No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

“महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”

“महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”

आज भाद्र २ गते। यो दिन कुनै सामान्य दिन होइन। यो दिन श्रमजीवी वर्गका अमर नायक, जनताको मुक्ति आन्दोलनका साहसी योद्धा महान सहिद रामवृक्ष यादव (मास्टर साहेब) को स्मृति दिवस हो। उहाँले केवल आफ्नै जीवन मात्र होइन, आफ्नै पुरै परिवारलाई समेत बलिदानको वेदीमा चढाउँदै जनताको अधिकार र पहिचानको लागि लड्नु भयो। उहाँको जीवन, संघर्ष र बलिदान इतिहासकै अमूल्य सम्पत्ति हो।
तर, विडम्बना भनौ या दुर्भाग्य, क्रान्तिको नाममा सत्तामा पुगेका माओवादी वा कम्युनिष्ट नेताहरू जनताको सपना र त्याग बिर्सेर भ्रष्टाचार, दलाली र परिवारवादमा थुनिएका छन्।
जनताको भरोसा बेचेर, भुईं जनतालाई उपेक्षा गरेर, आफ्नै परिवार र आफन्तलाई राज्य ठान्ने अहंकारले उनीहरू क्रान्तिको बाटोबाट टाढा भइसकेका छन्।
मधेसमा माओवादीको दुर्दशा: विशेष गरी मधेसमा आज माओवादी राजनीति गुटबन्दी, स्वार्थ र नेतृत्वका होडबाजीमा ध्वस्त भइसकेको छ।
पार्टी रहोस् वा नरहोस् भन्ने चिन्ता छैन, तर सानो गुटको “नेता” बन्ने चाहना भने चरममा पुगेको छ। एक–अर्काको नेतृत्व स्वीकार नगर्ने, आफ्नै साथी–कार्यकर्तालाई विपक्षीझैँ ठान्ने प्रवृत्तिले माओवादी आन्दोलनलाई मधेसमै क्षय गरिरहेको छ।
महान सहिद मास्टर साहेबले चाहनुभएको सपना के यही थियो त ?
निश्चित रूपमा होइन। मास्टर साहेबले देखाउनुभएको बाटो निस्वार्थ संघर्ष, एकजुट आन्दोलन र जनताको हितमा समर्पित राजनीति थियो। तर आजका माओवादी नेताहरू त्यो बाटो छाडेर वर्षमा एकपटक हुने श्रद्धाञ्जली सभाको नाटक मंचन गर्ने र देखावटी वाचामा सीमित भएका छन्।
महान सहिद यादवको आत्मा आज पनि प्रश्न गरिरहेको छ—
के भूईजनताको लागि होइन, आफन्तका लागि राजनीति गर्ने यही हो मेरो सपना? के दलाल पुँजीपतिका सामु नतमस्तक भएर, अकुत सम्पत्ति थुपार्ने यही हो मेरो क्रान्ति?
अब पनि होस जागोस,
महान सहिद रामवृक्ष यादवको अधुरो सपना पूरा गर्ने हो भने आजैदेखि आत्मशुद्धि गर्नुपर्छ। गुटबन्दी र व्यक्तिगत स्वार्थ त्यागेर निस्वार्थ भावनासहित जनताको सपना पूरा गर्ने बाटोमा फर्कनुपर्छ। प्रदर्शन र दिखावटी वचन होइन, जनताको वास्तविक हितका लागि साहसिक कदम चाल्नुपर्छ ।
मास्टर साहेबप्रति सच्चा श्रद्धाञ्जली भनेको वर्षमा एकदिन कार्यक्रम गरेर फोटो खिच्ने होइन। सच्चा श्रद्धाञ्जली भनेको जनताको अधुरा सपना पूरा गर्ने अटल वचन हो। निस्वार्थ भावनासहित तन–मन–धनले एकजुट भएर नयाँ क्रान्तिको बाटोमा लागे मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
आजको स्मृति दिवसलाई भावनात्मक सम्झना मात्र होइन, क्रान्तिकारी सबकका रूपमा लिनुपर्छ। महान सहिद यादवको सपना साकार गर्ने दृढ संकल्प आजैबाट सुरू गरौं। यही हो उहाँप्रति सच्चा, असली र ऐतिहासिक श्रद्धाञ्जली।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post
सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका व्यक्तिले हानेका थिए रामपुकारलाई गोली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .