काठमाडौं । विश्व स्वास्थ्य संगठनले म्यानमारमा गएको भूकम्पबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न तत्काल ८० लाख डलरको सहयोग मागेको छ।
यस भूकम्पमा लगभग १,७०० जनाको मृत्यु भएको छ र हजारौं घाइते भएका छन् वा रोगको जोखिममा छन्।
संयुक्त राष्ट्रसंघीय निकायले आगामी ३० दिनमा आवश्यक स्वास्थ्य सेवाहरू पुनर्स्थापित गर्न, घाइतेहरूको उपचार गर्न र रोगहरूको फैलावट रोक्न मद्दत आवश्यक रहेको बताएको छ।
मार्च २८ मा म्यानमारमा गएको भूकम्पका कारण लगभग १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएको बताइएको छ।
म्यानमारमा गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा पनि महसुस गरिएको थियो। थाइल्याण्डमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १८ पुगेको बताइएको छ।