No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मोदी ‘बुद्धिमान नेता’ : पुटिनको प्रशंसा

मोदी ‘बुद्धिमान नेता’ : पुटिनको प्रशंसा

सोची (रूस)। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार (स्थानीय समयअनुसार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको उच्च प्रशंसा गर्दै उनलाई ‘बुद्धिमान नेता’ भएको उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री मोदी सधैँ आफ्नो देशको हितलाई पहिलो प्राथमिकता दिने नेता भएको भन्दै भारत–रुस सम्बन्धलाई अझ मजबुत र विशेष बताए।

राष्ट्रपति पुटिन सोचीस्थित वाल्डाई डिस्कसन क्लबको पूर्ण सत्रमा सम्बोधन गर्दै थिए। आफ्नो सम्बोधनमा उनले भारत र रुसबीच विगतदेखि नै विशेष सम्बन्ध रहेको उल्लेख गर्दै करिब १५ वर्षअघि दुवै देशले ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को घोषणा गरेको स्मरण गरे । उनका अनुसार, यो परिभाषा आज पनि दुवै देशबीचको सम्बन्धलाई सबैभन्दा उचित रूपमा अभिव्यक्त गर्ने शब्द हो।

“भारतका जनताले यो सम्बन्धलाई बिर्सने छैनन् भन्ने विश्वास म राख्छु । करिब १५ वर्षअघि हामीले विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको घोषणा गरेका थियौँ र त्यो नै अझैसम्मको सबैभन्दा राम्रो परिभाषा हो । प्रधानमन्त्री मोदी एक अत्यन्त बुद्धिमान नेता हुनुहुन्छ, जसले पहिले आफ्नो देशका बारेमा सोच्नुहुन्छ”, पुटिनले भने ।

यसै वर्षको अन्त्यमा राष्ट्रपति पुटिनको भारत भ्रमण हुने सम्भावना सम्बन्धी रिपोर्टहरू सार्वजनिक भएकाले उनको यो टिप्पणीले विशेष महत्व राख्दछ । आगामी शिखर बैठकको तयारी तथा अन्य द्विपक्षीय मुद्दाहरूमा छलफल गर्न राष्ट्रपति पुटिनको भ्रमणअघि रुसी विदेशमन्त्री सेर्गेई लाचरोभ पनि भारत आउने अपेक्षा गरिएको छ ।

गत सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र महासभा (युएनजिए) को ८०औँ सत्रमा लाभरोभले आवश्यक कूटनीतिक तयारी भइरहेको उल्लेख गर्दै डिसेम्बरमा राष्ट्रपति पुटिनको नयाँदिल्ली भ्रमण हुने योजना रहेको औपचारिक घोषणा गरेका थिए ।

सोही अवसरमा वाल्डाई डिस्कसन क्लबमा भारतीय आयातसम्बन्धी अमेरिकी भन्सार शुल्कको मुद्दा उठाउँदै राष्ट्रपति पुटिनले भारतले यदि रूसी तेल खरिद नगरेमा करिब नौदेखि १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी भोग्नुपर्ने प्रष्ट पारे । उनले प्रधानमन्त्री मोदी कुनै पनि विदेशी दबाबको अगाडि झुक्ने नेताभन्दा टाढा रहेको र भारतले आफ्नो गरिमा तथा रणनीतिक स्वायत्ततालाई निरन्तर प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे।

पुटिनले थप स्पष्ट पार्दै भने, “यो कुनै राजनीतिक मुद्दा होइन, यो केवल आर्थिक गणना हो । के भारतले हाम्रा ऊर्जा स्रोत त्याग्नेछ ? यदि त्यस्तो भयो भने निश्चित रूपमा ठूलो हानि हुनेछ। अनुमान फरक-फरक भए पनि कतिपयले यसलाई करिब ९–१० अर्ब अमेरिकी डलर बराबर हुने बताएका छन् । तर यदि भारतले त्यागेन भने पनि उसलाई प्रतिबन्धहरूको सामना गर्नुपर्ने हुन्छ, जसको असर उस्तै हुन्छ । जब आन्तरिक राजनीतिक मूल्य पनि भोग्नुपर्ने हुन्छ भने त्यस्तो अस्वीकार गर्नुको अर्थ हुँदैन । भारतीय जनताले कहिल्यै कसैको दबाबमा आफूलाई अपमानित हुन दिँदैनन् । म प्रधानमन्त्री मोदीलाई राम्रोसँग चिन्छु, उहाँले पनि त्यस्तो निर्णय लिनुहुन्न भन्नेमा मलाई विश्वास छ ।”

राष्ट्रपति पुटिनको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र महासभामा दिएको सम्बोधनपश्चात आएको हो । ट्रम्पले करिब दुई हप्ताअघि चीन र भारतलाई युक्रेन युद्धका ‘प्राथमिक कोषदाता’ भएको आरोप लगाएका थिए।

ट्रम्पले भनेका थिए, “रूसी तेल खरिदलाई निरन्तरता दिँदै चीन र भारतजस्ता देशहरूले जारी युद्धलाई प्रत्यक्ष रूपमा सहयोग गरेका छन् । यसरी उनीहरू युद्धका प्राथमिक कोषदाता बनेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
विपदमा सरकार साथमा छ,जोखिमलाई मिलेर पार गर्नेछौं : प्रधानमन्त्री कार्की

विपदमा सरकार साथमा छ,जोखिमलाई मिलेर पार गर्नेछौं : प्रधानमन्त्री कार्की

धनुषामा सञ्चारगृहमा पसेर आतंकित पार्ने प्रहरीको काम, पत्रकारलाई ईलाकामा लगेर धम्की

धनुषामा सञ्चारगृहमा पसेर आतंकित पार्ने प्रहरीको काम, पत्रकारलाई ईलाकामा लगेर धम्की

तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?

तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .