No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

जलेश्वर (महोत्तरी)। जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय बिघा जग्गाको धानखेती बाढीको पानीले डुबाएको छ। जलेश्वर–८ को उत्तरपट्टीको वन (नर्रीचौरी) हुँदै पसेको बाढीले नर्रीचौरीका धानखेती डुबाउँदै पूर्वावारी चौरी, दक्षिणवारीचौरी, झरहीचौरी र पछियारीचौरीका केही खेतका धान नष्ट गरेको वडाध्यक्ष विजयकुमार सिंहले जानकारी दिए।

उनका अनुसार वडा नं ८ अन्तर्गत पर्ने रतवारा, रमौल र बजराही गाउँमध्ये सबैभन्दा बढी बजराही गाउँमा करिब एक सय ७० बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ। बाढीले रतवारा र रमौल गाउँमा ३० बिघा क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको उनको भनाइ छ।

लामो समयपछि गत साउन दोस्रो साता परेको पानीले रोपाइँ गरेका बजराहीका किसान रोहित चौधरीले करिब तीन बिघा जग्गाको बाली बाढीले डुबाएर नष्ट गरेको जानकारी दिए।

सोही गाउँका किसान गौरी चौधरीले अचानक वन क्षेत्रमा आएको बाढीले आफ्नो दुई बिघा जग्गाको बाली डुबाएको बताए। महँगो बीउ, मल र मजदुर खोजेर रोपाइँ गरेको बताउँदै किसान हरिश्चन्द्र ठाकुरले बाढीले दुई बिघा क्षेत्रफलको धानबाली नष्ट गरेको भन्दै चिन्ता व्यक्त गरे। किसान प्रेमचन्द्र पाठकले करिब डेढ बिघामा लगाइएको बालीमा बाढी पसेर क्षति गरेको बताए।

उनहरू जस्तै जानकी ठाकुर, बौएलाल महरा, श्यामबाबु चौधरी, भरत चौधरी, अरविन्द्र साह, मनोज साह, दानी पाठक, आशनारायण मण्डल, दिनेश पाठक, मङ्गल पाठक, मोचन साह, रामजी ठाकुर, जीवछ मण्डललगायत दर्जन बढी किसानले लगाएका धानखेती बाढीले नष्ट पारेको बताएका छन्।

रतवाराका मोती मण्डल, विकास मण्डल, भजन मण्डल, रमौलका विल्टु यादव, विमल सिंह, भुनेश्वर यादवलगायत किसानद्वारा लगाइएको धानबाली बाढीले डुबाएको भन्दै दुखेसो सुनाए।

जिल्लाको रातो खोलामा बाँधेर (थुनेर) राखेको पानीलाई महोत्तरी गाउँपालिका–३ मडै र एकडारा गाउँपालिका–५ कोल्हुवाका स्थानीयले एक साताअघि अचानक बाँध फुटाउँदा उक्त खोलाको पानी बाढी बनेर आएको जलेश्वर–८ का वडाध्यक्ष सिंहले बताए। सोही खोलामा आएको बाढीका कारण यहाँ लगाइएको करिब ८० प्रतिशत धानखेती नष्ट भएको उनले जानकारी दिए।

वडाध्यक्ष सिंहले भने, ‘किसानको धानबाली डुबेर बढी क्षति भएको छ। अझैसम्म पनि यहाँ पानीको निकाशा भएको छैन। सोही कारणले करिब पाँच महिनासम्म पानी खेतमा जम्ने भएकाले कुनै पनि बाली लगाउन सकिँदैन।’ यसैबीच किसानले तत्काल पानीको निकाशा गरेर किसानलाई राहत उपलब्ध गराउने मागसहित जलेश्वर नगरप्रमुख सुरेश साह सोनारलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
हिन्दुबादीहरुले राजनैतिक रुपमा संगठित हुनु आवश्यक : यादव

हिन्दुबादीहरुले राजनैतिक रुपमा संगठित हुनु आवश्यक : यादव

टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन

टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .