No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

“महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”

“महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”

आज भाद्र २ गते। यो दिन कुनै सामान्य दिन होइन। यो दिन श्रमजीवी वर्गका अमर नायक, जनताको मुक्ति आन्दोलनका साहसी योद्धा महान सहिद रामवृक्ष यादव (मास्टर साहेब) को स्मृति दिवस हो। उहाँले केवल आफ्नै जीवन मात्र होइन, आफ्नै पुरै परिवारलाई समेत बलिदानको वेदीमा चढाउँदै जनताको अधिकार र पहिचानको लागि लड्नु भयो। उहाँको जीवन, संघर्ष र बलिदान इतिहासकै अमूल्य सम्पत्ति हो।
तर, विडम्बना भनौ या दुर्भाग्य, क्रान्तिको नाममा सत्तामा पुगेका माओवादी वा कम्युनिष्ट नेताहरू जनताको सपना र त्याग बिर्सेर भ्रष्टाचार, दलाली र परिवारवादमा थुनिएका छन्।
जनताको भरोसा बेचेर, भुईं जनतालाई उपेक्षा गरेर, आफ्नै परिवार र आफन्तलाई राज्य ठान्ने अहंकारले उनीहरू क्रान्तिको बाटोबाट टाढा भइसकेका छन्।
मधेसमा माओवादीको दुर्दशा: विशेष गरी मधेसमा आज माओवादी राजनीति गुटबन्दी, स्वार्थ र नेतृत्वका होडबाजीमा ध्वस्त भइसकेको छ।
पार्टी रहोस् वा नरहोस् भन्ने चिन्ता छैन, तर सानो गुटको “नेता” बन्ने चाहना भने चरममा पुगेको छ। एक–अर्काको नेतृत्व स्वीकार नगर्ने, आफ्नै साथी–कार्यकर्तालाई विपक्षीझैँ ठान्ने प्रवृत्तिले माओवादी आन्दोलनलाई मधेसमै क्षय गरिरहेको छ।
महान सहिद मास्टर साहेबले चाहनुभएको सपना के यही थियो त ?
निश्चित रूपमा होइन। मास्टर साहेबले देखाउनुभएको बाटो निस्वार्थ संघर्ष, एकजुट आन्दोलन र जनताको हितमा समर्पित राजनीति थियो। तर आजका माओवादी नेताहरू त्यो बाटो छाडेर वर्षमा एकपटक हुने श्रद्धाञ्जली सभाको नाटक मंचन गर्ने र देखावटी वाचामा सीमित भएका छन्।
महान सहिद यादवको आत्मा आज पनि प्रश्न गरिरहेको छ—
के भूईजनताको लागि होइन, आफन्तका लागि राजनीति गर्ने यही हो मेरो सपना? के दलाल पुँजीपतिका सामु नतमस्तक भएर, अकुत सम्पत्ति थुपार्ने यही हो मेरो क्रान्ति?
अब पनि होस जागोस,
महान सहिद रामवृक्ष यादवको अधुरो सपना पूरा गर्ने हो भने आजैदेखि आत्मशुद्धि गर्नुपर्छ। गुटबन्दी र व्यक्तिगत स्वार्थ त्यागेर निस्वार्थ भावनासहित जनताको सपना पूरा गर्ने बाटोमा फर्कनुपर्छ। प्रदर्शन र दिखावटी वचन होइन, जनताको वास्तविक हितका लागि साहसिक कदम चाल्नुपर्छ ।
मास्टर साहेबप्रति सच्चा श्रद्धाञ्जली भनेको वर्षमा एकदिन कार्यक्रम गरेर फोटो खिच्ने होइन। सच्चा श्रद्धाञ्जली भनेको जनताको अधुरा सपना पूरा गर्ने अटल वचन हो। निस्वार्थ भावनासहित तन–मन–धनले एकजुट भएर नयाँ क्रान्तिको बाटोमा लागे मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
आजको स्मृति दिवसलाई भावनात्मक सम्झना मात्र होइन, क्रान्तिकारी सबकका रूपमा लिनुपर्छ। महान सहिद यादवको सपना साकार गर्ने दृढ संकल्प आजैबाट सुरू गरौं। यही हो उहाँप्रति सच्चा, असली र ऐतिहासिक श्रद्धाञ्जली।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका व्यक्तिले हानेका थिए रामपुकारलाई गोली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .