No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

काठमाडौं। आम जनता पार्टी (आजपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ। पार्टीले मुलुकको वर्तमान राजनीतिक अस्थिरता, आर्थिक संकट र दलतन्त्रको असफलतालाई प्रमुख आधार बनाउँदै ‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित व्यापक संरचनात्मक सुधारको प्रस्ताव अघि सारेको छ।

घोषणापत्रमा देश हाल अस्थिर राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गरिएको छ। दुई-तिहाइको सरकार बर्खास्त, संसद् विघटन र ‘जेनजी आन्दोलन’पछि निर्धारित समयभन्दा अगाडि निर्वाचन गर्नुपर्ने अवस्था आएको दाबी गरिएको छ। हाल सुशीला कार्की नेतृत्वको चुनावी सरकार रहेको उल्लेख गर्दै आजपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

पार्टीले संविधानमै कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने व्यवस्था गर्नुपर्ने, गैरआवासीय र विदेशीलाई नागरिकता दिने प्रावधान खारेज गर्नुपर्ने तथा ‘नो भोट’, ‘राइट टु रिकल’ र ७० वर्ष नाघेकालाई कार्यकारी पदमा रोक जस्ता प्रावधान समावेश गर्नुपर्ने माग राखेको छ।

घोषणापत्रमा देशको सार्वजनिक ऋण करिब २८ खर्ब पुगेको, प्रतिव्यक्ति ऋणभार ९६ हजार रुपैयाँ नाघेको तथा बेरुजु रकम १३ खर्ब पुगेको उल्लेख गर्दै वित्तीय अराजकता चरम अवस्थामा पुगेको दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणमा कमजोरीका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र त्यसले वैदेशिक लगानी तथा अन्तर्राष्ट्रिय कारोबारमा असर पारेको जनाइएको छ।

आजपाले ‘तीनखम्बे अर्थनीति’ लाई सुदृढ गर्दै बजारमुखी अर्थतन्त्रलाई प्राथमिकता दिने, कालो धन फिर्ता ल्याउने, भगौडाको सम्पत्ति कब्जा गर्ने र भ्रष्टाचारविरुद्ध ‘आईटी आर्मी’ परिचालन गर्ने नीति सार्वजनिक गरेको छ।

कृषि सुधारका लागि बाँझो तथा टुक्रा जमिन एकीकृत गरी ‘भूमि बैंक’ अवधारणा लागू गर्ने, हरेक वडामा शीतभण्डार स्थापना गर्ने र स्वदेशी उत्पादनलाई आयातित वस्तुभन्दा सस्तो बनाउने नीति लिइने बताइएको छ। ‘ग्रीन इकोनोमी’ अन्तर्गत चुरे संरक्षण, वैज्ञानिक तटबन्ध र जडीबुटी प्रशोधन उद्योग स्थापना गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।

‘हर हातमा हुनर र युवालाई रोजगार’ मुख्य लक्ष्य रहेको उल्लेख गर्दै पार्टीले ‘एक घर, एक रोजगारी’ कार्यक्रम ल्याउने र रोजगारी नपाउन्जेल बेरोजगारी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने, युवा उद्यमीलाई १० देखि २५ लाख रुपैयाँसम्म बिनाधितो ‘सीड मनी’ उपलब्ध गराउने तथा हरेक विद्यार्थीलाई कम्तीमा एक प्राविधिक सीप अनिवार्य गराउने प्रस्ताव गरिएको छ।

हरेक नगरमा खेल मैदान निर्माण र खेलाडीलाई उच्च सम्मान दिने नीति पनि समावेश गरिएको छ। शिक्षातर्फ पूर्ण साक्षर राष्ट्र, स्मार्ट क्लासरुम र ‘एक स्थानीय तह, एक खेलग्राम’ कार्यक्रम ल्याइने बताइएको छ। स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार तथा हरेक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना अघि सारिएको छ।

महिला सशक्तीकरणका लागि मौलापुर मोडेलमा विशेष अभियान सञ्चालन गरिने जनाइएको छ। मुख्य राजमार्ग विस्तार तथा स्तरोन्नति, सार्वजनिक पार्किङ व्यवस्थापन, राजमार्गमा अप्टिकल फाइबरसहित ‘डिजिटल करिडोर’ विकास र ‘डिजिटल ट्विन’ अवधारणामार्फत सहर योजना कार्यान्वयन गरिने उल्लेख छ।

भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण तथा व्यवस्थित नयाँ सहर विकास गर्ने योजना पनि घोषणापत्रमा छ। ऊर्जा क्षेत्रमा विद्युत उत्पादन तथा निर्यात वृद्धि गर्ने, पिउने पानी उद्योग विकास गरी ‘वाटर ट्रेडिङ’ गर्ने तथा वैकल्पिक ऊर्जालाई प्रोत्साहन गर्ने नीति सार्वजनिक गरिएको छ।

आजपाले ‘युवालाई काम, बुढा नेतालाई आराम’, ‘खल्तीमा मोबाइल, मोबाइलमै रासन भ्रष्टाचारमुक्त हुने छ अबको शासन।’ र ‘सिस्टम सुधार, स्थिर सरकार आजपा नै हो समृद्धिको आधार’ जस्ता नारासहित मतदातासमक्ष जाने घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .