No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

काठमाडौं। सङ्घीय मामिला तथा सामान्यमन्त्री रामेश्वरप्रसाद खनालले जनताको हितलाई केन्द्रमा राखेर सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्न कर्मचारी तथा सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ।

नेपाल जनप्रशासन सङ्घ (पान) को २६औँ साधारणसभा तथा ‘युवा आकाङ्क्षा अनुसारको सुशासन’ विषयक २१औँ राष्ट्रिय सम्मेलनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्रीसमेत रहनुभएका खनालले कर्मचारीतन्त्रले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई माथि राखेर परिणाममूलक काममा लाग्नुपर्नेमा जोड दिए। उनले राजनीतिक नेतृत्व तथा प्रशासनमा इमानदारिता र व्यावसायिकता कायम भएका युवाद्वारा सुशासन र सुधार सम्भव रहेको धारणा राखे।

सम्मेलनमा नेपालको समसामयिक राजनीतिक, सामाजिक र प्रशासनिक सन्दर्भमा युवाको बढ्दो असन्तुष्टि, सक्रियता र सुशासनसम्बन्धी अपेक्षामाथि छलफल गरिएको छ। नेपालमा जेनजीपुस्ताको सक्रियता, असन्तुष्टि र वैचारिक हस्तक्षेप नयाँ चरणमा प्रवेश गरेकाले यसलाई लोकतान्त्रिक चेतना र शासन सुधारको मागका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको छ।

छलफलपश्चात् लोकतान्त्रिक चेतना र शासन सुधारका पक्षमा युवापुस्ताको माग र चेतावनीका रूपमा जेनजी आन्दोलन भएको व्याख्या गर्दै शासन प्रणालीभित्रका संरचनागत कमजोरी, भ्रष्टाचार, बेरोजगारी, अवसरको असमान वितरण अन्त्य गर्नेलगायत ११ बुँदे सुझावसहितको अवधारणा जारी गरिएको छ।

पारित प्रस्तावमा शासकीय वैधता बहुमत र सङ्ख्यामा मात्र नभई सारभूत र अर्थपूर्ण सहभागिता र समन्यायिक शासकीय लाभांश वितरणमा खोजिनुपर्ने, सुशासन कार्यान्वयन राष्ट्रिय प्राथमिकतामा पर्नुपर्ने, युवामैत्री शासन प्रणाली र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने, युवा आकाङ्क्षाको यथार्थपरक व्यवस्थापन र सम्बोधन हुनुपर्ने, तीव्र आर्थिक वृद्धिसहित देशभित्रै रोजगारी, उद्यमशीलता र युवा रोजगारी सिर्जनामा तत्काल प्रभावकारी कदम चालिनुपर्नेलगायत रहेका छन्।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा उतार्नुपर्ने, सार्वजनिक प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउन नवप्रशासनिक संरचना र काम सुधार गरिनुपर्ने, शान्तिपूर्ण नागरिक अभिव्यक्ति सुनिश्चित गर्दै संवाद र सहकार्यको संस्कृति प्रवर्द्धन गरिनुपर्ने, समावेशी र सामजिक न्यायमा आधारित शासन प्रणाली कायम गरिनुपर्ने, राज्य–समाज–नागरिकबीच नयाँ सामाजिक सम्झौता निर्माण गरिनुपर्ने, राजनीतिक स्थायित्वका लागि तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्नेलगायत सुझाव दिइएको छ।

कार्यक्रममा चितवनको रत्ननगर नगरपालिकाका वरिष्ठ अधिकृत सविता अर्याललाई रु २५ हजार राशिको ‘पान उत्कृष्ट राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको थियो भने पान सचिवालयमा कार्यरत कार्यकारी प्रमुख जमुना दङ्गाललाई रु ३० हजार नगर पुरस्कारसहित सम्मान गरिएको थियो। यस्तै पुरस्कारको अक्षयकोष खडा गर्न योगदान गर्ने नेपाल सरकारका पूर्वसचिवहरू कृष्णहरि बाँस्कोटा र विद्याधर मल्लिकलाई सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

Next Post
कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .