No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालका लिच्छविकालीन व्यापारिक केन्द्र : कुन बाटोबाट हुन्थ्यो अन्तर्राष्ट्रिय व्यापार ?


नेपालका लिच्छविकालीन व्यापारिक केन्द्र : कुन बाटोबाट हुन्थ्यो अन्तर्राष्ट्रिय व्यापार ?

काठमाडौं : आजभन्दा झण्डै १५ सय वर्ष पुरानो नेपालको सीमा कहाँसम्म फैलिएको थियो भन्ने अहिलेसम्म यकिन छैन । तत्कालीन भारतीय सम्राट समुद्रगुप्तको अभिलेखले पश्चिममा कुमाउदेखि पूर्वमा आसामसम्म लिच्छविकालीन नेपालको सीमा रहेको संकेत गरेको छ ।

तत्कालीन राजा मानदेवले चाँगुनारायणमा राखेको अभिलेखले पश्चिममा गण्डकीपारिको मल्लपुरी र पूर्वमा कोसी प्रदेशसम्म विजय गरेको उल्लेख गरेका छन् । तर यति विशाल क्षेत्र भए पनि हालसम्म काठमाडौं आसपासको व्यापारिक केन्द्रबाहेक अरु प्रकाशमा आएका छैनन् ।

मानदेवले गण्डकीपारि मल्लपुरीको चर्चा गरेका छन् । तर, मल्लपुरी कहाँ हो र कोसी प्रदेशको कुन ठाउँसम्म विजय गरेका थिए भन्ने विषयको खोजी हुन सकेको छैन । त्यसकारण लिच्छविकालीन नेपालको सीमा यहाँसम्म थियो भन्नको लागि अझै पर्याप्त खोजी आवश्यक छ ।

सिमानाको हिसाबले अज्ञात रहे पनि लिच्छविकालीन आर्थिक विकासको दृष्यलाई भने विभिन्न ऐतिहासिक स्रोतहरूले नजरअन्दाज र शंका गर्ने ठाउँ राखिदिएका छैनन् ।

अंशुवर्माको समयताका खुलेको उत्तर–दक्षिण व्यापार मार्गले नेपाललाई सो समयमा अन्तर्राष्ट्रिय व्यापारको ‘ट्रान्जिट प्वाइन्ट’ बनायो । यही ट्रान्जिटका कारण लिच्छविकालमा नै भन्सार कार्यालयहरू खुले, ठाउँठाउँमा सुरक्षाको लागि गुल्म र चौकीहरू खुले । यी सबै सुविधाले युक्त ठाउँ बिस्तारै अहिलेको भाषामा बजार र त्यतिबेलाको भाषामा द्रंगको रूपमा स्तरोन्नति हुँदै गए भन्ने कुरा इतिहासका विभिन्न साहित्यिक एवं पुरातात्विक स्रोतमा भेट्न सकिन्छ ।

अहिलेसम्म प्राप्त अभिलेख र साहित्यिक स्रोतलाई आधार मान्ने हो भने तिब्बतदेखि ३५ वटा पहाडी बाटो कटेर बंगालसम्म लैजाने घोडाहरू यही नेपालको बाटो हुँदै लगिएको अनुमान गरिन्छ । बंगालको इतिहासमा व्यापारीले ठूलो संख्यामा घोडाहरू बंगालतर्फ ल्याउँछन् र तिब्बतदेखि बंगालसम्म ल्याउँदा ३५ वटा पहाडहरू पार गर्नुपर्छ भन्ने उल्लेख गरेको कुरा रमेश ढुंगेलले ‘प्राचीन अर्थव्यवस्था’मा उल्लेख गरेका छन् ।

सुदूरपश्चिमका भञ्ज्याङ हुँदै ताक्लाखारबाट यारि नागेर तिब्बत जाने बाटो होस् या त दोलखाको लामाबगर हुँदै जाने बाटो । यी सबै उत्तरदक्षिण व्यापार मार्गका मुख्य नाकाहरू थिए । त्यतिबेलाको सबैभन्दा छिचोल्न कठिन बाटो भने नेपालबाट उत्तरतिरको नै थियो, जुन हालसम्म विद्यमान छ ।

नेपाली र चिनियाँ स्रोतका आधारमा भन्दा नेपाल र चीनबीचको पहिलो दौत्य सम्बन्ध सातौं शताब्दीमा स्रङचङ गम्पोको समयमा भएको थियो । अंशुवर्माले दौत्य सम्बन्ध कायम गर्दा रसुवाको केरूङ नाका प्रचलनमा थियो भन्ने कुरा सोही नाका छेउमा पाइएको अंशुवर्माकालीन मुद्राले संकेत गर्छ । तर पछि नरेन्द्रदेवले चीनसँगको नाकालाई बिस्तार गरे ।

उता, दक्षिणतर्फको नाका भने यही नै थियो भन्ने स्पष्ट छैन । दक्षिणतर्फ समथर मैदान रहेकोले उत्तरतिर जस्तो नाका छिचोल्न कठिन थिएन । त्यसैले यही ठाउँबाट व्यापार हुन्थ्यो भन्ने यकिन गर्न कठिन रहेको कुरा ढुंगेलले प्राचीन अर्थव्यवस्थामा उल्लेख गरेका छन् । हाल चितवनको माडी क्षेत्रबाट सोमेश्वर पहाड उक्लिएर भारततर्फ व्यापार हुन्थ्यो भन्नेकुरा स्थानीय किंवदन्तीमा उल्लेख छ । उता दोलखा हुँदै आएका चिनियाँ व्यापारीहरु सिन्धुली हुँदै भारत झर्ने गरेको र बनेपालाई ट्रान्जिटको रुपमा विकास गर्ने गरेको कुरा पनि विभिन्न स्रोतबाट ज्ञात हुन्छ ।

भारत जानेबेलामा गर्मी हुँदा पनि काठमाडौंलाई नै आश्रय बनाएर गर्मी कम भएपछि दक्षिण झर्ने गर्थे । यसले गर्दा काठमाडौंमा धेरै आर्थिक कारोबारको चहलपहल बढ्यो । त्यतिबेलाको प्रमुख व्यापारिक केन्द्रहरूमा काठमाडौंको देउपाटन एउटा महत्वपूर्ण क्षेत्र मानिन्छ

दुई देशीय ‘ट्रान्जिट’मा व्यापारिक सुविधा

त्यतिबेलाको समाजको व्यापारिक सोच आजकोभन्दा बढी व्यवस्थित थियो भन्दा अत्युक्ति नहोला । आजको नेपाललाई दुईदेशीय व्यापारको ट्रान्जिट बनाउने सपना त्यतिबेला यथार्थ थियो । छिमेकका दुई मुलुकहरू पहिले पनि व्यापारिक हिसाबले शक्तिशाली नै थिए । तर त्यसको भरपुर फाइदा नेपालले पनि उठाउन सकेको थियो । त्यस्ता अन्तर्राष्ट्रिय व्यापारीहरूलाई पर्याप्त सुरक्षाको बन्दोबस्त गरिएको हुन्थ्यो । भन्सारबाट शुल्क उठाउने गरिन्थ्यो । सुरक्षाको लागि गुल्म र चौकीहरूको व्यवस्था थियो । सुरक्षाको शीर्षकमा पनि कर उठाउने गरिएको थियो ।

काठमाडौंमा बस्दा व्यापारीहरूलाई विभिन्न गोष्ठीको मार्फत्बाट सेवा सुविधा दिने गरिन्थ्यो । जसका कारण व्यापारीहरु पनि यही क्षेत्रमा लामो समय बिताउन पनि हिच्किचाउँदैनथे । सो समयमा काठमाडौंमा ढुंगेधारा, पाटी पौवा जस्ता सुविधा पनि तिनै व्यापारीलाई लक्षित गरेर समेत तयार पारिएको हुन सक्ने कतिपयको अनुमान छ ।

लिच्छविकालमा यातायातको सुविधा

लिच्छविकालमा अहिलेको जस्तै विभिन्नस्तरका मार्गहरु रहेको उल्लेख पाइन्छ । तर यातायातका साधन भने सीमित थिए । अहिले मुख्य राजमार्ग, सहायक राजमार्ग जस्ता वर्गीकरण जस्तै त्यतिबेला पनि ‘रथ्या, महारथ्या, पन्था, महापन्था’ आदि व्यापारिक मार्गहरूको उल्लेख थियो । थानकोटको आदिनारायणमा रहेको वसन्तदेवको अभिलेखमा ‘मार्ग’, ‘महापथ’ र ‘हस्ती मार्ग’ गरी तीन किसिमको बाटोबारे चर्चा गरिएको छ ।

अन्य कतिपय अभिलेखहरूमा ‘वृजीकरथ्या’, ‘वृहत्मार्ग’, ‘महापथ’, ‘स्वल्पाथा’ आदि व्यापारिक मार्गहरूको चर्चा गरिएको छ । यी मार्गबाहेक पनि भरिया हिँड्ने मार्ग, वग्गी, गाडा–गोरू रथ आदिको लागि समेत छुट्टै बाटोको व्यवस्था गरिएको थियो । यस्तै मार्गको नाम रामायणको अयोध्यावर्णनमा समेत पाउन सकिन्छ । जसमा महारथ्या, रथ्या जस्ता राजमार्गहरुको नाम उल्लेख छ ।

लिच्छविकालीन काठमाडौंका व्यापारिक केन्द्रहरू

जसरी अहिले विशेष आर्थिक क्षेत्र, उद्योगी व्यवसायीहरूको छाता संगठन जस्ता अवधारणाहरू छन् । यस्तो अवधारणा लिच्छविकालमा समेत कताकतै पाउने गरिएको छ । व्यापारीलाई त्यतिबेला सार्थ भनिन्थ्यो भने व्यापारीका नेतालाई सार्थवाह भन्ने गरिन्थ्यो । देवपाटन र टेवहालबाट प्राप्त अभिलेखहरूमा सार्थवहा रत्न संघ र गृहमित्रको चर्चा परेको छ, साथै रत्न संघलाई वुद्धिमान सार्थवाहको रुपमा चिनाइएको छ । ‘संघ’ उपाधि धारण गर्ने बौद्ध व्यापारी थिए भने ‘मित्र’ उपाधि धारण गर्ने व्यापारीहरू भारतीय हिन्दू हुनुका साथै गुप्तकालका शिलालेखहरूमा समेत देखिन्छन् ।

अहिले काठमाडौं पूरै बजारको रुपमा विकास भएको छ । तर पहिलेपहिले एउटा निश्चित मापदण्ड पूरा भएको बस्तीलाई द्रंग नामाकरण गरिन्थ्यो । व्यापारिक केन्द्रको रुपमा विकास भइसकेपछि वा सहरीकरणतर्फ उन्मुख बस्तीलाई द्रंग भन्ने र त्यहाँ अनेक सेवा सुविधाहरू दिने गरिन्थ्यो । द्रंगमा नापतौलका साधनहरूको नियमित अनुगमन हुन्थ्यो भने तौलमा बदमासी गर्नेलाई तुलादण्डको व्यवस्था गरिन्थ्यो ।

काठमाडौं उपत्यका र उपत्यका आसपासका क्षेत्रलाई धेरै द्रंगको रूपमा विकास गरिएको थियो । भारतबाट तिब्बत जानेक्रममा चिसोको मौसम सुरु भयो भने व्यापारीहरु काठमाडौं उपत्यकामा नै चिसो छल्न बस्ने गर्थे । भारत जानेबेलामा गर्मी हुँदा पनि काठमाडौंलाई नै आश्रय बनाएर गर्मी कम भएपछि दक्षिण झर्ने गर्थे । यसले गर्दा काठमाडौंमा धेरै आर्थिक कारोबारको चहलपहल बढ्यो ।

त्यतिबेलाको प्रमुख व्यापारिक केन्द्रहरूमा काठमाडौंको देउपाटन एउटा महत्वपूर्ण क्षेत्र मानिन्छ । त्यस क्षेत्रमा रत्न संघ, प्रभु संघ जस्ता व्यापारीहरूको चर्चा गरिएको छ । उनीहरुले नै राखेको अभिलेख समेत त्यहाँ पाइएको छ ।

पशुपतिको छत्रचण्डेश्वर अभिलेखका अनुसार सो क्षेत्र काठको बिक्रीको लागि चर्चित थियो । यस भेगमा ध्रुवसत्र जस्ता व्यापारी क्रियाशील थिए भन्ने कुरा पशुपति भस्मेश्वर घाटको अभिलेखबाट जानकारी मिल्छ ।

अहिलेको बुढानीलकण्ठ क्षेत्र पनि लिच्छवि कालमा व्यापारिक चहलपहलको क्षेत्र थियो । यस क्षेत्रलाई लिच्छवि अभिलेखमा ‘थंतुरीद्रंग’ भनिएको छ ।

यसबाहेक पनि लिच्छविकालीन बस्तीहरुमा ‘हंसगृहनेग’ (सूर्य विनायकबाट दक्षिण लिगेश्वरतर्फ) ‘लेम्बटी द्रंग’ (लेले भेग), ‘सिटाती द्रंग’ (चन्द्रगिरी र चोकडाँडा क्षेत्र), ‘नुपन्न द्रंग’ (पश्चिम १ नम्बर केवलपुर क्षेत्र), ‘युपग्राम द्रंग’ (ललितपुर), दक्षिण कोलीय ग्राम द्रंग (काठमाडौंको मध्यभाग) लगायतको उल्लेख लिच्छविकालीन अभिलेखहरूमा उल्लेख छ । यसबाहेक ‘हस्प्रिंग’, ‘पठम्पिाद्रंग’, ‘खोपिङ्ग’ ‘मानेश्वर’, ‘साम्बपर’ आदि तत्कालीन काठमाडौं उपत्यकाका आन्तरिक व्यापारका केन्द्रहरू थिए ।

त्यतिबेला चापागाउँ स्थानीय हाटबजारको महत्वपूर्ण केन्द्र थियो । चापागाउँमा रहेको शिवदेवको अभिलेखले त्यही कुरालाई संकेत गरेको छ । यहाँ चारैतिरबाट व्यापारिक प्रयोजनका लागि मान्छेहरू आउँथे । यस क्षेत्रमा एउटा भन्सार कार्यालय पनि राखिएको कुरा सोही अभिलेखमा उल्लेख छ । लिच्छविअभिलेखमा ‘स्थरूद्रंग’ भनेर यही ठाउँलाई चिनाइएको धनबज्र बज्राचार्यको लिच्छविकालका अभिलेखहरुमा उल्लेख छन् ।

त्यतिबेलाको अर्को आन्तरिक व्यापारको केन्द्र ‘टिस्टुङ र चित्लांग’ भेग पनि थियो । गोर्खाबाट प्राप्त शिवदेव द्वितीयको अभिलेखमा ‘ग्राहक’ शब्द उल्लेख गरिएको छ । यसले त्यस क्षेत्रमा समेत आन्तरिक व्यापार विस्तार भएको प्रमाण दिन्छ ।

बाह्य व्यापारसँग जोडिएका व्यापारिक केन्द्रहरू

काठमाडौं उपत्यकामा आन्तरिकसँगै वाह्य व्यापारसँग जोडिएका केन्द्रहरू समेत प्रशस्त थिए । त्यतिबेलाका वाह्य व्यापारका साधनहरूमा भरिया, घोडा, खच्चर आदि थिए । सार्थवाहहरूले व्यापारको संयोजन गरेका हुन्थे । सार्थवाहको साथमा सार्थहरूको समेत टोलीसँगै हुने गर्दथ्यो ।

बाह्य व्यापारका निमित्त सरकारी स्वीकृति अनिवार्य थियो । सरकारले निकासीको लागि खुला गरेको र निषेध गरेका वस्तुहरूको सूची सबैले देख्ने ठाउँमा अभिलेखमार्फत सार्वजनिक गरेको हुन्थ्यो । ‘अनिहार्य’ वस्तु भनेर स्वीकृतीविना निकासी गर्न नपाइने वस्तुहरूको सूची सार्वजनिक गरिन्थ्यो । टिस्टुङ र चित्लाङमा भेटिएको अंशुवर्माका अभिलेखमा उन, कस्तुरी, चमर, तामाका भाँडाकुँडा आदिलाई ‘अनिहार्य’ वस्तु भनेर उल्लेख गरिएको छ ।

