No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

मास्टर साहेव

राजविराज।सप्तरीको राजगाढ गाउँपालिका वडा नम्बर ३ स्थित नर्घो पछवारी टोलमा एक प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानीको निधनले पुरै गाउँ शोकमग्न भएको छ ।
स्थानियबासी स्वतन्त्रता सेनानी लालदेव यादवको शुक्रबार ९५ बर्षको उमेरमा निधन भएपछि गाउँ नै शोकमग्न भएको हो ।
राजगढ गाउँपालिकाको वडा नम्बर ३ मा विक्रम सम्वत् १९८७ सालमा जन्मिएका यादव २००७ सालदेखि देशमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका लागि काँग्रेसको राजनीतिमा आएका थिए ।
यादवलाई प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, राजगढ गाउँपालिकाका पुर्वअध्यक्ष परमानन्द यादव, राजगढ गाउँपालिका नेपाली काँग्रेसका सभापति दीपेन्द्र यादव सहितका नेताले काँग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
राणाशासनकाल देखी पंचायती व्यवस्था विरुद्ध र प्रजातन्त्रको स्थापनामा योगदान गरेका यादवको शनिवार अन्त्येष्टि गरिएको छ ।
उनको पार्थिव शरीमा जेष्ठ सुपुत्र इन्द्रदेव यादवले दागवती दिएका छन् । स्व. यादवका इन्द्रदेव, देवेन्द्र, कृष्णदेव र विष्णुदेव गरी चार छोरा, छोरी अम्बिका र श्रीमती बिमला देवी छन् ।
विपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोईराला, राष्ट्रपति रामचन्द्र पौडेल र पुर्व सभामुख दमनाथ ढुङ्गाना जस्ता आदर्श नेताहरु घरमा आएको उनका छोरा कृष्णदेव यादवले बताए
२००७ सालमा विपीकोईराला नर्घो स्थित उहाँको घरमा आएर १५ दिन बासबसेकै बेलादेखि वुवा लालदेव काँग्रेसको झण्डा बोकेर प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएको उनको भनाई छ ।
युवा अवस्थामै काँग्रेसको राजनीतिमा लागेका यादव कैयौं पटक विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र गिरिजा प्रसाद कोइरालासँगआन्दोलनका क्रममा पक्राउ परि सँगै जेल जिवन बिताएका थिए ।
आन्दोलनका क्रममा उहाँले अनेकौं पटक भारतको निर्मली र दरभंगा सम्म पुगेर राणाशासन र पंचायतीव्यवस्था बिरुद्धको पर्चा, पम्प्लेट छपाएर ल्याउने र यस क्षेत्रमा वितरण गर्ने सम्मको कार्यमा सक्रिय रहेको राजगढका पुर्व गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताए ।
पर्चा पम्पलेट छपाएर विभिन्न स्थानमा प्रजातन्त्रको पक्षमा जनमत सृजना लागेका उनलाई प्रहरीले पक्राउ गर्न खोज्दा झण्डै १५ वर्षसम्म सीमावर्ती भारतीय क्षेत्रमा अप्रवास बसेर प्रजातान्त्रिक आन्दोलनलाई सघाउने काम गरेको अध्यक्ष यादवले सुनाए ।
२०३६ सालको जनमत संग्रह देखि नेपाली काँग्रेसको हरेक आन्दोलनमा सक्रिय रहँदै उनी २०४९ सालमा उक्त पालिकाको तत्कालिन वडा नम्बर ९ मा सर्वाधिक मत ल्याई नेपाली काँग्रसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसपछि क्षेत्र र जिल्ला कमिटिको विभिन्न पद हुँदै महासमिति र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत निर्वाह गरिसकेका यादव राजनीतिसँगै समाज सेवा क्षेत्रमा समेत उत्तिकै योगदान गरेका छन् ।
राजगढ गाउँपालिका स्थित नर्घो पछवारी टोलमा जग्गादान गरेर गाउँमै जनता शंकर माध्यमिक विद्यालयको समेत स्थापना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

Next Post
अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .