No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल-भारतबीचको निकटताबाट चिन्तित बनेपछि चीनले रक्षामन्त्रीलाई पठायो नेपाल

नेपाल-भारतबीचको निकटताबाट चिन्तित बनेपछि चीनले रक्षामन्त्रीलाई पठायो नेपाल

काठमाण्डौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाको नेपाल भ्रमणको दुई दिनपछि चिनियाँ रक्षामन्त्री जनरल वइ फिङ्‌गे पनि एक दिवसीय नेपाल भ्रमणमा आए । वास्तवमा नेपाल सरकारले उनलाई नेपाल भ्रमणका लागि आमन्त्रित गरेको थियो । नेपालले आफू न त भारत र न त चीन समर्थको हो भन्‍ने सन्देश दिनका लागि उनको नेपाल भ्रमणका लागि स्वागत गरेको थियो ।

आन्तरिक पार्टी विवादको सामना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना चिनियाँ मित्रहरुलाई विश्वस्त पार्न चाहन्छन् कि उनको प्रशासनले सबै सरोकारवालाहरुलाई खुशी राख्‍नेछ ।

यो केवल पोस्चरिङ मात्रै हो कि वास्तविकता ? वास्तविक सत्य यो हो कि भारतीय पक्षबाट भएको उच्चस्तरीय नेपाल भ्रमणले चिनियाँ पक्षकलाई गम्भीर चिन्ता पैदा गरिदिएको छ । यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री ओलीसँग वार्ता गरेकी थिइन् र आफ्नो चिनियाँ रक्षामन्त्रीलाई नेपालमा स्वागत गर्न राजी गराएकी थिइन् । यान्छी यसअघि देखि नै नेकपा र प्रधानमन्त्री ओलीलाई सत्तामा टिकाइराख्‍न भूमिका खेलेको भन्दै विवादित बनेकी थिइन् ।

चिनियाँ राजदूतसँगको सम्बन्धका कारण प्रधानमन्त्री ओली नै विवादित बनेपछि उनका कार्यकर्ताहरुले समेत उनीमाथि प्रश्‍न गर्न थालेका थिए । जसका कारण प्रधानमन्त्री ओली निकै कमजोर र रक्षात्मक अवस्थामा पुगेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ​​प्रचण्डले उनीमाथि राष्ट्रहित विपरीतकोक काम गरेको आरोप लगाउँदै उनीसँग काम गर्न निकै गाह्रो भएको बताएका छन् ।

अर्कोतर्फ प्रधानमन्त्री ओलीको नेतृत्वको समूहले पनि पार्टी विभाजनका लागि तयार भएको तर, अहिलेको अवस्थामा कुनै पद नछाड्ने अडान राखेका छन् । चीन पनि आफ्नो अनुकुल पात्र केपी शर्मा ओली नै भएको र उनीमार्फत आफ्नो स्वार्थका कामहरु गर्न सजिलो हुने र नेपालको राष्ट्रवादलाई कमजोर पार्न सकिन्छ भन्‍ने देखेर प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदमा राखिरहन चाहन्छ । होउ यान्छीले पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली विरोधी गतविधि रोक्‍न भूमिका खेलिरहेकी छन् ।

यही परिवेशमा चिनियाँ राष्ट्रपतिका विश्वासपात्र रक्षामन्त्री वेई फिङ्‌गेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट गरेका छन् । चिनियाँ क्याबिनेटमा राज्य पार्षदको पदमा रहेका चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण नेकपाको विवाद केन्द्रति थियो । भारतसँगको सम्बन्धबाट चिन्तित बनेको देखिन्छ । रक्षामन्त्री फिङ्‌गेको नेपाल भ्रमणको उद्देश्य नेपालको पछिल्लो राजनीतिक स्थिति र भारतसँगको सम्बन्धबारे विवरण लिनु रहेको थियो ।

हिमालयको काखमा रहेको एसियाकै एकमात्र स्वतन्त्र मुलुक नेपालको राजनीतिमा नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई सत्तामा टिकाइराख्‍न के गर्न सकिन्छ भन्‍नेबारे चिनियाँ पक्षले माहोल बुझ्‍नु थियो । यद्यपि ओलीलाई पार्टीका असन्तुष्ट नेताहरु पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनालले ओलीलाई सहयोग नगर्न सक्छन् ।  चिनियाँ रक्षामन्त्री नेपालको भ्रमण गरेर परिस्थितिको मुल्यांकन गरेर सबै अण्डाहरूलाई एक डालोमा राख्नु बुद्धिमानी हुन्छ कि हुँदैन भनेर बुझ्‍नु रहेको थियो ।

नेपालमा राजनैतिक कोर्ष जेसुकै भए पनि भारत शान्त र दृढताका साथ आफ्नो योजनाहरुमा काम गरिरहेको छ । भारतले नेपालमा चीनजस्तो चेकबुक डिप्लोमेसी प्रयोग गरिरहेको छैन । भारत-नेपालबीच नागरिक तहमा सम्बन्ध रहेको छ । नेपालको पुनर्निमार्णमा भारतले ठूलो सहयोग गरिरहेको छ । नेपालको क्षमता अभिवृद्धिमा पनि भारतले ठूलो लगानी गरिरहेको छ । तर, नयाँ दिल्लीको काठमाडौंसँगको भावनात्मक, मनोवैज्ञानिक र ऐतिहासिक सम्पर्कहरूलाई बिगार्न चाहन्छ । यस सम्बन्धले चीनलाई निकै सकस भइरहेको छ । जे होस्, चिनियाँ रक्षामन्त्रीको एक दिवसीय भ्रमणले नेपालमा राजनीतिक गतिविधिको गति बढाएको छ र अब मुलुकले कुन बाटो तय गर्छ भन्‍ने कुरा अबका केही दिन महत्वपूर्ण हुनेछन् । ं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

नेपालका लिच्छविकालीन व्यापारिक केन्द्र : कुन बाटोबाट हुन्थ्यो अन्तर्राष्ट्रिय व्यापार ?

नेपालका लिच्छविकालीन व्यापारिक केन्द्र : कुन बाटोबाट हुन्थ्यो अन्तर्राष्ट्रिय व्यापार ?

भारत–नेपाल सम्बन्ध नयाँ उचाइतर्फः उत्तरी ‘सदाशयता’ माथि धेरैको प्रश्न

भारत–नेपाल सम्बन्ध नयाँ उचाइतर्फः उत्तरी ‘सदाशयता’ माथि धेरैको प्रश्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .