No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दुर्गा प्रसाईं फरार भैरहँदा उनका सहयोगीहरु धमाधम पक्राउ

दुर्गा प्रसाईं फरार भैरहँदा उनका सहयोगीहरु धमाधम पक्राउ

काठमाडौं। राजा फर्काउने आन्दोलन गरिरहेका दुर्गा प्रसाईं फरार भैरहँदा उनका सहयोगीहरु धमाधम पक्राउ परेका छन्। शुक्रबार साँझबाट फरार प्रसाइलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

तीन दिन यता प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, विशेष व्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालयको टास्क फोर्सले खोजी गरिरहेको छ।

साथै सबै नाकामा प्रहरी परिचालन गरेको छ। तर पनि उनी पक्राउ पर्न सकेका छैनन्। केही प्रहरी अधिकारीले उनी भारत गएको हो कि भन्ने शंका गरिरहेका छन्। प्रहरीको एउटा यूनिटले भारतीय प्रहरीसँग समन्वय गर्दै आएको छ। तर पनि उनी पक्राउ पर्न सकेका छैनन्।

उनका सहयोगी भने भटाभट पक्राउ परिरहेका छन्। अहिले साँझ मात्रै संयुक्त जनआन्दोलन घोषणा सभा परिचालन समितिका संयोजक पक्राउ परेका छन्। झापा घर भएका देवी संग्रौलालाई प्रहरीको विशेष टोलीले ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो। संग्रौलासँगै विष्णुजंग बस्नेत पनि पक्राउ परेका छन्।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका संग्रौलालाई पनि प्रहरीले पक्राउ गरेको हो। यसअघि प्रसाईंको सुरक्षा दस्ताका ४ जना पनि पक्राउ परिसकेका छन्। तर प्रसाईंको अझै अत्तोपत्तो छैन।

उनले आइतबार दिउसो एक भिडियो सार्वजनिक गर्दै काठमाडौंको एक मन्दिरमा छु भनेर भनेका थिए। तर उनी रातारात मोटरसाइकलमा भारत पुगिसकेको खबर सुरक्षा निकायमा छ।

मोटरसाइकलमा चढेर रातारात हेटौंडा हुँदै भारत पुगेको र नेपालकै मन्दिरमा छु भनेर बनाएको भिडियो पनि भारतकै एक मन्दिर भएको ती प्रहरी अधिकारीको दावी भएपनि प्रहरीको उच्च तहले विश्वास गरेको छैन। प्रहरीले अहिले पनि चार वटा टोली खटाइरहेको छ।

आइतबार साँझ प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रसाईंलाई कुनै पनि हालतमा पक्राउ गर्न मातहतका सुरक्षा अधिकारीलाई ‘कडा’ निर्देशन दिएका थिए। मातहतका सबै निकाय उत्तिकै अलर्टमा बसेको छ।

उनी भागे पनि प्रहरीले प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टी महामन्त्री एवं सांसद धवलशमशेर जबरालाई सोही राति पक्राउ गरेको थियो।

मिश्र र जबरासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित र उपद्रव कसुरमा मुद्दा चलाइएको छ। आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ।

उनीहरूसँगै पक्राउ परेका अरू ४१ जनालाई पनि थुनामा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको अनुमति दिएको छ। प्रसाईंको खोजीमा रहेका एक प्रहरीका अनुसार उनको अन्तिम लोकेशन इमाडोलमा ट्रयाक भएको थियो।

इमाडोलबाट एउटा ट्याक्सी लिएर हिँडेका उनी कता गए भन्ने बारेमा कतै पनि ट्रयाक हुन सकेको छैन। इमाडोलमा पुस्कर खतिवडाको घरमा स्याउ र केरा खाएर प्रसाई फरार भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
२८ वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….

२८ वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….

पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली

पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली

म्यान्मारमा भूकम्पले १७०० जनाको मृत्यु, विश्व स्वास्थ्य संगठनले ८० लाख डलर सहयोग माग्यो

म्यान्मारमा भूकम्पले १७०० जनाको मृत्यु, विश्व स्वास्थ्य संगठनले ८० लाख डलर सहयोग माग्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .