• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जस्तो पनि हुँदो रै’छ जिन्दगी !


जस्तो पनि हुँदो रै’छ जिन्दगी !

कुरा २०२६ सालको हो । सिनेमा अध्ययनको लागि बेलायतस्थित ‘लण्डन फिल्म स्कूल’मा पुगेका थिए यादव खरेल । त्यतिबेला नै बिबिसीले ‘इस्ट्रन ब्रोडकास्ट’अन्तर्गत नेपाली भाषामा पनि कार्यक्रम सुरु गरेको थियो । बिबिसीले नेपाल दुतावासलाई भनेको थियो, ‘रेडियोमा बोल्न जान्ने कोही मान्छे रहेछ भने पठाउनू ।’

अन्ततः बिबिसीमा नेपाली भाषाको कार्यक्रम चलाउने अवसर यादव खरेललाई नै मिल्यो ।

उनलाई रेडियो नेपालमा एक दशक कार्यक्रम सञ्चालन गरेको अनुभवसमेत थियो । एकदिन राजा महेन्द्र बेलायत भ्रमणको क्रममा बिबिसी आइपुगे । आफ्ना राजा आएको बेला बिबिसी नेपाली सेवाले महेन्द्रसँग अन्तरवार्ता लिने भयो । त्यो जिम्मा अन्ततः खरेलको भागमा पर्‍यो ।

कला साहित्यलाई असाध्यै माया गर्ने राजासँग अन्तरवार्ता लिएको दिनलाई उनी जीवनको सबैभन्दा अविस्मरणीय दिन मान्छन् । पाँच दशकअघिको त्यो दिन सम्झिँदै खरेल भन्छन्, ‘कुनै संकोचबिना राजासँग अन्तरवार्ता लिएँ । कुराकानी गरेँ ।’

वाचाल राजनीतिकर्मी महेन्द्रले अन्तर्वार्तामात्र दिएनन् । आफ्नो देशका उत्साही युवाप्रतिभा खरेलसँग घर-परिवार र पढाइबारे बुझे । नेपाल फर्किएपछि आफूलाई भेट्नु भने ।

तीन वर्षको बेलायत बसाइ र सिनेमा अध्ययनपछि खरेल नेपाल फर्किए । बेलायत बस्दा राजा महेन्द्रमात्र होइन बालचन्द्र शर्मा, ईश्वर बराल, राम्प्रसाद पोखरेलजस्ता नेपालका हस्तीहरूसँग अन्तरवार्ता लिए ।

राजा महेन्द्रसँग लण्डनस्थित बीबीसी स्टुडियोमा अन्तरवार्ता लिदै यादव खरेल ।

सिनेमा अध्ययन गरेर फर्किएका उनलाई तत्कालीन ‘शाही नेपाली चलचित्र संस्थान’ अध्यक्ष तथा महाप्रबन्धक बनाइयो । जतिबेला उनी ३० वर्ष पनि कटेका थिएनन् ।

त्यति नै बेला खरेलले लेखेका गीतहरू रेडियो नेपालबाट देशका कुनाकाप्चा फैलिसकेको थियो । तारादेवीको स्वरमा रहेको ‘नौसय खोला तरेर जाने’, महेश पाल्पालीको ‘माया फिर्ता लैजान्छु’सँगै फत्तेमानको स्वरमा रहेको गीत ‘यस्तो पनि हुँदो रैछ’ले तहल्का पिटिरहेको थियो ।

२०१५ सालदेखि गीत लेखिरहेका खरेल आज पनि गीत, कविता लेखिरहेका छन् । यसक्रममा उनका दुई गीतसंग्रह, दुई कवितासंग्रह, एक दर्जन बालसाहित्य, नियात्रा र एउटा मुक्तकसंग्रह प्रकाशित छन् । १५ वटा गीति एल्बम सार्वजनिक गरिसकेका खरेल एक सिद्धहस्त गीतकार, कवि, चलचित्र निर्देशकका रुपमा चिनिएका छन् ।

यसबाहेक ६० वर्ष लामो सामिजक जीवनमा कहिले प्रशासक, कहिले नेता, सामाजिक अभियन्ता र हाकिम बनेको अनुभवलाई उनी स्वयं तपशीलका कुरा मान्छन् । बरू आफूसँग वैमनश्य भएका मानिसले पनि दिल खोलेर आफ्ना गीत मन पराएको सम्झिँदै सिर्जना-कर्म नै जीवनको सार्थकता मान्छन् ।

०००

खरेल वंश नेपाली समाजमा स्थापित छ । शासन-प्रशासन, कला-साहित्य तथा राष्ट्रिय जनजीवनमा खरेलहरू स्थापित छन् । काभ्रे जिल्लाको पलाञ्चोक मन्दिर छेउछाउ खरेलथोक भन्ने ठाउँ उनीहरूको उद्मगस्थल हो ।

यही खरेलथोकमा १९९९ फागुन १२ गते बुबा गोपीकृष्ण खरेल र आमा सरस्वतिदेवीको माहिलो छोरा भएर जन्मिए, यादव ।
यसो त चर्चित गीतकार किरण खरेल र यादव खरेलको नाममा धेरैजना झुक्किएका छन् । किरण खरेल नातामा यादवको दाइ पर्छन् । उनीहरू १३ दिने आफन्त र सहकर्मी समेत हुन् ।

बरु नेपाल प्रहरीका पूर्वआइपिजी अच्युतकृष्ण खरेल भने उनका आफ्नै कान्छा भाइ हुन् । सुब्बा गंगाधर खरेलका यी सबै सन्तानहरूले राष्ट्रय जनजीवनमा नाम कमाएका छन् ।

खरेलहरूको काभ्रेमा मात्र होइन तराईमा पनि जग्गा थियो । यादवका बुबा तिनै जग्गामा खेतिपातिको काम सम्हाल्थे । १२ वर्षको उमेरमा विद्यालय जान पाएका यादवले त्यसअघि भने घरमै गुरुबाट पढ्न सिके । २०११ सालमा मात्रै काठमाडौं पुतलिसडकको पद्मोदय माविमा भर्ना भए ।

पद्मोदय आएपछि उनले पढ्ने लेख्नेमात्र होइन गाउँमा नपाएका सयौं अवसर पाए । त्यहाँ स्कुलमा उनी बहुल विधामा सक्रिय छात्र बनेर उदाए । फुटबल खेल्ने, वादविवाद, कविता वाचन, नाटक, हाजिरजवाफ सबैमा भाग लिए ।

यद्यपि आफूलाई सालाखाल विद्यार्थी मात्रै मान्छन् खरेल । उनी भन्छन्, ‘धेरै विधामा हात हालेको हुनाले विश्वविद्यालयसम्म नै म औसत विद्यार्थी मात्रै रहेँ । तैपनि पढ्न भने छाडिनँ ।’

काठमाडौंमा धोबीधारामा पिताको घर थियो । त्यही घरमा बसेर यादवले स्कुलदेखि एमएसम्म पढे । अर्थशास्त्रमा एमए गरेका उनले दुई वर्ष तत्कालीन नेपाल नेशनल कलेजमा अर्थशास्त्र पढाए । उही ससय रेडियो नेपालमा अस्थायी जागिरको रुपमा बाल कार्यक्रम, साहित्यिक कार्यक्रम सञ्चालन गर्न थाले ।

रेडियो नेपालको गीत-संगीतको माहोलले उनलाई आकर्षित गरिसकेको थियो । यादव पनि गीतको संसार भुलिसकेको थिए । २०२५ मा बेलायत जानुअघिसम्म उनी चर्चित गीतकार भइसकेका थिए ।

गीत लेख्नै जन्मिएका

२०१४ सालमै यादव खरेल ‘दुई रूप’ शीर्षकको कविता गोपालप्रसाद रिमालले छापिदिएका रहेछन् । २०१५ सालदेखि उनले कविता र गीत बराबरी लेख्न थाले । २०१६ सालदेखि रेडियो नेपालमा कार्यक्रम चलाउन थालेपछि त्यहाँको गीति संसारसँग जोडिन पुगे ।

बिस्तारै उनले लेखेका गीतहरु रेडियोबाट बज्न थाल्यो । तर त्यतिबेला कलकत्ता गएर गीत रेकर्ड गर्नुपर्ने बाध्यताले यादवको गीत रेकर्ड भएको थिएन । २०२१ पछिमात्र उनको गीत रेकर्ड हुन थाल्यो ।

महेश पाल्पालीको स्वर र रत्नबहादुरको संगीतमा ‘जल्यो जल्यो तन जल्यो’ तथा ‘माया फिर्ता लैजान्छु’ बोलको गीत पहिलोपटक रेकर्ड भयो यादवको शब्दमा ।

दर्जन बढी गीत बझिसक्दा पनि यादवको परिचयले विस्तार पाएको थिएन । २०२५ मा फत्तेमानको स्वर र नातिकाजीको संगीतमा ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले कहिले’ रेकर्ड भयो । गीत रेकर्ड भएको स्मरण गर्दै यादव भन्छन्, ‘नेपालमात्र होइन, बाहिर रहेका नेपालीका मुखमा पनि यही गीत झुण्डिएको पाएको छु ।’

यसपछि प्रेमपिण्ड चलचित्रको लागि लेखेको ‘गैरी खेतको शिरै हान्यो’ गीतले यादवलाई एक सिद्धहस्त गीतकारको परिचय दिलायो । उक्त गीत अहिले पनि ‘कभर’ बनाएर युवापुस्ताले गाइरहेको छ । तर गाउनेले रचनाकारको नाम छुटाउँछन्, संगीतकारको नाम छुटाउँछन् । त्यो देख्दा आफैं रोयल्टी संकलन समाजको अध्यक्ष भएका खरेलको मन कुँडिन्छ । तर खरेललाई थाहा छ- गीतकारको सम्मान गर्ने परम्परा नरहेको समाजिक मनोविज्ञान नेपालमा पहिलेदेखि नै थियो ।

कतिसम्म भने यादव खरेलको घरमा प्रत्येक वर्ष देउसी-भैलो खेल्ने टोली आइपुग्छन् । त्यहाँ ‘तिहारै आयो लौ झिलिमिलि’ बोलको गीत गाएर मानिसहरू रमाउँछन् । यसरी आफूले नै लेखेको गीत गाएर वर्षौंसम्म देउसी भैलो खेल्ने टोलीको स्वागत गरेका उनले ।

२० को दशकलाई नेपाली संगीतको स्वर्णकाल मान्दै यादव भन्छन्, ‘नातिकाजी, तारादेवी, फत्तेमान, नारायणगोपालहरूको त्यो युग नै अर्को थियो । अब खोजेर पनि कहाँ पाउनु !’

नारायणगोपालको भागमा भने उनको एउटामात्र गीत पर्यो । ‘पिउँदापिउँदै जिन्दगी यो रित्याउन चाहन्छु’ बोलको गीत सुराप्रेमी नारायणगोपालको जीवनसँग दुरुस्तै मिलेको यादवको मत छ ।

यादवचाहिँ ‘सोसियल ड्रिंकर’मात्र हुन् । बियर र वाइनबाहेक अरु खाएका छैनन् । घर छाडेर बेलायत बस्दासमेत चुरोट, बिँडी केहीको लत नभएको उनी सुनाउँछन् ।

बरु गीत नै उनको जीवनको लत बन्यो । आधुनिक गीत, बालगीत, भजन, स्वदेशगानभरि यादवको हृदय छातछुल्ल पोखिएको छ । उनी स्वयं पनि गीतलाई हृदयको उद्गार मान्छन् ।

यही सिलसिलमा उनका करिब तीनसय गीत रेकर्ड भइसकेका छन् भने पाँच सयभन्दा बढी गीत लेखिसकेका छन् । राणाकालमा जन्मेका मानिसदेखि लोकतन्त्रमा जन्मिएका नयाँ पुस्तासम्मले उनका गीत मन पराएका छन् ।

यादवका कवितामा पनि गीतिचेतना र गीति-भाव पाइन्छन् । २०२४ सालमा प्रकाशित कवितासंग्रह ‘अनि एउटा लहर बिउँझन्छ’बाट यादव खरेल सशक्त कवि मानिएका छन् । उक्त संग्रहको भूमिकामा समालोचक गोविन्द भट्ट लेख्छन्, ‘यादव विद्रोह, उत्साह, क्रान्ति, संघर्ष, जोश र जवानीका कवि हुन् । उनको कविता जीवनप्रतिको अनन्त आस्था पाइन्छ ।’

उर्जा न हो जिन्दगी !

यादवले जीवनमा बहुल विधामा हात हाले । कार्यक्रम सञ्चालक, चलचित्रकर्मी, चलचित्र नियामक निकायको प्रमुख, परिवार नियोजन संघको अध्यक्ष । तर यात्रामा थकाइ भन्ने शब्द नै नभएको बताउने यादव जीवनलाई उर्जाको अर्को रुप मान्छन् । कुनै एउटा काम छाड्दैमा जीवनको गति समाप्त नहुने विश्वास राख्छन् ।

२०२८ देखि २०३० सम्म ‘शाही नेपाल चलचित्र संस्थान’का अध्यक्ष र महाप्रबन्धक भएर उनले काम गरे । उनी संस्थानको कार्यकारी अध्यक्ष भएर काम गर्दा माधव घिमिरे, बालकृष्ण सम, श्रीधर खनालसमेत त्यसको सदस्य थिए । खरेललाई भने अध्यक्ष भएर कुर्सी घुमाउने हैन क्यामेरा घुमाएर सिनेमा निर्देशन गर्ने सोच थियो ।

संस्थानमै रहे पनि निर्देशन र प्राविधिकतर्फ मात्र हेर्ने जिम्मा लिन चाहन्थे उनी । त्यो सम्भव भएन । पछि संस्थानले बम्बइबाट निर्देशक प्रकाश थापालाई बोलाएर यादवले ‘मनको बाँध’ सिनेमा बनाउन लगाए । माधव घिमिरेको कवित्वलाई सिनेमाको गीतमा ढालेर गीत लेखाए ।

संस्थानमा उनी दुई वर्ष रहे । नेपाली सिनेमाको एकखालको आधारशिला तयार गरे । त्यसपछि विज्ञापन सेवा सुरु गरे । केही वर्ष पुतलीसडकमा कार्यालय राखेर विज्ञापन एजेन्सी चलाए । नेपालबाट अन्तर्राष्ट्रिय पुरस्कार पाउने पहिलो एजेन्सी पनि बन्यो त्यो । एजेन्सीपछि नेपाल परिवार नियोजन संघको अवैतनिक उपाध्यक्ष हुँदै महासचिव भए यादव । १२ वर्ष परिवार नियोजन संघमा सक्रिय भएर अन्य समाजसेवामा पनि हात हाले ।

जे काम गरे पनि चलचित्र र गीतलाई यादव त्याग्न सक्दैनथे । २०५७ मा पहिलोपटक गठन भएको चलचित्र विकास बोर्डको पनि संस्थापक अध्यक्ष भए । सरकारसँग मिलेर आफू संयोजक भई ‘राष्ट्रिय चलचित्र नीति २०७०’ तयार पारे । चलचित्र क्षेत्रका संघ-संस्थामा सल्लाहकार भएर का गरे । नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य भए ।

तैपनि उनको मनले कविता र गीत कहाँ छोड्न सक्थ्यो । एकाध वर्ष सुस्ताएपनि उनको कलम फेरि जाग्थ्यो ।

कोरोना महामारी सुरु भएयता भने यादव कुमारीगालस्थित घरमा श्रीमति, छोरा र नाति-नातिनासँग बसिरहेका छन् । व्यस्त दैनिकीबाट विश्राम पाएर सोच्न, लेख्न प्रशस्त समय पाएका छन् । जीवनका कुनै यस्तो वर्ष थिएन यादव खरेल घरमै मात्र बस्न पाएको । कोरोनाले त्यो समय जुराइदिएको छ ।

यही फागुन १२ गते यादव ७९ वर्ष पुग्दैछन् । हँसिलो चेहरा, अग्लो कदका यादव अहिलेसम्म अस्पतालको शैय्यामा जानु नपरेको बताइरहन्छन् । कुमारीगालमा उनको घर वरपर आकर्षक फूलबारी छ । त्यही फूलबारीमा बसेर यादवले सयौं गीत लेखेका छन् ।

हामी पनि उनको यही मनमोहक फूलबारीमा बसेर कुराकानीको गर्यौं । कुराको बीट मार्ने क्रममा सोध्यौं- ५० वर्षअघि यस्तो पनि हुँदै रै’छ भनेर जीवन अर्थ्याउनुभएको थियो । त्यस्तै भयो छ जिन्दगी ?

एकछिन अघिसम्म हाँसिरहेका यादवले सोचमग्न हुँदै जवाफ दिए- ‘अहँ, जस्तो पनि हुन रहेछ जिन्दगी त !

तस्वीरहरू : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ स्वार्थ र जातीय एकतामा खलल पुर्‍याएको भन्दै चीनले बन्द गरिदियो बिबिसी !
  • २०७७ फाल्गुन ८, शनिबार २१:१२
  • In "अन्तराष्ट्रिय"
  • गोलबजारमा काँग्रेसद्धारा बिरोध प्रदर्शन
  • २०७७ फाल्गुन ८, शनिबार २१:१२
  • In "मधेश प्रदेश"
  • इजरेलबारे बीपी कोइरालाको त्यो निर्णय जसले नेपाल ‘साँच्चिकै स्वतन्त्र’ रहेको सन्देश दियो
  • २०७७ फाल्गुन ८, शनिबार २१:१२
  • In "BannerNews"
Tags: #विचार

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

संसद पुनर्स्थापना भए प्रधानमन्त्री नबन्ने प्रचण्डको खुलासा

लकडाउनको बेला महिनामै १० अर्बको मोबाइल व्यापार

बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version