व्यापारिक मार्गमा ‘भन्सार वा शुल्कशाला’को व्यवस्था गरिएको हुन्थ्यो । जहाँ ‘शौल्लिक’ भनिने कर्मचारीले शुल्क उठाउने गर्थे । व्यापारीको सुरक्षाका निमित्त ठाउँ ठाउँमा गुल्म वा चौकीहरूको व्यवस्था गरिएको हुन्थ्यो । सुरक्षा प्रदान गरेबापत यस्ता गुल्मलाई समेत केही कर तिर्नुपर्ने गरेको रमेश ढुंगेलको पुस्तक प्राचीन अर्थव्यवस्थामा उल्लेख छ ।

लिच्छविकालमा उत्तर र दक्षिणमा मात्रै वैदेशिक व्यापार हुने भनिए पनि ढुंगेलले एउटा अरबी पुस्तक ‘हुदूद अल आलम’ को सन्दर्भलाई अघि सार्दै नेपालको वैदेशिक व्यापार अरबी मुलुकसम्म चलेको उल्लेख गरेका छन् । ढुंगेल त नेपाली व्यापारीहरू भारतीय सार्थवाहसँग मिलेर वर्मा, मलाया, जाभा, सुमात्रा, वोनियो लगायत युरोपसम्म व्यापारको लागि पुग्थे भन्ने उल्लेख गर्छन् । यो तथ्यलाई अरु इतिहासकारले भने उल्लेख गरेको पाइँदैन ।

नेपाल–तिब्बतबीचको यो प्रत्यक्ष मार्ग अंशुवर्माको समयमा खोलिएको हुनसक्ने धेरैको मान्यता छ । यो मार्ग खुल्नुभन्दा पहिले चीन, तिब्बतबाट हिन्दुकुशको बाटो भएर अफगानिस्तान हुँदै भारत पसेपछि मात्र नेपाल छिर्न सक्ने बाटो थियो । अंशुवर्माको प्रयासलाई राजा नरेन्द्रदेवको शासनकालमा विस्तार गरियो ।

त्यतिबेला हिमाल पार गर्ने अन्य नाकाहरू समेत खोलेको बताइन्छ । जसले गर्दा व्यापारीका साथै भिक्षु र कलाकारहरू समेत तिब्बत र सुदूर चीनसम्म आवतजावत गर्न सके ।

रमेश ढुंगेलका अनुसार नेपालबाट तिब्बत जानको लागि रसुवा, केरूङ्ग भएर ल्हासा जाने एउटा बाटो थियो । त्यहाँबाट चिनियाँ सम्राटको दरबारसम्म पुग्न सकिन्थ्यो । तर पछि लिस्ती र कुती भएर ल्हासा जाने अर्काेबाटो खुल्यो । तिब्बत जाने तेस्रो बाटोमा दोलखाको लामावगर भएर दिग्घर्चा हुँदै चीन पुग्ने बाटो बढी प्रयोगमा आएको थियो ।

लिच्छविकालको उत्तरी व्यापारको बाटो बारे चर्चा गर्दै धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठले लेखेका छन् ‘पर्वत जिल्लाको बेनी भएर ससक्यामठ पुग्ने बाटो थियो ।’ यसरी लिच्छविकालमा तिब्बततर्फका अनेकौं बाटो विस्तार भए ।

त्यसताका नेपालबाट तिब्बत वा चीनतर्फ निर्यात गरिने सामानहरूमा धातु, काठ र माटाका मूर्ति एवं कलाकृतिहरू बौद्ध धर्मग्रन्थहरू, खाद्यान एवं फलफूलहरू, कपडा र धातुबाट निर्मित भाँडाकुँडाहरू लगायत खुर्सानी, मरिच मसला थिए भने आयात गरिने वस्तुहरूमा उनी कपडा, सुन, चाँदी, नुन, रेशम, घोडा, भेडा, कस्तुरी, चमर आदि मुख्य थिए । चिनियाँ रेशमलाई नेपालमा त्यसताका ‘चीनांशुक’ भनिन्थ्यो ।

जगदीशचन्द्र रेग्मी लेख्छन् – ‘लिच्छवि युगदेखि मध्यकालसम्म भारततर्फ निकासा हुने अन्य व्यापारिक सामग्रीहरूमा ऊनीका लुगा कपडा, जडीबुटी, छाला, हस्तिहाड, ढलौटका सामग्री, काँसाका सामग्रीहरू र विभिन्न महत्वका कलाकृतिहरू थिए । भारतबाट नेपाल आयात गरिने वस्तुहरूमा भने मसला, केशर, खराऊ, गहना, जवाहत, अत्तर, सुगन्ध, औषधि लगायत राजा वा उच्च वर्गले प्रयोग गर्ने विलासिताका सामग्रीहरू पर्थे ।

अन्तर्राष्ट्रिय व्यापारलाई हेर्दा धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठले थप अन्तर्राष्ट्रिय मार्गको बारेमा व्याख्या गरेका छन् । उनीहरुका अनुसार लिच्छवि युगमा तामाकोसीको किनारै–किनार सिन्धुली हुँदै भारतीय मैदानमा पुग्ने अर्को बाटो पनि खुलिसकेको थियो । दोलखा एवं सिन्धुली क्षेत्रबाट भारतसितको व्यापार यही बाटो हुँदै हुने गथ्र्याे ।

तर रमेश ढुंगेल भने दक्षिणतर्फ प्राकृतिक सिमाना लिच्छवि युगदेखि नै नभएको हुँदा पूर्वदेखि पश्चिमसम्म विभिन्न बाटोबाट मुख्यतः वैशाली, कुसिनगर, पाटलीपुत्र, काशी, राजगृह, प्रयाग, साकेत, पावा, श्रावस्ती, कन्नौज आदि भारतीय क्षेत्रहरूसित नेपालको व्यापारिक सम्बन्ध रहेको बताउँछन् ।

के–केको व्यापार हुन्थ्यो आन्तरिक बजारमा ?

आन्तरिक बजारमा बिक्री हुने वस्तुहरू आन्तरिक उद्योगहरूबाट उत्पादित वस्तुहरू नै थिए । माटोबाट निर्मित गाग्रो, घैंटो, बाटा, कचौरा, पाथी आदि प्रमुख रूपमा हाट–बजारमा आउने गर्थे । माटाबाट बनेका हात्ती, गाई, घोडा आदि सामान खेलौनाका रूपमा बिक्री हुन्थे । सुन, चाँदी, फलाम, कासा, तामा आदि धातुबाट बनिएका गरगहना, कृषि औजार, हातहतियार र भाँडाकँुडाहरू स्थानीय बजारमा ‘सुवर्णकार, ताम्रकार तथा लौहकर्मी’द्वारा बिक्रीका निम्ति ल्याइन्थे । यसबाहेक धातुका मूर्तिहरूको पनि बिक्री बितरण हुने गथ्र्याे ।

कपडाको व्यापार ज्यादै प्रचलित थियो । जैनग्रन्थ ‘वृहत्तकल्पसूत्रभाष्य’ मा कपडाको व्यापार गर्ने देशहरूको नाम दिँदा नेपालको नाम पहिलो सूचीमा राखेको पाइन्छ ।

आन्तरिक व्यापारको अर्को महत्वपूर्ण वस्तु तेल थियो । अन्न, वाली, तरकारी, गाई, गोरू, भेँडा र अनेक कृषि उत्पादनहरू त्यसताकाका व्यापारिक सामग्रीहरू थिए । onlinekhabar

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

Next Post
भारत–नेपाल सम्बन्ध नयाँ उचाइतर्फः उत्तरी ‘सदाशयता’ माथि धेरैको प्रश्न

भारत–नेपाल सम्बन्ध नयाँ उचाइतर्फः उत्तरी ‘सदाशयता’ माथि धेरैको प्रश्न

श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद

श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद

निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

मावि चद्रलालपुरका प्रअ ब्रम्हदेवको अर्को करतुत बाहिरियो

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: