• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी : लव जिहाद

स्थानीय ताहिर राइनले बालिकालाई विवाहको प्रलोभन देखाएका थिए ।


बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी : लव जिहाद

जनकपुरधाम । धनुषा जिल्ला अदालतले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दाका तीनजना अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । कारागार चलान हुनेमा दुईजना प्रहरी जवानसमेत छन् ।

न्यायाधीश इश्वर आचार्यको इजलासले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतो तथा होटेल मधेश प्रदेशका कामदार धीरजकुमार दासलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

यही मुद्दाका अर्का अभियुक्त जनकपुर मुरलीचोकस्थित होटेल मधेश प्रदेश गेस्ट हाउसका सञ्चालक मोलवी साहव भन्ने अजिज राइन भने धरौटीमा छुटेका छन् । अदालतले उनलाई २ असोजमा ४ लाख धरौटी लिएर छाड्ने आदेश दिएको हो ।

धनुषा धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई गत १७ असारमा घरबाटै अपहरण गरी होटलमा लगेर जबरजस्ती करणी गरेको मुद्दाको मिसिलमा उल्लेख छ ।

जनकपुरको पिडारीचोकस्थित होटेल सीएफसीमा दुई दिन र त्यसपछि १७ दिन मधेश प्रदेश गेस्ट हाउसमा बन्धक बनाएर होटेल सञ्चालकसहित प्रतिवादीहरूले जबरजस्ती करणी गरेको र ग्राहकबाट समेत पैसा लिएर जबरजस्ती करणी गर्न लगाएको मुद्दाको मिसिलमा छ ।

अदालतको आदेशपत्रमा ‘प्रतिवादीहरूसँग पटकपटक फोन सम्पर्क भएको कल डिटेल र पीडितको स्वस्थ्य परीक्षण प्रतिवेदन समेतको आधारमा प्रतिवादीहरू अहिले नै कसुरदार होइनन् भन्ने नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी अदालतले तीनैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने’ उल्लेख छ ।

मुख्य अभियुक्त राइनलाई भने होटेल एन्ड मधेश प्रदेश गेस्ट हाउस केही महिनादेखि ठेक्कामा लगाएको करारको सम्झौताको प्रतिलिपी पेस गरेको आधारमा धरौटीमा छाड्ने आदेश दिएको देखिन्छ । राइनले ११ फागुन २०८१ मा उक्त होटेल शंकर साहलाई सञ्चालन गर्न दिएको सम्झौतापत्रको प्रतिलिपी पेस गरेको आदेशपत्रमा भनिएको छ ।

‘‘निज प्रतिवादीको नाउँमा मधेश प्रदेश होटल दर्ता रही निजले नै सञ्चालन गरेकोमा मिति २०८१÷११÷११ मा शंकरप्रसाद साहले सञ्चालन गर्ने भनी सम्झौता भएको सम्झौतापत्र, यी प्रतिवादीले पेस गरेको,’ आदेशमा लेखिएको छ, ‘।।पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी यी प्रतिवादी मोलची म भन्ने अजिज राइनबाट हाललाई नगद धरौटी चार लाख रुपैयाँ वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राख्नू ।’

आदेशमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा होटेलका कामदार धीरज दाससँग पटकपटक फोन सम्पर्क भएको कल डिटेल्समा देखिएको उल्लेख छ ।

पीडित बालिकाले साउनमै धनुषा प्रहरीमा मानव बेचबिखन, ओसारपोसार र जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् ।

जसमा धनुषाको धनौजी गाउँपालिका वडा नं। ५ का ३० वर्षीय ताहिर राइन, होटेल मधेश प्रदेशका सञ्चालक मोलवी भन्ने अजिज राइन, पिडारीचोकस्थित होटेल सीएफसीका सञ्चालक कन्हैया मुखिया, होटलमा कार्यरत वर्ष २२ की अञ्जली महरा, प्रहरी जवानहरू वर्ष ३० का नितेशकुमार महतो, वर्ष ३५ का बरुणकुमार साह, प्रहरी भन्ने वर्ष ४० का राजा, मधेश प्रदेश होटलका कामदार वर्ष ३५ का धीरज दास, होटेलमा युवतीलाई शारीरिक व्यवसायीका लागि जबरजस्ती तयार पार्ने वर्ष २५ की मुस्कान खातुन, ताहिरका बुबा मुफिद राइनलाई प्रतिवादी बनाएर जाहेरी दिएकी थिइन् । जसमध्ये ४ जना पक्राउ गरेर प्रहरीले अदालतमा पेस गरेको थियो ।

कसरी भयो घटना ?

जाहेरीअनुसार २९ चैत २०८१ मा आमा खेतमा गएको बेला घर नजिकै पसल चलाउने स्थानीय ताहिर राइनले बालिकालाई विवाहको प्रलोभन देखाएका थिए । प्रलोभनमा पारेर अपहरण गरी जनकपुर ल्याएर आफूसहित अरुसँग पनि जबर्जस्ती करणी गराई होटलहरूमा बेचबिखन गरेको र पछि भागेर ज्यान जोगाएकी थिइन् ।

त्यसपछि पीडित बालिकाले ३ जेठ २०८२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । तर सो जाहेरी उपर प्रहरीले समयमा सुनुवाइ नै गरेन । अभियुक्त ताहिर राइन विदेश भागे ।

यस घटनापछि पीडित बालिका १७ असारमा बिहान अन्दाजी ४ बजे अपहरणमा परिन् । आफू बाख्रा बाँध्न घरबाट दैलोमा निस्किेको बेला गाडीमा पुगेका अञ्जली महरासहित तीनजनाले कपडाले आँखा बाँधेर अपहरण गरेको जाहेरीमा उल्लेख छ ।

त्यसपछि उनीहरूले बालिकालाई सीएफसी होटलमा ल्याए । त्यहाँ ताहिर राइनका भिनाजु फिरोज राइन आइपुगे र केही व्यक्तिलाई फोन लगाए । केही समयपछि दुईजना प्रहरी जवान ड्रेसमै आइपुगे ।

मलाई जाहेरी फिर्ता लेऊ भनी धम्की दिएर कुटपिट गरे । दुई रात त्यही होटलमा राखियो र दुई रात होटलका साहुजी र होटलका ग्राहकहरूले जबरजस्ती करणी गरे( पीडितको जाहेरी ।

ती प्रहरी बरुणकुमार साह र नितेश सिंह रहेको पछि खुल्यो । उनीहरुले ताहिर राइनविरुद्ध दिएको जाहेरी फिर्ता लिन धम्की दिए । दुई रात त्यही होटेलमा बन्धक बनाएर सञ्चालकसहितले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

‘मलाई जाहेरी फिर्ता लेऊ भनी धम्की दिएर कुटपिट गरे । दुई रात त्यही होटलमा राखियो र दुई रात होटलका साहुजी र होटलका ग्राहकहरुले जबरजस्ती करणी गरे,’ जाहेरीमा उल्लेख छ ।

तेस्रो दिन अञ्जली र ती दुई प्रहरीले जनकपुरधामको मुरलीचोकस्थित होटेल मधेश गेस्टहाउसमा लगेको र त्यहाँ आफूलाई प्रहरी भन्ने बरुण, नितेश र राज भन्नेले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । २० गते प्रहरी पोशाकमै राज भन्ने प्रहरी जवान पुगेर मुद्दा फिर्ता लिन धाकधम्कीसँगै आफूमाथि जबरजस्ती करणी गरेको पनि जाहेरीमा भनिएको छ ।

प्रहरी जवान बरुण र नितेश प्रहरी ड्रेसमै पुगेर जबरजस्ती करणी गरेको बयान बालिकाको छ ।

४ भदौ बिहान १०ः०० बजे प्रहरी गएपछि आफूलाई जिल्ला प्रहरी कार्यालय र त्यसपछि महिला सेलमा ल्याएको अनि सोही दिन प्रहरीले आवर संसार सेभ हाउसमा पठाइदिएको जाहेरीमा उल्लेख छ ।

उपचारपछि ११ भदौमा शान्ति पुनस्र्थापना केन्द्रमा जिम्मा लगाएको थियो । उनी अहिले त्यहीँ छिन् ।

प्रहरीको बेवास्ता, प्रहरीकै संलग्नता

महिला अधिकारकर्मीका अनुसार बालिकासँग सुरुमा ताहिर राइनले गरेको घटनाको जाहेरी र पछिल्लो घटनाको जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन । पछिल्लो घटनामा प्रहरीकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले सकभर मिलाउने प्रयास गरेको थियो ।

२९ चैतमा अपहरणमा परेकी बालिका ताहिरको पञ्जाबाट फुत्किएर जिल्ला प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । तर प्रहरीले वास्ता गरेन । पछि सरकारी वकिल कार्यालयको निर्देशन र राष्ट्रिय मानव अधिकार आयोगको दबाबका कारण असारको पहिलो साता प्रहरीले जाहेरी दर्ता गर्यो । तर असार ११ गतेतिर ताहिर विदेश उडिसकेका छन् ।

सुरुकै घटनामा प्रहरीको कमजोरीले पछिल्लो जघन्य घटना भएको जिल्ला सरकारी वकिलको कार्यालय धनुषाका प्रमुख अधिवक्ता विदुर कार्की बताउँछन् । ‘पहिलेकै जाहेरीमा हामीले दर्ता गर्न भनेर निर्देशन दियौं । फाइल पठाएर पटकपटक फोन गरेर दबाब दियौं । तर समयमा प्रहरीले अनुसन्धान र दर्ता गरेन । त्यसको कारण दोस्रो जघन्य प्रकृतिको घटना भएको देखिन्छ,’ उनले भने ।

दोस्रो घटनामा प्रहरीकै संलग्नता भएपछि प्रहरी मिलाउने प्रयासमा थिए । सरकारी वकिलको कार्यालयले निर्देशन दिँदा पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन । ‘दोस्रो जाहेरीमा विभिन्न निकायले चासो लिएका थिए । हामीले पनि प्रहरीलाई पटकपटक दबाब दियौं । अनि जाहेरी दर्ता भयो,’ उनले भने ।

सरकारी वकिल कार्यालयको निर्देशनलाई पनि प्रहरीले अटेर गर्न थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले किन दर्ता नगरेको भनेर जवाफसहित प्रहरी प्रमुख नरहरि रेग्मीसहितका पाँच प्रहरीको जवाफ र बयान नै लिएको थियो ।

दुईवटै मुद्दा दर्ता भएको छ । पहिलेका मुद्दाको प्रतिवादी फरार छन् । विदेश गए भन्ने सुनिरहेका छौं । इन्टरपोलमार्फत ल्याउँछौं(धनुषाका प्रहरी उपरीक्षक रेग्मी ।

जबरजस्ती करणीमा संलग्न प्रहरीको सनाखतको लागि पत्र काटेर शंकास्पद पाँच प्रहरीलाई आयोगको कार्यालयमा झिकाइएको थियो । र, पीडितबाट सनाखतपछि आयोगले १९ साउनमा किन जाहेरी दर्ता नगरेको भन्दै पत्र काटेको थियो । २५ गते जाहेरी दर्ता भएको प्रहरीले आयोगलाई जानकारी गराएको थियो ।

मानव अधिकार संरक्षणको कोणबाट प्रहरीको लापरबाही देखेपछि आयोगले त्यसमा पीडितको न्यायको लागि भूमिका खेलेको आयोगका जनकपुर कार्यालय प्रमुख बुद्धनारायण साहनीले बताए ।

गम्भीर प्रकृतिको अपाराधमा धनुषा प्रहरीको भूमिका शंकास्पद देखिएपछि सीआईबीको केन्द्रीय टोलीले आएर समेत अनुसन्धान गरेको थियो ।

एक महिला अधिकारकर्मीका अनुसार बालिकाकी आमा र मामालाई प्रभावमा पारेर होटेल सञ्चालक र प्रहरीले २० लाखमा मुद्दा मिलाउने प्रयास गरेका थिए । ती महिला अधिकारकर्मीका अनुसार बालिकाले आफूलाई चरम यातना र यौन शोषण गरेको भन्दै दोषीलाई कारबाहीको माग गरिन् ।

‘बालिकाका मामा र आमासँग मिलाउने प्रयास गरिसकेका थिए । त्यसमा प्रहरीले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । तर बालिकाले रुँदै कुनै पनि हालतमा आफूलाई न्याय चाहियो भनिरहिन्,’ ती अधिकारकर्मीले भनिन् ।

दबाबपछि मात्र जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरी दर्ता गरेको थियो । त्यसपछि मधेश प्रदेशका होटेल सञ्चालक अजिज राइन, कामदार धीरजकुमार दास, प्रहरी जवान बरुण कुमार साह र नितेशकुमार महतोलाई पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो ।

यता, धनुषाका प्रहरी उपरीक्षक रेग्मीले पहिलो र दोस्रो जाहेरी दर्ता गरेर समयमै प्रहरीले आफ्नो भूमिका निर्वाह गरेको बताए ।

‘दुईवटै मुद्दा दर्ता भएको छ । पहिलेका मुद्दाको प्रतिवादी फरार छन् । विदेश गए भन्ने सुनिरहेका छौं । इन्टरपोलमार्फत ल्याउँछौं,’ उनले भने । पत्रकार शैलैन्द्रक्रान्तीले अनलाइनखवरमा समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बालक हत्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा
  • २०८२ आश्विन ९, बिहीबार २२:३३
  • In "मधेश प्रदेश"
  • मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान
  • २०८२ आश्विन ९, बिहीबार २२:३३
  • In "BannerNews"
  • जबरजस्ती करनीको आरोपमा दुईजना पक्राउ
  • २०८२ आश्विन ९, बिहीबार २२:३३
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री अर्याल

उडिरहेको विमानको छत भँचिएर उछिट्टिएपछि…

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version