• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास


वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

जनकपुर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ।

शनिबार जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले कक्षा १२ दिएका विद्यार्थीहरुका लागि भनेर मात्र एकसय रुपैयाँ शुल्क लाग्ने गरी कार्यक्रम आयोजना गरेको थियो।

वाटरपार्कको क्षमता भन्दा बढी विद्यार्थीको उपस्थित भएपछि पार्क व्यस्थापन र विद्यार्थीहरु बीच तनाव उत्पन्न भएको थियो। सो क्रममा झडपसँगै तोडफोड हुँदा लाखौंको क्षति भएको वाटरपार्कका व्यवस्थापक अभिषेक गोइन्काले जानकारी दिएका छन्।

कृष्णा फाउन्डेसनसँग सातसयदेखि नौं सयजना विद्यार्थी मात्र आउने भनि सहमति भएकोमा दुई हजार भन्दा बढी विद्यार्थी प्रवेश गर्न खोजेपछि झडप हुन पुगेको उनले बताए।

आक्रोसित विद्यार्थीहरुले पार्कको मूल गेट, सिसिटिभी, सिसा, रुख विरुवा, गमला, टेन्ट, फलामको गेट, सामान राख्ने कोठा, कुर्सी, फलामलगायतमा तोडफोड गरेको उनले बताए।

विद्यार्थीले सडकमा चल्ने दुइवटा हाइसमा समेत तोडफोड गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ। विद्यार्थीहरु उग्र भएपछि अवस्थामा नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ।

झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। तोडफोडमा उत्रिएका १० जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अहिले व्यापक मात्रामा प्रहरी तैनाथ रहेका छन्।

अवस्था सामान्य भएपछि कुल क्षतीको अनुमान गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप
  • २०८२ जेष्ठ ३, शनिबार २२:१९
  • In "BannerNews"
  • धनुषामा दाहाल–नेपाल कार्यकर्ता र प्रहरीबीच झडप, केहि राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार
  • २०८२ जेष्ठ ३, शनिबार २२:१९
  • In "देश"
  • इन्डोनेसियामा कानुन परिवर्तनका विषयमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप
  • २०८२ जेष्ठ ३, शनिबार २२:१९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

प्रधानन्यायाधीश चयनले बालेन सरकारको परीक्षा लिने

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

Next Post

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version