No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण

जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण

धनुषा। जनकपुरधाममा कानुन व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन्। गुठी संस्थानले नेपाल पत्रकार महासंघ मधेस प्रदेशलाई उपलब्ध गराएको जग्गा सम्बन्धमा नेपाल बार एसोसिएसन जनकपुरसँग विवाद हुँदा पत्रकारमाथि कानुन व्यवसायीको समूहले आक्रमण गरेको हो।

महासंघले संस्थानसँग भाडामा लिएको जग्गा कब्जा गर्दै कानुन व्यवसायीले आफूहरूमाथि कुटपिट गरेको महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले जानकारी दिए।

आक्रमणमा परी र महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, महासचिव महतो, पत्रकार दिवाकर रायलगायत छ जनाभन्दा बढी पत्रकार घाइते भएका छन्। घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

महासचिव महतोको खुट्टामा चोट लागेको छ। अध्यक्ष बन्जाराको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ भने दिवाकरको टाउकोमा चोट लागेको छ।

जनकपुरधामस्थित भूतनाथ महादेवको दक्षिणतिर पत्रकार महासंघले चार कट्ठा जग्गा लिजमा लिएको छ। नेपाल बार एसोसिएसन जनकपुरधामले भने साउन २० गते सूचना जारी गर्दै २१ गतेदेखि सोही जग्गामा कानुन व्यवसायीलाई गाडी पार्किङ गर्न आह्वान गरेको थियो।

महासंघको जग्गा बारले बलजफ्ती कब्जा गरेपछि विवाद सुरु भएको हो। प्रदेश अध्यक्ष बनजाराले गुठीसँग विधिवत् रूपमा सबै प्रक्रिया पूरा गरेर वार्षिक रु तीन लाख एक हजार १०० भाडा तिर्नेगरी चार कट्ठा जग्गाको सम्झौता भएको बताए। उनले गुठीसँग २० वर्षका लागि जग्गाको सम्झौता भएको बताए। यसमा बारले भने विरोध जनाइरहेको छ।

अध्यक्ष बन्जाराले बारसँग वार्तासमेत भएको उल्लेख गर्दै भने, ‘बारसँग हाम्रो मौखिक सम्झौता पनि भएको थियो। हाम्रो जग्गाको पछाडि पनि जग्गा छ, यो जग्गा प्रयोग गर्नुस् बाटोको समस्या भए फुकाइदिन्छौँ भन्ने मौखिक सम्झौता भएको थियो, तर आज एकाएक उहाँहरू आक्रमणमा उत्रिनुभयो।’

अध्यक्ष बनजाराले यस विषयमा जिल्ला अदालतमा रिट परेको र भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएकाले त्यसैबाट टुङ्गो लाग्ने विश्वास व्यक्त गरे।

महासंघका महासचिव महतोले साउन १९ गते महासंघको गुठी संस्थानसँग चार कट्ठा जग्गाको सम्झौता भएको बताए। उनले जेठ ७ गते गोरखापत्रमा तीन वटा जग्गाको लागि सूचना प्रकाशित भएकामा विभिन्न संघ संस्थाले प्रस्ताव पेस गरेकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरेपछि महासंघको प्रस्ताव पारित भएको बताए।

‘यस विषयमा साउन २ गते गोरखापत्रमा सूचना प्रकाशन गरिएको छ। गुठीले साउन ९ गते हाम्रो प्रस्ताव स्वीकृत भएको जानकारी दिएपछि यही साउन १९ गते सम्झौता भएको हो’, महासचिव महतोले भने, ‘न्यायका लागि वकालत गर्ने कानुन व्यवसायी नै यसरी आक्रमणमा उत्रिनु निन्दनीय छ। हामी खेद प्रकट गर्दछौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

Next Post
सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम, शान्ति सम्झौताका लागि दबाब निरन्तरः ट्रम्प

युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम, शान्ति सम्झौताका लागि दबाब निरन्तरः ट्रम्प

“महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”

“महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .