• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदकाे दबाबले समातिएनन् अझैं


वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदकाे दबाबले समातिएनन् अझैं

सिरहा। सिरहाका एकजना वडा अध्यक्ष विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी अझै समातिएका छैनन ।

राजनीतिक संरक्षकका कारण स्थानिय प्रहरीले उनलाई पक्राउ नगरेकाे स्थानियकाे भनाइ रहेकाे छ । एमाले पार्टीबाट निर्वाचित सिरहा नगरपालिका-१३ का वडाध्यक्ष सर्भेन्द्र साहलाई राजनीतिक दवावका कारण गर्न प्रहरीले आनाकानी गर्दै आइ रहेकाे जनाइएकाे छ ।

वडा अध्यक्ष साह सहित १२ जनाविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेको पछि स्थानिय रूष्ट भएका छन् ।

उच्च अदालत, राजविराजको परमादेश अनुसार आपराधिक उपद्रब, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा उनीहरूविरुद्ध चैत १३ गते जिल्ला प्रहरी कार्यालय, सिरहामा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएको एक महिना भन्दा पनि बढी भइसकेकाे छ । तर,प्रहरीले उनीहरूमध्ये कसैलाई पक्राउ गर्न नसकेको स्थानिय दिनेश यादवले बताए।

उनले भने, ´अदालतले चैत १७ गते नै वडाध्यक्ष साहसहित १२ जना प्रकाश महतो, दुखी महतो, पञ्चलाल महतो, सोगारथ महतो, अमन महतो, रामदिनेश यादव, सतिश यादव, जीवछ महतो, सोभित महतो, खुशीलाल महतो र पाण्डब महतो

विरुद्ध पक्राउ पुर्जी जारी भए पनी उनीहरु अहिले पनी खुलेआम घुमिरहेका छन् ।’

यता घटनाको अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख (एसपी ) अनन्तराम शर्माले जनाए । ‘म आउनुभन्दा अगाडी नै यो मुद्दा दर्ता भएको रहेछ, प्रहरीले गर्नु पर्ने काम गरिरहेको छ, अनुसन्धानसमेत हुँदैछ।´

वडा अध्यक्ष सहित १२ जनाको समुहले सिरहा नगरपालिका-१३, फुलबरियाका ६६ वर्षीय रामसेवक भण्डारीको घरमा २०८० पुष २२ गते गालिगलौज गर्दै लुटपाट गरेको विपक्षीको आरोप छ। आफनै जग्गामा तार बार लगाउन खोज्दा उनीहरूले आफूसहित घरका सदस्यलाई गाली बेइज्जती तथा दुर्व्यवहार गर्दै घरमा आगो लगाइदिएको र घरमा भएका सुनचाँदीसहितका सामान लुटपाट गरी ५० लाख रुपैयाँको क्षति पुर्‍याएको भन्दै उच्च अदालत राजविराजमा रिट निवेदन दिएका थिए।

त्यसअघि घटनालगत्तै उनी जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराउन गएका थिए। तर, पटकपटक गुहार्दा पनि प्रहरीले जाहेरी दर्ता नगरी दिएपछि उनी २०८१ असार २१ मा परमादेशका लागि रिट निवेदन लिएर उच्च पुगेका हुन् ।

वडा अध्यक्ष सहित १२ जनालाई सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले संरक्षण गरिरहेको स्थानियकाे भनाइ रहेकाे छ । श्रेष्ठ कै दवावका कारण प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेको उनीहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महोत्तरीः पूर्व अध्यक्षसहित दश जनाविरुद्ध मुद्दा दर्ता
  • २०८२ बैशाख ११, बिहीबार २१:४६
  • In "BannerNews"
  • मोटरसाइकल जलाउने २ जना पक्राउ
  • २०८२ बैशाख ११, बिहीबार २१:४६
  • In "देश"
  • यौन दुर्व्यवहारको आरोपमा पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि प्रहरीले थाल्यो अनुसन्धान
  • २०८२ बैशाख ११, बिहीबार २१:४६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

भूमिहीनका समस्या समाधान गर्न सहजीकरण समिति

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

काठमाडौंकी उपमेयर भन्छिन्- एमालेले सामाजिक सञ्जालमा गाली गर्न र स्टन्ट गर्न सिकाउँदैन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version