No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जसपा केन्द्रीय समन्वय समिति बैठकले पाँच नयाँ सदस्य थप्यो

जसपा केन्द्रीय समन्वय समिति बैठकले पाँच नयाँ सदस्य थप्यो

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको स्मरण गर्दै देशभर विविध कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ।

त्यसैगरी बैठकले माघ ३ गते मधेश भवनमा प्रदेश स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ। सो अवसरमा संघीयता, प्रदेश अधिकार र मधेश आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिने भएको छ।

यसैगरी, बैठकले समन्वय समितिमा पाँच जना नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ। राजकिशोर यादव, शैलेन्द्र प्रसाद साह, हरि मण्डल, प्रदीप यादव र जय प्रकाश ठाकुरलाई केन्द्रीय समन्वय समितिको सदस्यमा चयन गरेको हो।

एकीकरणपछिको पार्टी संरचना, कार्यदिशा र राजनीतिक एजेन्डालाई अघि बढाउने सन्दर्भमा बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको र पार्टी एकीकरणलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।

बैठकले पार्टी संगठनलाई थप समावेशी, सन्तुलित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्र, समुदाय र राजनीतिक पृष्ठभूमिका नेताहरूलाई समन्वय समितिमा समेटिएको जनाएको छ। नव–थपिएका नेताहरू मधेश केन्द्रित आन्दोलन, संगठन निर्माण र पार्टी गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

बैठकले आगामी राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउन ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। गठित समितिमा राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी, परमेश्वर साह, लालकिशोर साह रहनेछन्। समितिले निर्वाचन रणनीति, समन्वय र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।

केन्द्रीय समन्वय समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरी प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा खटाउने निर्णय पनि भएको छ। यस निर्णयलाई एकीकरणपछि पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।

बैठकमा पार्टी एकीकरणपछि देखिन सक्ने संगठनात्मक चुनौती, कार्यकर्ता व्यवस्थापन, सांगठनिक समायोजन र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल भएको बताइएको छ। नेताहरूले एकीकरणलाई कागजी मात्र नभई व्यवहारिक र वैचारिक रूपमा पनि सफल बनाउन आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टी नेतृत्वले जसपा नेपाललाई मधेश केन्द्रित मात्र नभई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। एकीकरणपछिको पहिलो बैठकले संगठन विस्तार र राजनीतिक सक्रियता बढाउने सन्देश दिएको नेताहरूको भनाइ छ।

जसपा नेपालको केन्द्रीय समन्वय समितिको यो बैठकलाई पार्टीको नयाँ राजनीतिक यात्राको प्रारम्भिक आधारका रूपमा हेरिएको छ। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको एकीकरणपछि बसेको पहिलो औपचारिक केन्द्रीय समन्वय समिति बैठक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

Next Post
रवि लामिछाने र बालेन्द्र शाह एउटै मञ्चमा देखिने

रवि लामिछाने र बालेन्द्र शाह एउटै मञ्चमा देखिने

महान्यायाधिवक्ता सविता भण्डारी तत्काल बर्खास्त हुनुपर्छ: जेनजी

महान्यायाधिवक्ता सविता भण्डारी तत्काल बर्खास्त हुनुपर्छ: जेनजी

दोस्रो विशेष महाधिवेशनपछि कांग्रेसको केन्द्रीय समिति अद्यावधिक

दोस्रो विशेष महाधिवेशनपछि कांग्रेसको केन्द्रीय समिति अद्यावधिक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .