No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत–नेपाल सम्बन्ध नयाँ उचाइतर्फः उत्तरी ‘सदाशयता’ माथि धेरैको प्रश्न


भारत–नेपाल सम्बन्ध नयाँ उचाइतर्फः उत्तरी ‘सदाशयता’ माथि धेरैको प्रश्न

मोहन सिंह

सन् २०१४ –को अगस्त महीनाको पहिलो साता छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अनि एक समय गृहयुद्धले ग्रस्त मुलुकको एउटा नयाँ र प्रगतिशील संविधान तयार पार्ने संविधानसभालाई सम्बोधन गर्ने उनी पहिलो अन्तर्राष्ट्रिय नेता बनेपछिदेखि यता हाम्रा नदीहरूमा धेरै पानी बगेर गइसकेका छन्।
यद्यपि मोदीको भ्रमणपछि दुई देशबीचको शताब्दीऔं लामो अनि ऐतिहासिकता बाँचेको द्विपक्षीय सम्बन्ध उच्चतर विन्दुमा पुग्ने जुन अपेक्षा गरिएको थियो, विगत ६ वर्षको घटनाक्रमको विकास हेर्दा त्यो उँधोमुण्टो बनेर भुइँमा ठोक्किनपुगेको मात्र छ। तथापि, शीर्ष भारतीय अधिकारीहरू, जस्तै रअ –का निर्देशक सामन्त कुमार गोयल, भारतीय सेना प्रमुख जेनरल मुकुन्द नरवणे अनि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको हालैको नेपाल भ्रमण अनि उनीहरूले यहाँ पाएको न्यानो आतिथ्यले द्विपक्षीय सम्बन्धमा नयाँ थालनीको सन्देश प्रवाहित गर्दैछ। घटनाक्रमको यो विकासले चीनलाई निश्चय नै मुुरस्काउने कुनै कारण प्रदान गर्दैन।


२९  नोभेम्बरको दिन चीनियाँ रक्षा मन्त्री वेई फेङको २१ सदस्यीय जम्बो प्रतिनिधिमण्डलको फगत १२ घण्टाभन्दा थोर समयको भ्रमण नै यस कुराको स्पष्ट सङ्केत हो कि हाम्रो उत्तरी छिमेकको सत्ताप्रतिष्ठानमा बस्नेहरूले बुझ्नथालिसकेका छन् कि नेपाल–भारत सम्बन्धको पवित्रतालाई केही समयका लागि दूषित पार्न सकिन्छ, तर यसलाई क्षतिग्रस्त बनाउन सकिँदैन।
‘जति चाँड़ो बुझ्यो उति राम्रो’ भन्ने भनाइजस्तै चीनले यो कुरा चाँड़ै बुझेको राम्रो कि नेपाल–भारतको द्विपक्षीय सम्बन्ध सगरमाथा र गङ्गाझैं पुरानो छ, अनि संसारको कुनै पनि शक्तिले यसलाई मेट्न वा भत्काउन सक्दैन । यसको आधार हाम्रा पुर्खाहरूले खड़ा गरेर गएका छन्। नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई घनिष्ठ अनि विश्वमै एक विश्वसनीय सम्बन्धको रूपमा दर्याउन सैकड़ौं वर्ष अनि थुप्रै बलिदान लागेको छ। बुद्ध अनि रामको भूमिमाझ असङ्ख्य अपरिभाषित साझा हितहरू विद्यमान रहेका छन्।
हतारमा सम्पन्न गरिएको चीनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण यस्तो समयमा आयोजना भयो, जतिखेर भारतका विदेश सचिव हर्षवर्द्धन श्रृङ्गला नेपाल भ्रमणमा थिए। आफ्नो दुई दिने नेपाल भ्रमणमा श्रृङ्गलाले नेपाल र भारत दुई घनिष्ठतम मित्र रहेको अनि दुई देशले उक्त सम्बन्धलाई अझ सुरिलो बनाउन मिलेर काम गर्ने कुरा दोहोऱ्याए।
नेपालमा आगमनपछि भारतीय विदेश सचिवले नेपाली भाषामै सम्बोधन गर्दै भने, “गोर्खामा भारतको विकास सहयोगको रूपमा ५० हजार घर बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता कायमै रहेको छ।” “४० हजार घरहरू बनिइसकेका छन्। भारतले तीनवटा स्कूलहरूको पुनर्निर्माण अनि एउटा गुम्पाको पुरुद्धार कार्य पनि सम्पन्न गरिसकेको छ।”
यी विकास परियोजनाहरू, नेपालको चतुर्दिक विकासमा भारतको भूमिकाको सन्दर्भमा केवल हिमशैल (आइसबर्ग) –का टुप्पाहरू हुन्, विदेश सचिवले रेखाङ्कित गर्दै भने। हरेक कुरामा भारतको निन्दा मात्र गर्नेहरूले पनि नेपालको प्रगतिमा घनिष्ठ छिमेकीको रूपमा भारतको भूमिकालाई अस्वीकार गर्न सक्दैन।
चीनले यहाँका विकास परियोजनाहरूमा पैसा हालेर आफ्नो ‘सदाशयता’ प्रमाणित गर्ने स्वाङ र छट्पटीमा मात्र प्रदर्शित गरिरहेको छ। यसको सट्टामा, यो कम्युनिष्ट मुलुक चाहन्छ – नेपालीहरूले मोटो धन फिर्ता गरून्, यद्यपि पैसाको अर्थमा होइन – जसले अन्ततः केवल भारतसित मात्र होइन, तर अन्य महाशक्ति एवं विकसित मुलुकहरूसित पनि हाम्रो सम्बन्ध अमिल्याउनेछ।
मीडिया रिपोर्टहरूअनुसार, प्रधानमन्त्री के.पी. शर्मा ओलीले काठमाण्डौंमा भारतीय विदेश सचिवसँगको कुराकानीमा आफ्ना भारतीय समकक्षीलाई भारतसित घनिष्ठतम् अनि सर्वोत्तम सम्बन्धलाई निरन्तरता दिन हिमाली राष्ट्र प्रस्तुत रहेको सन्देश प्रेषित गरे। ओलीले आफू वर्तमान परिप्रेक्ष्यमा द्विपक्षीय सम्बन्ध पुनर्परिभाषित भएको हेर्न इच्छुक रहेको पनि बताए।
विगत अगस्त, २०१४ –मा आफ्नो नेपाल भ्रमणताका नेपालको संविधानसभालाई सम्बोधन गर्दै मोदीले स्पष्ट पारेका थिए – भारत हस्तक्षेप गर्नमा विश्वास गर्दैन तथा भारतले नेपाललाई केवल समर्थन अनि नेपालको विकास हिमाल झैं उच्चतामा पुगेको हेर्नमा विश्वास गर्दछ।
धेरै कुराहरूमा समानता रहँदारहँदै अनि थुप्रै विषयहरूलाई सम्हाल्नुपर्ने हुँदा अन्तर्राष्ट्रिय सम्बन्धहरूमा कहिलेकाहीँ जटिलताहरू आउनेगर्दछन्। वर्तमान समयमा यी दुई देश मधुरतम् समबन्धमा छन् भनेर दावी गर्नु पनि सिकौरेपना अनि मूर्खतापूर्ण नै हुनेछ। क्षेत्रमा आफ्नो तागत देखाउने उद्देश्यले अरूको सम्बन्धमा हात घुसार्ने केही शक्तिहरूको कारण वास्तवमा भन्ने हो भने यी दुई देशबीचको सम्बन्ध केही काँड़े भएको पक्का हो।
यी दुई देशबीच सीमा विवाद नै परस्पर असहमतिको प्रमुख कारण हो, जसलाई बहस र छलफलमार्फत् सल्ट्याउन सकिन्छ। तर, निहित स्वार्थ बोक्नेहरूको लहलहैमा जानुको सट्टा यसका लागि एक–अर्कासित कुराकानी गर्ने मनस्थितिमा हुनु अत्यन्त आवश्यक छ।
हाम्रा छिमेकीविरुद्ध नमीठा शब्द प्रहार हुँदाहुँदै पनि यस महान एशियाली शक्तिराष्ट्रले लिएका पहल र भारतीय अधिकृतहरूको एकपछि अर्को लगातार भ्रमणले भारत दुईपक्षीय सम्बन्धलाई सुधार्न कुन सीमासम्म अघि बढ़ेको छ भन्ने कुरा घनीभूत रूपमा स्पष्ट हुन्छ ।
विस्तारित नेपाली समाजले देशको आत्मगौरव र सम्मानलाई सदा उच्च राख्दै पनि भारतसित घनिष्ठ अनि स्वस्थ सम्बन्ध कायम राख्नुको आवश्यकतालाई बुझ्दछ।
यहाँ केही अदूरदर्शी राजनीतिज्ञहरूसित पूरा गर्नलाई आफ्ना निहित स्वार्थहरू मात्र छन्। अतः उनीहरू चतुरतापूर्वक आफ्ना तर्कहरू राख्दछन्, जुन धेरैका लागि आकर्षक प्रतीत हुन्छ। यसो गरेर उनीहरू छोटो समयका लागि अन्तर्राष्ट्रिय प्रचार पाउन सफल हुनसक्छन्, तर दीर्घकालमा उनीहरू प्रत्युत्पादक र देशका लागि महँगा प्रमाणित नै हुन्छन्। थपमा, अधिसङ्ख्यक साधारण मानिस तथा राजनैतिक शक्तिहरूले यस कुरालाई महसुस गरिसकेका छन् अनि उनीहरू नेपाल बलिको बोको भएको चाहँदैनन्।
नेपालको नीतिगत दृष्टिकोणमा परिवर्तन नआई तीनजना भारतीय अधिकृतहरूको भ्रमण सम्भव थिएन। हाम्रो दृष्टिकोणमा आएको यो परिवर्तनले पनि बताउँछ कि कसरी सामान्य अर्थमा भारतको विदेश नीति अनि विशेष अर्थमा उसको नेपाल सम्बन्धी नीति सही दिशा पछ्याएर अघि बढ़िरहेको छ।
धेरैले अझै चीनियाँ रक्षामन्त्रीको २१ सदस्यीय प्रतिनिधिमण्डलसहितको नेपाल भ्रमणको समयकालमा तीनजना भारतीय अधिकृतहरूको भ्रमणको प्रभावबारे प्रश्न गरिरहेका छन्।
चीनियाँ रक्षामन्त्रीले मीडियाकर्मीहरूसँगको आफ्नो छोटो अन्तर्क्रियामा उनको भ्रमणले चीन–नेपाल सम्बन्धलाई नयाँ उँचाइमा लैजाने बताउँदै उक्त भ्रमणलाई सफल भ्रमणको संज्ञा दिए। यद्यपि, उत्तरी छिमेकीले नेपालको सत्तारूढ़ कम्युनिष्ट पार्टीमा दखलकारी भूमिका खेलिरहेको मीडिया रिपोर्टहरूको आलोकमा साधारण नेपाली जनले चीनियाँ प्रतिनिधिमण्डलको भ्रमणलाई सहजतापूर्वक लिन सकिरहेका छैनन्।
प्रजातन्त्र त्यतिखेर पल्लवित हुन्छ, जतिखेर हामी असहमत हुन सहमत हुन्छौं अनि विवेचना र छलफलपछि सहमत हुँदै परस्पर लाभकारी हुने नीतिगत निर्णयमा पुग्छौं।
नेपाली नेताहरूले अति शीघ्र यो सत्यलाई आत्मसात गरिरहेका छन् कि एक सशक्त र सुदृढ़ राष्ट्रको रूपमा उच्चतामा पुग्नको अर्थ अनिवार्य रूपमै यो होइन कि उनीहरूले भारतसितको सम्बन्धलाई बेवास्ता गरून् वा भारतलाई विरोधी कित्तामा पुऱ्याऊन्। यसको विपरीत उनीहरूले एकअर्कालाई अभिनन्दन गर्न सक्छन् अनि तीव्र गतिमा अघि बढ़्न सक्छन्, पारस्परिक लाभकारी द्विपक्षीय सम्बन्धबाट शिक्षा लिन सक्छन्।
नेपालको सत्ताप्रतिष्ठान निकट रहेका धेरैजनाको विचारमा भारत एवं नेपालका प्रधानमन्त्रीबीचको भेटघाट केवल एउटा समयको कुरा मात्र हो। मोदीको सन् २०१४ –को भ्रमणताका निर्धारित सपना र लक्ष्य यी दुई सार्वभौम अनि स्वतन्त्र राष्ट्रहरू खुशहाली र विकासको मार्गमा अग्रसर हुनासाथ हासिल हुनेछन्। यसका लागि मञ्च तयार पारिएको छ।
यद्यपि बहुमूल्य ६ वटा वर्षहरू विवादमा खेर गए, समयसँगै प्रगाढ़ बनेको छिमेकीलाई उपेक्षा गर्दै उत्तरसित नजिकिने हाम्रो कोशिशबाट प्राप्त अनुभवले हामीलाई भविष्यका लागि सही मार्गनिर्देशन नै गर्नेछ।
यस धमिलोमा माछा मार्न उद्धत् केही दृश्य वा अदृष्य शक्तिहरूको धोकापूर्ण परिस्थितिमा नीति–निर्माताहरूलाई आफ्नो विधिमा सुधार गर्न यो अनुभवले निरन्तर सजग राख्नेछ । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

मतदानपछि भारत फर्किन थाले मतदाता

मतदानपछि भारत फर्किन थाले मतदाता

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

Next Post
श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद

श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद

निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

मावि चद्रलालपुरका प्रअ ब्रम्हदेवको अर्को करतुत बाहिरियो

चिनियाँ मन्त्री नेपालमै रहेको बेला नेपाली मुस्लिम किन चीनविरुद्ध आन्दोलित ?

चिनियाँ मन्त्री नेपालमै रहेको बेला नेपाली मुस्लिम किन चीनविरुद्ध आन्दोलित ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

मतदानपछि भारत फर्किन थाले मतदाता

मतदानपछि भारत फर्किन थाले मतदाता

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

ट्रम्पले स्मार्टफोन र कम्प्युटरमा कर नलगाउने, चीनलाई पनि छुट

अमेरिकी प्रतिवेदन: यस समयमा इरानी सरकार ढल्ने सम्भावना छैन

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

साउदीमा खसालियो १८ वटा ड्रोन

साउदीमा खसालियो १८ वटा ड्रोन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...