No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मेची नदीमा पुल नहुँदा ‘मेचीपारिका’ तीन बस्ती ३४ वर्षदेखि विकासबाट टाढा


मेची नदीमा पुल नहुँदा ‘मेचीपारिका’ तीन बस्ती ३४ वर्षदेखि विकासबाट टाढा

झापा । नेपालको पूर्वी सीमाना ‘मेची नदी’ले कोरेको छ। तर, नक्सामा कोरिएको त्यो रेखा र नदीको पानीको बहावले मेचीनगर नगरपमलिका-१५ ज्यामिरगढीको भूगोलमा पर्ने ग्वालाबस्ती, होपना बस्ती र शिशौ डाँगीलाई यहाँका स्थानीय ‘मेचीपारिको नेपाल’ भन्न रुचाउँछन्। मेची नदीमा पुल नहुँदा आवागमनमा सास्ती हुनुका साथै एउटा टापुजस्तो बनेका यी तीन गाउँका नागरिकले ३४ वर्षदेखि एउटा पुल बनाइदिने माग राख्दै आएका हुन्।

स्थाीयका अनुसार यी तीन गाउँ ‘मेचीवारिको नेपाल’बाट वर्षौंदेखि उपेक्षामा परेका छन्। राजनीतिक दल र तिनका प्रतिनिधि निर्वाचनको समयमा उपस्थित हुने र उम्मेदवारबाट आश्वासन मात्र आउने गरेको ८२ वर्षीय राजेन्द्र यादवले बताए। “यतिबेला देशभर निर्वाचनको वातावरण बन्दै गएको छ। सहरदेखि दुर्गम गाउँसम्म उम्मेदवारका गाडी, झन्डा र चुनावी गीतको गुञ्जन सुनिन्छन्। तर, मेची नदीभन्दा पूर्वपट्टि अवस्थित यी तीन बस्तीमा यो पटक विरक्तलाग्दो सन्नाटा छाएको छ”, उनले भने।

यादवले आफ्नो जीवनकालमा धेरै व्यवस्था बदलिएको देख्नुभयो, धेरै चुनावमा मतदान गर्नुभयो। तर, मतदानको मिति नजिकै आइपुग्दा पनि यसपटकको जस्तो उदासीनता र सन्नाटा उहाँले गाउँमा कहिल्यै महसुस नगरेको बताए। “पहिले चुनाव आउँदा गाउँमा रौनक हुन्थ्यो, नेताहरू आउँथे। केके न होला जस्तो हुन्थ्यो”, उनले भने, “तर यसपालि गाउँमा चुनावको चर्चा छैन, कुनै उम्मेदवार हाम्रो आँगनमा पाइला टेक्न आइपुगेका छैनन्। हामी त नेपालभित्रै भएर पनि नदेखेको मान्छे जस्तो भयौँ।”

मेची नदीका कारण टापुजस्तो यी तीन गाउँ रहेका बताउँदै यादवले यस क्षेत्रमा १५० भन्दा बढी परिवारको बसोबास रहेको जानकारी दिए। यहाँका बासिन्दा आर्थिक रूपमा विपन्न भए पनि कर्ममा भने निकै धनी छन्। आदिवासी समुदायका राजवंशी, सन्थाल र यादवहरूको सघन बसोबास रहेको यो क्षेत्र कृषिका लागि उर्वर भूमि हो। यहाँ धान, मकै र गहुँ मात्र होइन, व्यावसायिक रूपमा तरकारी, खरबुजा र भुइँकटहरको खेती गरेर किसानले पसिना बगाइरहेका छन्।

पचास वर्षीया साइली टुडुलाई अहिले निर्वाचनको लहरले केही छोएको छैन। उहाँ बगर खेतमा फलेका आलु खन्न व्यस्त हुनुहुन्छ। यही फागुन २१ गते मतदान गर्ने दिन हो भन्ने कुरा उहाँले कतैबाट सुन्नुभएको छ, तर उम्मेदवार कोको हुन् ? कुन चिह्नमा भोट हाल्ने ? मतदाता शिक्षा के हो ? यी प्रश्नको उत्तर उहाँसँग छैन। “बाटो अप्ठेरो छ, बगरै बगर हिँड्नुपर्छ भनेर नेताहरू हाम्रा गाउँमा नआएका होलान्”, टुडुले भने, “अघिल्ला चुनावमा आउनेहरूले मेचीमा पुल बनाइदिन्छु भनेर धेरैपटक ढाँटे। यसपालि ढाँट्न पनि कोही आएका छैनन्।”

मेचीपारिका बासिन्दाको सबैभन्दा ठूलो र साझा पीडा भनेकै मेची नदीमा पुल नहुनु हो। सामान्यतया मेची नदीलाई सीमा मानिए पनि यहाँको भूगोल अलि भिन्न छ। नेपाल–भारत सीमाको ९४/१ सीमास्तम्भ छेउमा नेपाली बस्ती छ, तर बीचमा मेची नदी तगारो बनेर उभिएको छ। बर्खा लागेपछि जब मेचीमा बाढी आउँछ, तब यो बस्तीको सम्पर्क बाँकी नेपालसँग पूर्ण रूपमा टुट्छ।

“हामीले ३४ वर्षदेखि चुनावका बेला सधैँ एउटा पुल मागिरहेका छौँ”, स्थानीय राजेन्द्र यादवले भने, “हरेक चुनावमा नेताहरूले झोलुङ्गे पुलको आश्वासन बाँड्छन्। तर जितेर गएपछि उहाँहरूलाई यहाँ पुल चाहिन्छ भन्ने सम्झिन फेरि अर्को चुनाव कुर्नुपर्छ।” पुल नहुँदा यहाँको जनजीवन कति कष्टकर बनिरहेको छ भन्ने थाहा पाउन शिक्षा र स्वास्थ्यको दूरावस्था हेर्नुपर्ने उहाँले बताउनुभयो। “बाढी आएका बेला यहाँको एउटा प्राथमिक विद्यालय तीन महिनासम्म बन्द हुन्छ। शिक्षकहरू नदी तरेर आउन सक्दैनन्, अनि बालबालिकाहरू शिक्षाको उज्यालोबाट वञ्चित हुन्छन्”, उनले भने।

राज्यको उपस्थितिको अभावमा यहाँका बालबालिकाको भविष्यसमेत छिमेकी मुलुक भारतसँग आश्रित हुन पुगेको स्थानीय प्रदीप मुखियाले बताउनुभयो। उहाँका कान्छा छोरा नजित मुखिया नेपाली विद्यालय छाडेर भारतको पश्चिम बङ्गालस्थित मिसन स्कुलमा पढ्न थालेका छन्। “हाम्रो गाउँको स्कुलमा शिक्षकहरू वर्षामा वा अन्य समयमा पनि ठूलो पानी पर्न थालेपछि आउँन सक्दैनन्”, नजितले भने, “अनि भारतको स्कुल पढ्न जान्छौँ।” उहाँ मात्र होइन, यो बस्तीका अधिकांश बालबालिकाले कक्षा २ पछि थप अध्ययनका लागि भारतीय विद्यालयको भर पर्नुपर्ने अवस्था छ।

स्वास्थ्यको अवस्था झनै भयावह र कष्टपूर्ण छ। दुई वर्षअघि राजेन्द्र यादवका छोरा मोतिलाल यादवलाई पक्षाघात भयो। “समयमा उपचार पाउनु त परको कुरा, मेचीमा पुल नहुँदा बिरामीलाई महिनौँदिनसम्म अस्पताल लैजान सकिएन। समयमा भद्रपुरको प्रादेशिक अस्पताल वा धुलाबारीको मेचीनगर अस्पताल पुर्‍याउन पाएको भए छोरा निको हुन्थ्यो होला”, वृद्ध बाबुले आँखा रसाउँदै भने, “अहिले छोराको हातखुट्टा चल्दैनन्। बुहारीले भात खुवाइदिनु परेको छ। हामी त राज्यविहीन नागरिक जस्तै भयौँ।”

यहाँका बासिन्दाले भोगिरहेको अर्को ठूलो समस्या भू-स्वामित्वको हो। पुस्तौँदेखि जोतभोग गर्दै आएको जमिनको धनीपुर्जा उहाँहरूसँग छैन। ऐलानी जग्गामा बसोबास गरिरहेका यहाँका किसानलाई कुन दिन राज्यले वा नदीले उठीबास लगाउने हो भन्ने त्रास सधैँ रहिरहन्छ। बीस वर्षअघिसम्म यहाँ करिब ५०० परिवारको बसोबास थियो, तर धनीपुर्जा नपाउने र विकासको कुनै सम्भावना नदेखेपछि धेरै परिवार भारततिरै पलायन भइसकेका छन्।

“नागरिकता त छ, तर बस्ने जमिनको धनीपुर्जा छैन”, राजेन्द्रले भने, “सुरक्षाका लागि कहिलेकाहीँ प्रहरीको गस्ती आउँछ, तर हामीलाई यहाँ एउटा स्थायी सुरक्षा पोस्ट र आफ्नो जमिनको धनीपुर्जा चाहिएको छ।” बिजुली बत्ती भर्खरै ग्वालाबस्तीसम्म पुगे पनि होपना बस्तीका कतिपय घर अझै पनि मट्टितेलको टुकीको भरमा रहेका उहाँको भनाइ छ।

स्थानीय प्रदीपका दुई छोरा घरमा बिजुलीको सुविधा नपुगेकाले साँझमा सधैँ ‘मट्टितेलमा टुकी’को मधुरो उज्यालोमा पढ्न बाध्य छन्। पिउने पानीका लागि आफैँले गाडेको ट्युबवेल र सिँचाइका लागि आफ्नै खर्चमा किनेको जेनेरेटरको भर पर्नु यहाँको बाध्यता भएको उनले बताए।

यी गाउँमा जन्मिएका कसैले पनि सरकारी जागिरे बन्ने र वैदेशिक रोजगारीमा जान पाउने अवसर आजसम्म नपाएकामा प्रदीपले चिन्ता व्यक्त गरे। अधिकांशको जीविकाको माध्यम खेतीपाती हो। पिउने पानीको सुविधाका लागि ट्युबवेल र सिँचाइका लागि डिप बोरिङको माग गर्दै दर्जनौँ पटक वडा कार्यालय, नगरपालिका र नेताको घरमा धाउँदा आश्वासन मात्र पाएको स्थानीयवासी बताउँछन्।

मेचीपारिका यी तीन गाउँका बासिन्दाले सोधिरहेको साझा प्रश्न, “के हामी यो देशका नागरिक होइनौँ ? यदि हौँ भने हाम्रो घरसम्म एम्बुलेन्स गुड्ने बाटो, मेचीको बाढी तर्ने झोलुङ्गे पुल, हाम्रा खेतको उत्पादन बढाउन सिँचाइका लागि डिप बोरिङ र हाम्रा छोराछोरीले नेपाली भाषामा माध्यमिक तह पढ्न पाउने अवसर खोई ?”

निर्वाचन आउँछ र जान्छ, तर यी सीमान्तकृत नागरिकका समस्या जहाँको तहीँ रहने गरेका छन्। उनीहरूलाई कुनै राजनीतिक दलको विचार वा सिद्धान्तसँग सरोकारभन्दा पनि यस्तो जनप्रतिनिधि चाहिएको छ, जसले मेचीमा पुल हालोस् र उनीहरूलाई वास्तविक रूपमा मुलुकसँगै जोड्दै सहज जीवनयापन गर्ने वातावरण बनाउन पहल गरोस्।

यहाँका किसान अहिले परवलका लहरा गोडमेल गर्न र बेमौसमी मकैलाई पानी लगाउन व्यस्त छन्। उनीहरूको पौरखले माटो भिजे पनि अतिआवश्यक सुविधाबाट वञ्चित हुनुपर्दा सबैको मन सुक्खा भएर दुखेको छ। यसपटकको चुनावी सन्नाटाले नेताहरूप्रतिको वितृष्णा मात्र होइन, एउटा निराशाको सङ्केत गरिरहेको स्थानीय प्रदीपले बताए। “यहाँका तीन गाउँलाई मूलधारसँग जोड्न अब आश्वासन होइन, वर्षौंदेखि अपुरो रहेको मेची नदीमा पुल बनाउने सपनालाई साकार तुल्याउन दह्रो इच्छाशक्ति र ठोस पहलको खाँचो छ”, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post
किम जोङ उनद्वारा शीर्ष अधिकारीलाई स्नाइपर राइफल उपहार, छोरी किम जु एको उपस्थितिले उत्तराधिकार चर्चा चुलियो

किम जोङ उनद्वारा शीर्ष अधिकारीलाई स्नाइपर राइफल उपहार, छोरी किम जु एको उपस्थितिले उत्तराधिकार चर्चा चुलियो

खामेनीअमेरिकी–इजरायली हमलामा मारिए, इरानमा ४० दिन शोक घोषणा

खामेनीअमेरिकी–इजरायली हमलामा मारिए, इरानमा ४० दिन शोक घोषणा

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .