• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विवाह पञ्चमी महोत्सव : बिहीबार पहिलो दिन नगरदर्शन


विवाह पञ्चमी महोत्सव : बिहीबार पहिलो दिन नगरदर्शन

धनुषा। जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। बिहीबारदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ।

जानकी मन्दिर क्षेत्र, रंगभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ। मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत् बत्ती जडानका काम भइरहेका छन्।

विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्रबिघा रंगभूमि मैदानमै केन्द्रित रहनेछन्, तर यस वर्ष कुनै पनि तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए। विगतका वर्षहरूमा सरकारी निकायले आर्थिक वा व्यवस्थापकीय सहयोग गर्ने गरेकामा यसपटक भने सहयोग नपाइएको उनको भनाइ छ।

अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यस वर्ष पनि ठूलो संख्यामा साधु-सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिरले जनाएको छ। जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौंदेखि नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहिआएको छ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको आज नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० रामकलेवा विधिसहित समापन हुनेछ। प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ। ठूलो भीडलाई ध्यानमा राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीलाई पर्याप्त सङ्ख्यामा परिचालन गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विवाह पञ्चमी महोत्सव
  • २०८२ मंसिर ४, बिहीबार २१:२६
  • In "देश"
  • राम र जानकीको विवाह सम्पन्न, आज जन्तीको विदाई
  • २०८२ मंसिर ४, बिहीबार २१:२६
  • In "BannerNews"
  • जनकपुरमा २२ जोडीले गरे सामूहिक विवाह
  • २०८२ मंसिर ४, बिहीबार २१:२६
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

नेदरल्याण्ड्स सरकारले चिनियाँ स्वामित्वको चिप कम्पनीमा हस्तक्षेप निलम्बन गर्‍यो

भारतको कूटनीतिलाई ठूलो धक्का, अमेरिकाले भन्यो – ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले जितेको थियो

६ महिनापछि ट्रम्पको साथमा फर्किए मस्क, नयाँ पार्टी बनाउने योजना रद्द

सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

बारामा कर्फ्यु जारी भएपछि महेश बस्नेतले भने- यस प्रकारका अवरोधले विचलित हुँदैनौँ

Next Post

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

विवाह पञ्चमी महोत्सव : बिहीबार पहिलो दिन नगरदर्शन

नेदरल्याण्ड्स सरकारले चिनियाँ स्वामित्वको चिप कम्पनीमा हस्तक्षेप निलम्बन गर्‍यो

भारतको कूटनीतिलाई ठूलो धक्का, अमेरिकाले भन्यो – ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले जितेको थियो

विद्रोहपछि भागेका राष्ट्रपतिको महलमा ३०० किलोको बहुमूल्य रत्न भेटियो, मूल्य अरबौं पर्ने

६ महिनापछि ट्रम्पको साथमा फर्किए मस्क, नयाँ पार्टी बनाउने योजना रद्द

पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

बारामा कर्फ्यु जारी भएपछि महेश बस्नेतले भने- यस प्रकारका अवरोधले विचलित हुँदैनौँ

सिरहामा डाका समूहले गोली चलायो, बाबुछोरा घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version