No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाम। अबिरल वर्षाका कारण इलामका विभिन्न स्थानमा शनिबार गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको छ।

इलाम नगरपालिका-६ घोष गाउँ बस्ने प्रकाश तामाङको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, झापा अर्जुनधारा नगरपालिका-६ बस्ने अर्जुन दनुवारको छोरा ३ वर्षीय आवास दनुवर, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको हो।

यस्तै सन्दकपुर गाउँपालिका-१ छाँगे बस्ने छबि धन राईको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने ४३ वर्षीय भिम बहादुर राई, ६६ वर्षीया हरिमाया राई, सोही गाउँपालिका-४ बस्ने ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, सोही गाउँपालिका-३ बस्ने ७४ वर्षीया सारादा सेडाई र ४८ वर्षीया तारा देवी राईको पुरिएर मृत्यु भएको हो।

यसैगरी माईजोङमाई गाउँपालिका-३ प्याङ बस्ने ८२ वर्षीय बर्मलाल सोङमीको घरमा पहिरो जाँदा बर्मलाल, ७० वर्षीय बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङमी र १४ वर्षीया प्रकृती सोङमीको पुरिएर मृत्यु भएको हो।

यस्तै सूर्योदय नगरपालिका-१ मानेभञ्याङ बस्ने राजु क्षेत्रीको घरमा पहिरो जाँदा ६५ वर्षीया मन माया क्षेत्री, १० वर्षीया रस्मिका क्षेत्री, दोलखा घर भएका ४५ वर्षीय दिप बस्नेत, उनकै श्रीमती ४४ वर्षीया भवानी बस्नेत र छोरी १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको हो।

यसैगरी देउमाई नगरपालिका-५ ढुसेनी बस्ने ३० वर्षीय दिपक लिम्बुको घरमा पहिरो जाँदा दिपक, उनकै श्रीमती २७ वर्षीया ऋषिका लिम्बु, छोरी १० वर्षीया दिपिस्का लिम्बु, भतिजो ९ वर्षीय सौजन लिम्बु र ११ वर्षीय सौगात लिम्बुको मृत्यु भएको हो। साथै प्रहरीले १ जनाको सकुशल उद्दार गरेको छ।

यस्तै देउमाई नगरपालिका-५ झारे बस्ने मन कुमार लिम्बुको घरमा पहिरो जाँदा उनकै छोरा २२ वर्षीय रोशन लिम्बु र बुहारी २२ वर्षीया बेबिसा राईको मृत्यु भएको हो। यस्तै देउमाई नगरपालिका-३ लक्ष्मीबोटे बस्ने गणेश मगरको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण मगरको पुरिएर मृत्यु भएको हो।

यसैगरी माङसेबुङ गाउँपालिका-१ पार्टी गाउँ बस्ने मदन लिम्बुको घरमा पहिरो जाँदा उनकै आमा ५७ वर्षीया कृष्ण माया लिम्बु, फुपु ५० वर्षीया माया लिम्बु र पाँचथर मिक्लाजुङ गाउँपालिका-६ बस्ने १७ वर्षीया नेहा राईको मृत्यु भएको हो। साथै प्रहरीले ५ जनालाई उद्दार गरेको छ।

यसैगरी फाकफोकथुम गाउँपालिका-३ रातमाटे बस्ने २८ वर्षीय सुरेश लिम्बुको घर नजिकै गाईगोठ हेर्न जाने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको हो।

यस्तै माईजोगमाई गाउँपालिका-६ ओडारे बस्ने भक्त बहादुर थेवेको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, ३ वर्षीया मुनुसा थेवेको पुरिएर मृत्यु भएको छ। पहिरो गएका स्थानहरूमा तत्काल स्थानीय प्रहरी टोली खटि गई आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

Next Post
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल

सुधन गुरुङ : न रोक्न सजिलो, न बोक्न हलुंगो

सुधन गुरुङ : न रोक्न सजिलो, न बोक्न हलुंगो

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .