No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

मास्टर साहेव

राजविराज।सप्तरीको राजगाढ गाउँपालिका वडा नम्बर ३ स्थित नर्घो पछवारी टोलमा एक प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानीको निधनले पुरै गाउँ शोकमग्न भएको छ ।
स्थानियबासी स्वतन्त्रता सेनानी लालदेव यादवको शुक्रबार ९५ बर्षको उमेरमा निधन भएपछि गाउँ नै शोकमग्न भएको हो ।
राजगढ गाउँपालिकाको वडा नम्बर ३ मा विक्रम सम्वत् १९८७ सालमा जन्मिएका यादव २००७ सालदेखि देशमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका लागि काँग्रेसको राजनीतिमा आएका थिए ।
यादवलाई प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, राजगढ गाउँपालिकाका पुर्वअध्यक्ष परमानन्द यादव, राजगढ गाउँपालिका नेपाली काँग्रेसका सभापति दीपेन्द्र यादव सहितका नेताले काँग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
राणाशासनकाल देखी पंचायती व्यवस्था विरुद्ध र प्रजातन्त्रको स्थापनामा योगदान गरेका यादवको शनिवार अन्त्येष्टि गरिएको छ ।
उनको पार्थिव शरीमा जेष्ठ सुपुत्र इन्द्रदेव यादवले दागवती दिएका छन् । स्व. यादवका इन्द्रदेव, देवेन्द्र, कृष्णदेव र विष्णुदेव गरी चार छोरा, छोरी अम्बिका र श्रीमती बिमला देवी छन् ।
विपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोईराला, राष्ट्रपति रामचन्द्र पौडेल र पुर्व सभामुख दमनाथ ढुङ्गाना जस्ता आदर्श नेताहरु घरमा आएको उनका छोरा कृष्णदेव यादवले बताए
२००७ सालमा विपीकोईराला नर्घो स्थित उहाँको घरमा आएर १५ दिन बासबसेकै बेलादेखि वुवा लालदेव काँग्रेसको झण्डा बोकेर प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएको उनको भनाई छ ।
युवा अवस्थामै काँग्रेसको राजनीतिमा लागेका यादव कैयौं पटक विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र गिरिजा प्रसाद कोइरालासँगआन्दोलनका क्रममा पक्राउ परि सँगै जेल जिवन बिताएका थिए ।
आन्दोलनका क्रममा उहाँले अनेकौं पटक भारतको निर्मली र दरभंगा सम्म पुगेर राणाशासन र पंचायतीव्यवस्था बिरुद्धको पर्चा, पम्प्लेट छपाएर ल्याउने र यस क्षेत्रमा वितरण गर्ने सम्मको कार्यमा सक्रिय रहेको राजगढका पुर्व गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताए ।
पर्चा पम्पलेट छपाएर विभिन्न स्थानमा प्रजातन्त्रको पक्षमा जनमत सृजना लागेका उनलाई प्रहरीले पक्राउ गर्न खोज्दा झण्डै १५ वर्षसम्म सीमावर्ती भारतीय क्षेत्रमा अप्रवास बसेर प्रजातान्त्रिक आन्दोलनलाई सघाउने काम गरेको अध्यक्ष यादवले सुनाए ।
२०३६ सालको जनमत संग्रह देखि नेपाली काँग्रेसको हरेक आन्दोलनमा सक्रिय रहँदै उनी २०४९ सालमा उक्त पालिकाको तत्कालिन वडा नम्बर ९ मा सर्वाधिक मत ल्याई नेपाली काँग्रसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसपछि क्षेत्र र जिल्ला कमिटिको विभिन्न पद हुँदै महासमिति र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत निर्वाह गरिसकेका यादव राजनीतिसँगै समाज सेवा क्षेत्रमा समेत उत्तिकै योगदान गरेका छन् ।
राजगढ गाउँपालिका स्थित नर्घो पछवारी टोलमा जग्गादान गरेर गाउँमै जनता शंकर माध्यमिक विद्यालयको समेत स्थापना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .