No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

काठमाडौं। महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटनाग्रस्त हुँदा चालकदलसहित विमानमा सवार पाँचै जनाको मृत्यु भएको हो।

मुम्बईबाट बारामती जाद्यै गरेको चार्टर्ड विमान बारामती विमानस्थलको रनवे थ्रेसहोल्ड नजिक क्र्यास–ल्याण्डिङ भएको बताइएको छ। दुर्घटनामा अजित पवारसँगै विमानमा एक पीएसओ, एक परिचारक तथा दुई जना चालकदल सदस्य सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

अजित पवार जिल्ला परिषद् निर्वाचनका लागि आयोजना गरिएको सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए। यसअघि मंगलबार उनी मुम्बईमा मुख्यमन्त्री देवेन्द्र फडणवीसको अध्यक्षतामा बसेको महाराष्ट्र क्याबिनेट समिति (पूर्वाधार) को बैठकमा सहभागी भएका थिए। उक्त बैठकमा मन्त्री चन्द्रशेखर बावनकुलेसहित अन्य अधिकारीहरूको पनि उपस्थिति थियो।

अजित पवार गैर–लगातार रूपमा महाराष्ट्रका सबैभन्दा लामो समय सेवा गरेका उपमुख्यमन्त्री थिए। उनले विभिन्न सरकारहरूमा छ कार्यकाल उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ शिन्देको मन्त्रिपरिषद्मा उनले उपमुख्यमन्त्रीका रूपमा काम गरेका थिए। उनको विवाह सुनेत्रा पवारसँग भएको थियो। उनका दुई छोरा जय पवार र पार्थ पवार छन्।

सन् १९८२ मा सहकारी चिनी कारखानाको सञ्चालक समितिमा निर्वाचित भएसँगै उनले राजनीतिक यात्रा सुरु गरेका थिए। सन् १९९१ मा उनी पुणे जिल्ला केन्द्रीय सहकारी बैंकको अध्यक्ष निर्वाचित भए। सोही वर्ष बारामती संसदीय क्षेत्रबाट पहिलो पटक लोकसभा सदस्य निर्वाचित भएका उनी पछि उक्त सिट आफ्ना काका शरद पवारका लागि खाली गरेका थिए।

अजित पवार बारामती विधानसभा क्षेत्रबाट सात पटक महाराष्ट्र विधानसभामा निर्वाचित भएका थिए। उनले १९९१ को उपनिर्वाचन, त्यसपछि १९९५, १९९९, २००४, २००९ र २०१४ मा लगातार विजय हासिल गरेका थिए। नोभेम्बर २०१९ मा उनले एनसीपीमा विभाजन गराउँदै भारतीय जनता पार्टी नेतृत्वको सरकारमा सहभागी भई उपमुख्यमन्त्री बनेका थिए । सन् २०२४ को फेब्रुअरीमा निर्वाचन आयोगले अजित पवार नेतृत्वको समूहलाई पार्टीको नाम र चुनाव चिन्ह प्रदान गरेको थियो। एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अफगानिस्तानको जनसंख्या २ वर्षमा १२ प्रतिशतले वृद्धि

अफगानिस्तानको जनसंख्या २ वर्षमा १२ प्रतिशतले वृद्धि

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

इरानका सर्वोच्च नेता खामेनीले हजारौँको मृत्यु सार्वजनिक रूपमा स्वीकारे

इरानका सर्वोच्च नेता खामेनीले हजारौँको मृत्यु सार्वजनिक रूपमा स्वीकारे

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

सार्वजनिक सुविधा दुरुपयोगको आरोपसहित ट्रम्प प्रशासनको कडा कदम

सार्वजनिक सुविधा दुरुपयोगको आरोपसहित ट्रम्प प्रशासनको कडा कदम

Next Post
सुशासनका लागि प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्छ : मुख्यसचिव अर्याल

सुशासनका लागि प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्छ : मुख्यसचिव अर्याल

सुदूरपश्चिमका ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिमका ४८१ मतदानस्थल अतिसंवेदनशील

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, भोलिदेखि मौसम खुल्ने

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, भोलिदेखि मौसम खुल्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

अफगानिस्तानको जनसंख्या २ वर्षमा १२ प्रतिशतले वृद्धि

अफगानिस्तानको जनसंख्या २ वर्षमा १२ प्रतिशतले वृद्धि

आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग

आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग

समानुपातिक मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फ प्रक्रिया अघि बढ्यो

निर्वाचन सुरक्षाका लागि काठमाडौंमा कुकुरसहित संयुक्त गस्ती सुरु

रविदास जयन्तीमा मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

रविदास जयन्तीमा मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, भोलिदेखि मौसम खुल्ने

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, भोलिदेखि मौसम खुल्ने

सुदूरपश्चिमका ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिमका ४८१ मतदानस्थल अतिसंवेदनशील

सुशासनका लागि प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्छ : मुख्यसचिव अर्याल

सुशासनका लागि प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्छ : मुख्यसचिव अर्याल

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .