• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युवा पुस्तामा स्मार्टफोनको बढ्दो लत, दीर्घकालीन स्वास्थ्य समस्याको खतरा


युवा पुस्तामा स्मार्टफोनको बढ्दो लत, दीर्घकालीन स्वास्थ्य समस्याको खतरा

Shot of a young relaxing on the floor and using a smartphone at home

युवाहरूमा बढ्दो स्मार्टफोनको लतले बिरामीको सम्भावना बढी रहेको देखाएको छ । लण्डन लगायत विभिन्न ठाउँमा गरिएको अध्ययनले विश्वका एक तिहाइ युवाहरुमा स्मार्टफोनको लत बढेको देखाएको छ । अध्ययनले यी युवाहरूमा निद्रासँग सम्बन्धित समस्याहरु बढ्ने गरेको देखाएको हो । निद्राबाहेक पनि अध्ययनले विभिन्न किसिमका समस्याहरु बढ्ने देखाएको छ ।

दिनमा तपाईं कतिपटक आफ्नो फोन उठाउनुहुन्छ ? दिनको कतिपटक आफ्नो सामाजिक सञ्जालमा सूचनाको जाँच गर्नुहुन्छ ? फोनमा म्यासेज आएसँगै तपाईं बेकाबु भएर कतिछिटो हेर्नुहुन्छ ? यो सारा कुरा तपाईंको साथ हुने गरेको छ भने यसलाई तपाईंको फोनमा बसेको लतको रुपमा मान्न सकिन्छ । एक अध्ययनले दुनियाँभरका करिब एक तिहाइ मान्छेमा मोबाइलको लत बसेको देखाएको छ ।

किङ्ग्स कलेज अफ लण्डनद्वारा गरिएको एक नयाँ अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो । शोधकर्ताहरूले १०४३ जनामा गरेको अध्ययनमा सामेल भएका १८ देखि ३० वर्षका युवाहरुमा गरिएको अध्ययनले यो तथ्यलाई पुष्टि गरेको हो । यसमध्ये ३९ प्रतिशतले आफ्नो फोन चलाउने विषयमा आफैँमा नियन्त्रण गुमाउने गरेको बताएका थिए ।

मान्छेको निद्रा खराब गरिरहेको छ फोन

शोधकर्ताहरूको अध्ययनबाट यो कुराको प्रमाणित भएको छ कि स्मार्ट फोनको लत भएकोमध्ये दुईतिहाइभन्दा धेरैमा निद्राको समस्या थियो । उनीहरूमा रातिमा निद्रा नलाग्ने र छटपटीको समस्या हुने गरेको पाइएको छ । यो समस्याले उनीहरूको जीवनलाई नै गम्भीर रूपमा प्रभावित गराउने गरेको पाइन्छ ।

जुन प्रतियोगीहरूले सेलफोनको बढी प्रयोगको जानकारी दिएका छन् उनीहरूमा निद्रामा पनि समस्या भएको पाइएको छ । यो विषयमा त यसअघि पनि अध्ययन भइसकेको थियो कि जो रातमा स्मार्टफोनको धेरै प्रयोग गर्ने गर्छ उनीहरूमा कम निद्रा र अधिक थकानको महसुस हुने गर्छ । शोधकर्ताहरूका अनुसार सुत्ने समयमा स्मार्टफोनका कारण मानसिक समस्या समेत बढी हुने गर्छ ।

यसरी गरिएको थियो अध्ययन

किङ्स कलेज अफ लण्डनका शोधकर्ताहरूद्वारा गरिएको यस अध्ययनको निष्कर्ष फ्रन्टियर्स इन साइकाइट्री जर्नलमा प्रकाशित भएको थियो । अध्ययनमा शोधकर्ताहरूले छात्रहरूसँग उनीहरूको निद्राको गुणवत्ता र स्मार्टफोनको उपयोगको बारेमा प्रश्न गरेका थिए । यो अध्ययन अनलाइनबाट गरिएको थियो । युवाहरूमा स्मार्टफोनको लतको आकलन गर्नको लागि बनाइएको यस प्रश्नावलीमा उत्तर दिनेमध्ये करिब ३९ प्रतिशतले आफूहरूमा स्मार्टफोनको लत रहेको व्यहोरा बताएका थिए ।

स्मार्ट फोनको असरहरू

अध्ययनमा संलग्न एक अनुसन्धानकर्ता पोलोट्स्कीका अनुसार फोनको लतलाई नोमोफोबियाको रूपमा पनि चिन्ने गरिन्छ । यस्तो यसकारण कि कुनै पनि एलईडी स्पेक्ट्रमले प्रकाशको स्रोत मेलाटोनिनको स्तरलाई दबाउने काम गर्छ ।

लतबाट मुक्त हुने प्रयास

 केही समय फोनलाई बन्द गर्नुहोस्

शोधकर्ताहरूका अनुसार यस लतबाट बाहिर निस्किनको लागि सबैभन्दा पहिले आफ्नो फोनलाई दिनको केही समयसम्म बन्द गर्नुहोस् । जस्तो कि जब तपाईं मिटिङमा हुनुहुन्छ, डिनर गरिरहनुभएको छ, आफ्नो बच्चाको साथमा खेल खेलिरहनु भएको छ वा ड्राइभिङ गरिरहनु भएको छ भन्ने सम्झिएर केही समयसम्म बन्द गर्नुहोस् ।

सामाजिक सञ्जालको कम उपयोग गर्नुहोस् 

मोबाइलबाटमा अति कम एप्लिकेसन राख्नुहोस् र थोरै एप्लिकेसनको उपभोग गर्नुहोस् । आफ्नो फोनबाट सामाजिक सञ्जाल फेसबुक र ट्विटरको उपयोगलाई कम गर्न सकिन्छ ।  यसलाई चेक गर्नको लागि फोनको साँटो ल्यापटपको उपयोग गर्नुहोस् ।

ग्रे स्केलमा जानुहोस्

मनोचिकित्सक मेला रोबर्ट्सका अनुसार आफ्नो स्मार्टफोनलाई ग्रे स्केलमा बदलिदिनुहोस् । यसबाट तपाईंको एकाग्रतामा सुधार हुने गर्छ । बिहान उठ्नको लागि पुरानो जमानामा जस्तै आर्लम पनि लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध
  • २०७७ फाल्गुन २३, आईतवार २१:५५
  • In "जीवनशैली"
  • प्रसूति गृहमा ‘प्रि-नेटल स्क्रिनिङ’, गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने
  • २०७७ फाल्गुन २३, आईतवार २१:५५
  • In "विचार"
  • यौन सम्बन्ध राख्न चाँहदैनन् यी देशका मानिसहरु !
  • २०७७ फाल्गुन २३, आईतवार २१:५५
  • In "मनोरन्जन"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

अनिश्‍चयका बीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस

महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य बन्न सक्दैन : उपराष्ट्रपति पुन

माधव नेपाल एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version