• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान


मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि जेल चलान भएका छन् । सप्तरी जिल्ला अदालतको आदेशमा उनलाई आज पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासको आदेशमा उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको स्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

अदालतको आदेश पश्चात सांसद यादवलाई आजै साँझ कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो २ः५५ बजेको समयमा राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो ।

बोदेबर्साइन नगरपालिका ५ बस्ने सत्रुधन प्रसाद सिंह यादवका छोरा सांसद यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो । उनलाई पुनः आज पेश गर्ने गरी प्रहरीलाई हिरासतमा राख्न अदालतले भनेको थियो ।

वि।सं।२०६४ असार ९ गते अपहरण गरी तत्कालिन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा पाँच गोली प्रहार गरी हत्या भएको थियो । मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

जाहिरीपरेपछि यादव फरार भएका थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरि मुल्तवीमा राखि अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचिमा थिए । यधपी उनी प्रत्यक्ष चुनाव लडेर जित्दा समेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
  • प्रदेश सांसद यादव पक्राउ परेको घटना मधेश प्रदेशसभाले औपचारिक जानकारी गरायो
  • २०८० भाद्र १९, मंगलवार २१:३४
  • In "BannerNews"
  • सप्तरीमा किशोरीलाई बलात्कार गरेको आराेपमा युवक जेल चलान
  • २०८० भाद्र १९, मंगलवार २१:३४
  • In "देश"
  • थमन बिक हत्या प्रकरण: चौधरी पुर्पक्षका लागि जेल चल
  • २०८० भाद्र १९, मंगलवार २१:३४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

मधेश प्रदेशमा पार्टी बलियो बनाउन लोसपाले वडासम्म समिक्षा र सुधार अभियान चलाउने

अख्तियारको कर्मचारी भन्दै व्यवसायीलाई धम्काएर ठगी गर्ने दुईजना प्रहरीको फन्दामा

प्रशासकीय र लेखा अधिकृतले गरे कार्यकक्षमै अनैतिक क्रियाकलाप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version