No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहा कारागारमा झडपपछि तनाव: इन्द्रजित यादव चौकीदारमा उपयुक्त हुने कैदीबन्दीको माग

सिरहा कारागारमा झडपपछि तनाव: इन्द्रजित यादव चौकीदारमा उपयुक्त हुने कैदीबन्दीको माग

महेश सिंह,लहान-सिरहा जिल्ला कारागारमा साउन ४ गते भएको कैदीबन्दीबीचको झडपबाट उत्पन्न संकट तत्कालका लागि नियन्त्रणमा आए पनि भित्री तनाव कायमै रहेको कारागार स्रोतहरू बताउँछन्। झडपमा १३ जना घाइते भएका थिए भने अब पुनः हिंसा दोहोरिने प्रबल संकेतहरू देखिन थालेका छन्।
कारागार प्रशासनका अनुसार, झडप कैदी विजय महतो र कैलाश ठाकुर नेतृत्वको दुई समूहबीच ‘नाइके’ बन्ने प्रतिस्पर्धाका कारण भएको थियो। नाइके पदको प्रभाव, आर्थिक लाभ, र कैदी व्यवस्थापनको शक्ति विवादको मूल जड भएको बुझिएको छ।
वर्तमानमा कारागारमा १६ जना नाइके र ३६ जना सहनाइके रहेका छन्, जसले ४४३ कैदीबन्दीहरूलाई व्यवस्थापन गर्छन्। यही संरचनाले केही व्यक्ति र समूहलाई अत्यधिक प्रभावशाली बनाइदिएको छ।
आन्तरिक स्रोतअनुसार, कैदीबन्दीको मासिक, दशैं, तथा जाडो भत्ताबाट नाइकेहरूद्वारा लाखौँको अवैध असुली हुने गरेको खुलेको छ। विजय महतोमाथि चौकीदारीको आडमा संगठित असुली सञ्चालन गरेको आरोप लागिरहेको छ।
कैलाश ठाकुरलाई झडपपछि स्थानान्तरण गरिएको भए पनि उनले कारागारभित्र आफ्ना समर्थकमार्फत तनाव बढाइरहेको स्रोत बताउँछ। दुई पक्षबीच मासिक २ लाख रुपैयाँको असहमति पनि झडपको कारण बनेको बताइएको छ।
झडपमा विजय महतो, बरुण महतो, शिवकुमार राम, दीपक ठाकुर, जय प्रकाश चौधरी, अन्जनी कुशवाह, रिपेन्द्र झा, सन्तोष सिंह, बैजु दास, मकेश्वर महतो, दीपेन्द्र यादव, जितन साह, र सत्यनारायण कारक घाइते भएका छन्।
तीमध्ये केहीले कारागार प्रशासनमाथि ३५ लाख रुपैयाँको घुस लिएर झडपको वातावरण तयार गरेको गम्भीर आरोप लगाएका छन्।
कारागार प्रमुख सुवोधकुमार महतोले नाइके प्रणालीमै सुधार आवश्यक रहेको स्वीकार गरेका छन्। उनका अनुसार, असमान व्यवस्थापन र संगठित स्वार्थले भविष्यमा अझ ठूलो हिंसा निम्त्याउन सक्छ।
साउन ३ गते मात्रै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कारागारमा खोजतलासी गरिएको थियो। त्यसको भोलिपल्टै झडप हुनुले कारागारभित्रै संगठित आपराधिक गतिविधि चलिरहेको सङ्केत गर्छ।
हाल चौकीदारमा रहेर आन्तरिक प्रशासन चलाइरहेका विजय महतोप्रति अविश्वास बढेसँगै कैदीबन्दीहरूको ठूलो समूहले इन्द्रजित यादवलाई चौकीदारमा नियुक्त गर्नुपर्ने माग राखेका छन्। इन्द्रजित यादवमाथि हालै लगाइएको गुण्डागर्दीको आरोप तथ्यहिन रहेको पुष्टि भएको छ। उनीमाथि सञ्चारमाध्यमहरूमा प्रचारित सामग्रीलाई भ्रामक र बदनाम गराउने नियतसाथ सम्प्रेषण गरिएको दाबी गरिएको छ।
पूर्वकैदी हरेराम यादवका अनुसार, यस्ता झडप पहिले पनि भएका थिए तर बाहिर नआएका मात्र हुन्। “अहिलेसम्म पनि पैसाकै लेनदेनमा कुटाकुट हुने गरेको हो,” उनले भने।
वर्तमान घाइतेहरू उपचारका लागि काठमाडौं पठाइए पनि उनीहरू पुनः सिरहा कारागारमा फर्काइएमा अवस्था थप जटिल बन्ने सम्भावना रहेको छ। झगडालु प्रवृत्तिका बन्दीहरूलाई छुट्टै राख्नुपर्ने बहस शुरू भइसकेको छ। सिरहा कारागारमा देखिएको अव्यवस्थित नेतृत्व, अवैध असुली, र नाइके प्रणालीको दुरुपयोगले सम्पूर्ण कारागार प्रणालीमाथि प्रश्न उठाएको छ। सुधार नगरे पुनः हिंसात्मक झडप दोहोरिने खतरा बढ्दो छ। देशभरिका कारागारहरूमा पनि यस्तो अव्यवस्था सामान्य बन्न नदिन तत्काल नीति सुधार अपरिहार्य देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post
मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण

जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .