• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पत्रकार हुँदै सञ्चारमन्त्री बनेका खरेल


पत्रकार हुँदै सञ्चारमन्त्री बनेका खरेल

काठमाडौं । जगदीश खरेल सञ्चार क्षेत्रमा चिर परिचित नाम हो। अढाइ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय खरेल चर्चित टेलिभिजन प्रस्तोताको रूपमा परिचित छन्। तिनै खरेल हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन्। उनी जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारमन्त्री बनेका हुन्।

आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएका खरेलले आजै सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्।

मन्त्री हुनुअघि खरेल इमेज च्यानल टेलिभिजनका समाचार प्रमुख थिए। उनले उक्त टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम ‘हटसिट’ सञ्चालन गर्दै आएका थिए। शालिनशैलीमा खरो प्रश्न सोध्ने पत्रकार आज आफैँ उत्तर दिने ठाउँमा पुगेका छन्।

पत्रकारितामा लामो अनुभव भएका खरेलको जन्म विसं २०३९ साउन २२ गते दोलखाको कालिञ्चोक गाउँपालिका, सुनखानी भदौरेमा भएको थियो। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका खरेलले अन्तरराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका छन्।

स्थानीय कालिनाथ माविबाट प्रवेशीका उतीर्ण खरेलले काठमाडौं आएर रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन गरे। वि.सं. २०५६ मा ‘केएटिएच एफएम’ मा काम गर्नुभएका उनी २०५९ असार २९ देखि इमेज च्यानल टेलिभिजनमा आवद्ध भएका हुन्। खरेलले निरन्तर इमेज च्यानलमा रेडियोमा कार्यक्रम प्रस्तोता, रिपोर्टिङ, कार्यक्रम निर्माता हुँदै समाचार प्रमुख (करिब तीन महिना अगाडि) बनेका थिए।

आफ्नो नीजि कम्पनी मिडिया हेल्पलाइनका (मिडियासम्बन्धी काम गर्ने संस्था)को कार्यकारी निर्देशक खरेल सरसफाइ, विपद् तथा समसामयिक विषयमा ‘टकअफ द टाउन’ कार्यक्रम निर्माता तथा सञ्चालकसमेत थिए।

पत्रकारितामार्फत राजनैतिक तथा अन्य क्षेत्रका उच्च तहका व्यक्तिसँग नजिकको सम्बन्ध राखेका खरेल आजसम्म पत्रकारिताभन्दा बाहिर नगई निरन्तर यो क्षेत्रमा क्रियाशील रहेका थिए। खरो प्रश्न तर शालिन ढङ्गले सोध्ने, कुनै पनि विषयमा गहन अध्ययनसहित प्रस्तुत हुने स्वभावका कारण पत्रकारितामा उनको छुट्टै छाप छ। अब ‘जेनजी’ आन्दोलनपछिको विषम परिस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा आउनुभएका खरेलबाट पत्रकारले मात्रै होइन, आमनागरिकले पनि धेरै आशा राखेका छन्। उहाँको भूमिका र कार्यकाल अब कस्तो रहला भनेर धेरैले चासोका साथ हेरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जस्तो पनि हुँदो रै’छ जिन्दगी !
  • २०८२ आश्विन ६, सोमबार २२:५१
  • In "देश"
  • मन्त्रिपरिषद् निर्णय: योजना आयोग उपाध्यक्ष नियुक्ति र भारतीय नोट आयात–निर्यातमा सहजता
  • २०८२ आश्विन ६, सोमबार २२:५१
  • In "BannerNews"
  • प्रदेश २ सरकारमा माओवादीको ‘इन्ट्री’, एक मन्त्री र राज्यमन्त्रीले लिए शपथ
  • २०८२ आश्विन ६, सोमबार २२:५१
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

१५ वर्षीय बालक अपहरण भएको आशंका, ५ करोड फिरौती माग

भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू

निरञ्जना भगवती मन्दिरमा दुईसय ६८ परिवारले राखे सामूहिक जमरा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version