि भरपुर निद्रा लिनु स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ । यो थाहा हुँदाहुँदै पनि हामी पर्याप्त निद्रा लिइरहेका छैनौं । कामको व्यस्तताले मात्र नभई फेसबुक जस्ता सामाजिक सञ्जालले पनि हाम्रो निद्रा बिथोलिदिएको छ ।

सुत्नुअघि कुनै आनन्दित गर्ने व्यायाम त हामी गर्दैनौं, त्यसमाथि आइसक्रिम, डेजर्ट् वा तातो कफी पिउने गर्छौं । यसले निद्रामा असर गर्छ । राम्रो त के हुन्छ भने हल्काफुल्का व्यायाम गरौं तर कडा व्यायाम पनि नगरौं जसले थकान महसुस गराउँछ ।

–सुत्नुअघि डरलाग्दो चलचित्र वा हिंस्रक सामग्री नहेरौं ।

–हिसाबकिताब वा व्यावहारिक कुरा मनमा नखेलाऔं ।

–दिनमा धेरै नसुतौं ।

–निद्राका लागि मदिरा सेवन नगरौं ।

–राम्रो निद्रा पाउनका लागि यदि तपाईं निद्राको चक्की लिनुहुन्छ भने त्यसलाई सुत्नुभन्दा एक घण्टाअघि सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • युवा पुस्तामा स्मार्टफोनको बढ्दो लत, दीर्घकालीन स्वास्थ्य समस्याको खतरा
  • २०७७ मंसिर २३, मंगलवार १५:३७
  • In "जीवनशैली"
  • लक्ष्मीको जीवनशैली : मेकअप गरेर नहिँड्ने, ड्रेसअपमा औसत
  • २०७७ मंसिर २३, मंगलवार १५:३७
  • In "जीवनशैली"
  • कमलको फूल : जीवन–दर्शनदेखि आयुर्वेदसम्म
  • २०७७ मंसिर २३, मंगलवार १५:३७
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post

चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा

याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप

 इस्लामिक संरचना ध्वस्त पार्ने र अल्पसंख्यकको संस्कृतिलाई दमन गर्ने गतिविधि बढाउँदै चीन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version