No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ठूला दलका ठूला नेतालाई बलपूर्वक बिदाई नगरेसम्म देश र जनताको भलो हुँदैन : प्रभु साह

ठूला दलका ठूला नेतालाई बलपूर्वक बिदाई नगरेसम्म देश र जनताको भलो हुँदैन : प्रभु साह

रौतहट। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस, एमाले र माओवादीलगायतका सिण्डिकेटधारी दल र यीनका नाइकेहरुलाई राजनीतिबाट बलपूर्वक बिदाई नगरेसम्म देश र जनताको भलाई नहुने टिप्पणी गरेका छन् । सिंहदरबार, रामशाहपथ, बहादुरभवनलगायतमा अझैपनि तीन दलको छायाँ र विषादी रहेकाले देशले अग्रगमनको बाटो समाउन नसक्ने उनको दाबी छ ।

रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर बजारमा आयोजित शुभकामना कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । उनले अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै देशभक्त हरेक नेपालीले चनाखो हुनुपर्ने बेला आएको बताए । उनले कांग्रेस कुहिसकेको र कामै नलाग्ने अवस्थामा पुगेको टिप्पणी गरे । आजपा अध्यक्ष साहले केपी ओलीकै कारण मुलुक पछिल्लो समय भड्खालोमा परेको भन्दै एमाले अहिले उठ्नै नसक्नेगरि रसातलमा भासिएको दाबी गरे । उनकाअनुसार माओवादी पनि मात्तिएर मासिने अवस्थामा पुगेको छ । यी तीनै दलले अब देशको नेतृत्व गर्नको लागि बल नगर्दा बेश हुने साहको तर्क छ ।

साहले ठूला दलका ठूला नेताकै कारण देशको बर्वादी भएको आरोप लगाए । उनले जेन–जी जनविद्रोहले राष्ट्रिय राजनीतिको अग्रभागबाट बढारिदिएको भएपनि अझै केपी ओली, शेरबहादुर देउवाहरुले झ्यालबाट मुन्टो उठाउन खोज्नु मुलुकको लागि दुर्भाग्य भएको टिप्पणी गरे ।

जेन–जी आन्दोलनप्रति अहिलेको अन्तरिम सरकारले पनि छल गरेको र आन्दोलनलाई एकपछि अर्को गरेर षड्यन्त्रको शिकार बनाउन खोजिएको भन्दै साहले आक्रोश पोखे । ७४ जना युवाहरुको बलिदानीबाट बनेको सरकारले नयाँ बाटो समात्न नसक्दा जनविद्रोहको पनि अपमान हुनसक्ने साहले खतरा औंल्याए ।

“युवाहरुको आक्रोश केपी ओली फालेर सुशीला कार्कीलाई त्यो ठाउँमा पुर्याउनको लागि थिएन, अवस्था सुधारको लागि व्यवस्था सुधार उनीहरुको आवाज थियो, तर यहाँ त आन्दोलन नै बद्नाम गर्नेगरि पाइला चालियो”– आजपा अध्यक्ष साहले भने । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जीहरुको भावनामाथि र युवाहरुको बलिदानी र आन्दोलनका घाइतेहरुको भावनामाथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।

सरकारमा जेन–जीहरुको प्रतिनिधित्व गराउने सवालमा समेत प्रधानमन्त्री गम्भीर नबनेको भन्दै उनले प्रश्न उठाए । उनले भने, “प्रधानमन्त्रीज्यू, तपाईं जुन पुस्ताको विद्रोहको जगमा अहिले यो पदमा विराजमान हुनुभयो, त्यही पुस्तालाई अपमान गर्न मिल्छ ? होईन भने आजसम्म किन युवा पुस्तालाई सरकारमा सहभागी गराउनुभएन ? के तपाईंले जेन जीहरुको भावनालाई कुल्चिन मिल्छ ? कि सक्षम युवा नेतृत्व भेट्नुभएन ?”

जेन–जीहरुको विद्रोह संविधान र अहिलेको व्यवस्थाको उपज भएको उनको दाबी छ । आफूले पहिलो संविधानसभादेखि संविधान जारी हुने बखतको दोस्रो संविधानसभामा जनताको संविधान लेख्नको लागि संघर्ष गरेको तर अग्रगामी संविधान नआउने भएपछि विद्रोह गरेको पनि साहले स्मरण गराए ।

उनले अहिलेको संविधान र व्यवस्था बोकेर कतै पुग्न नसकिने भन्दै संविधानकै कारण मुलुक झनै पछि धकेलिएको दाबी गरे । उनले अहिलेको एकमात्र राजनीतिक निकास भनेको नयाँ संविधान र नयाँ सरकार भएको स्पष्ट पारे । जेन–जी आन्दोलन हुनुअघि आफूले अन्तरिम सरकार र अन्तरिम संविधान बनाउन माग गरेको पनि साहले स्मरण गराए ।

पार्टीले देशलाई निकास दिनको लागि दुई वर्षअघि नै तेस्रो जनआन्दोलनको उद्घोष गरेको र दुई वर्ष नपुग्दै युवाहरुको अदम्य साहसको कारण जनविद्रोह सफल भएको र पूरानाहरुको सत्ता भत्काएको साहको भनाई छ । तर, व्यक्ति फेर्ने र व्यवस्था उही राखेर मुलुक कतै नपुग्ने उनको दाबी छ ।

आम जनताको शासन स्थापनाको लागि निर्णायक जनसंघर्ष आवश्यक रहेको भन्दै पार्टी पँक्तिलाई त्यसको तयारीमा जुट्न पनि साहले निर्देशन दिए । आगामी फागुन २१ गतेको निर्वाचनलाई जनसंघर्षको रुपमा उपयोग गर्ने भनेर पार्टीको हालै काठमाडौंमा बसेको केन्द्रीय समितिले निर्णय लिएको पनि उनले जानकारी गराए ।

फरक प्रसंगमा साहले देशलाई जानी–जानी भड्खालोमा हालेका ओली र देउवाले अहिले भूराजनीतिक चलखेल भनेर नेपाली जनता र देशकाविरुद्ध अर्को चलखेल गर्न खोजेको आरोप लगाए । उनले भने,‘देश भड्खालोमा केपी ओली र शंकर पोखरेलहरुले हालेका हुन्, अहिले उनीहरु नै भूराजनीतिक द्वन्द्वको चपेटामा देश पर्यो भनेर रोईरहेका छन्, यसको कुनै तुक छैन । यस्तो गोहीको आँशु नझार्नुहोस कमरेडहरु, सके ओलीलाई माफी मगाएर बलपूर्वक बिदाई गर्नुहोस, नसके जनताको धैर्यताको बाँध टुटिसकेको छ, जनताले आँफै हिसाब गर्छन् ।’

एमालेका सच्चा क्रान्तिकारी भावना बोकेका नेता तथा कार्यकर्ताहरु र देश प्रेम भएकाहरु ओलीको सर्वसत्ताबाट आजित भैसकेकोले पहिला ओली सत्ताको डिप स्टेटका स्टेकहोल्डरहरुको पहिचान गर्न महासचिव शंकर पोखरेललाई साहको सुझाव छ ।

आजै रौतहटको गुजरा नगरपालिका , माधवनारायण नगरपालिकामा समेत दशैं, दिपावली, छठ लगायत पर्वको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न भएको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

मोदी ‘बुद्धिमान नेता’ : पुटिनको प्रशंसा

मोदी ‘बुद्धिमान नेता’ : पुटिनको प्रशंसा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .