No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित

खोटाङ। सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत, दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ। गत असोज १२ गते भीषण बाढीले बगाएको पुल पुनः निर्माणका लागि रु ३५ करोड बजेट सुनिश्चित भएको हो।

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र छिमेकी जिल्ला उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुनः निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको त्यहाँबाट प्रतिनिधित्व गर्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए। ‘फोक्सिङटार पुल जिल्लावासीको दैनिक जीवनसँग जोडिएको छ। त्यसैले हामी सबैको पहलमा बजेट सुनिश्चित भएको छ। यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य छ’, उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेकामा बजेट सुनिश्चित भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए। विपद् व्यवस्थापन कोषमार्फत आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए। ‘पुल निर्माणका लागि मन्त्रालयका तर्फबाट स्रोत सुनिश्चित गरेका छौँ। डिजान तथा टेन्डर आव्हानको काम सडक विभागले गर्छ। विभागलाई पत्राचार गरिसकेका छौँ। यसै आर्थिक आवश्यक काम अगाडि बढ्छ’, सचिव शर्माले भने।

यो सडक पूर्वी तराईका विभिन्न सहर जाने र आउने छोटो दूरीको बाटो हो तर बाढीले फोक्सिङटारको पुल बगाएपछि वर्षायाममा दिक्तेल–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद हुने अवस्था आएको छ। दिक्तेल–गाईघाट सडक (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की बाढीले बगाएको थियो। त्यसपछि अस्थायी बेलिब्रिज जडान गरिएको छ। हिउँदभरि सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालन ल्याइएको हो।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो। हस्तान्तरण नहुँदै बाढीले पुल बगाएका थियो। निर्माण सुरु गरेको १० वर्षपछि सम्पन्न गरिएको पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा निर्माण गरिएको हो।

उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बाढीले यहाँको पक्की पुल बगाएपछि जिल्लाको विकास निकै पछाडि धकेलिएको बताए। ‘जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु यही पुल भएरै भित्र्याइन्थ्यो तर पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो । यो हाम्रा लागि दुःखको कुरा हो। अब चाँडै निर्माणका लागि राजनीतिक नेतृत्व र सबै सरोकार भएकाहरू गम्भीर बन्न आवश्यक छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

Next Post
अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल

यस्ताे छ, पूर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पूर्णपाठ

यस्ताे छ, पूर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पूर्णपाठ

अमेरिकाले अफगानिस्तान र क्यामरुनका जनतालाई दिएको विशेष सुविधा हटायो

अमेरिकाले अफगानिस्तान र क्यामरुनका जनतालाई दिएको विशेष सुविधा हटायो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .