रौतहट । रौतहटको शिवनगरमा रहेका आनन्द होस्पिटल एक्युपञ्चर सेन्टर प्रालीका संचालक एवं कथित रुपमा रहेका झोले डाक्टर उमेश प्रसाद जयसवालको लुटतन्त्रमा सम्बन्धित स्थानीय सरकार प्रमुख नै संलग्न रहदा उपचार गराउन जाने विरामीहरु लुटिदैछन् ।
पक्षाघात (पारालाइसिस) भएका विरामीहरुलाई समुचित उपचार गरिन्छ भनेर विभिन्न एजेन्टहरुको माध्यमबाट उक्त अस्पतालमा आउने विरामीहरुलाई १० दिन देखि एक महिना सम्म राखेर लाखौं रुपैया असुली घर पठाउने कथित एवं झोले डाक्टरका अस्पतालमा मुख्यमन्त्री सतिशकुमार सिंहले छापा मारेर बन्द गरेपनि स्थानीय सरकार प्रमुख आफै गएर उक्त अस्पताल खोल्न लगाई लुटकार्यमा कथित डाक्टरलाई सहयोग पुर्याएको गम्भीर आरोप स्थानीयहरुले लगाएका हुन् ।
गरुडा नगरपालिका वडा नम्वर ५ शिवनगर महादेव स्थान जाने बाटोमा संचालनमा रहेका आनन्द होस्पिटल एक्युपञ्चर सेन्टरका सचालक संग कुनै डिग्री प्राप्त नगरेका जयसवाल यदी डाक्टर हो भने एनएमसी पास गरेर विधिवत रुपमा चिकित्सा पेशा अपनाउनु पर्ने अन्यथा अन्य चिकित्सकलाई राखेर कारोवार गर्नुपर्नेमा बाहिर बोर्डमा अंकित चिकित्सकहरुको नाम भएपनि आमतौरमा जयसवालले नै उपचार गरेर विरामीहरुको ढाँड सेक्दै लाखौं रुपैया लुटदै आएको आरोप विरामीले लगाए ।
गढीमाई नगरपालिकाको इनर्वा गाउँ निवासी ७२ बर्षीय रामप्रसाद साह गत माघ १८ गते राति पारालाइसिसको शिकार भएपछि आफन्त र परिवारका सदस्यहरु उपचारको लागि शिवनगर स्थित आनन्द होस्पिटल एक्युपञ्चर सेन्टरमा भर्ना गराए । करिव एक महिना सम्म उपचार गराउदा कुनै सुधार नआएपछि उपचार अन्यत्र गराउन गएको गुनासो गर्दै निजको सालो महिन्द्र साहले उक्त अबधीमा एक लाख ९८ हजार होस्पिटलको खर्च भएको र करिव ४४ हजार औषधीमा खर्च भएको बताए ।
उक्त अस्पतालमा रहेको भए मेरो भिनाजु वित्नु हुन्थ्यो तर वेलैमा त्यहाँबाट अन्यत्र उपचार गराउदा स्वास्थ्यमा सुधार आईरहेको जिकिर दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ का महिन्द्र साहले भने । पारालाइसिसका विरामीहरुको उपचारको बहानामा नक्कली डाक्टर जयसवाल लुटने बाहेक अन्य कुनै कार्य नभएको हुँदा त्यस्ता अस्पताललाई सिल गर्नुपर्ने धारणा उलने राखे ।
जिल्लाको व्यापारिक नगरीको रुपमा प्रख्यात रहेका गरुडा नगरपालिकामा बर्षौबर्ष देखि उपचारको आडमा आम मानिसहरुको जिवन संग खेलवाड गरेर रकम लुट्दै आएका झोले एवं कथित डाक्टर जयसवाल माथि कारवाही कहिले होला ? आम मानिसले प्रश्न सम्बध निकाय समक्ष तेश्रयाए ।
विरामीहरुको गुनासोका आधारमा दुई साता अघि मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन निरीक्षण गर्दा सबै प्रक्रिया गैरकानुनी रहेको भन्दै अस्पताल बन्द गर्ने निर्देशन दिएका थिए ।
उपचारको नाममा चर्को शुल्क असुल्दै वर्षौदेखी विरामीलाई ठग्दै र लुट्दै आएका आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालीलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएपनि राति विहान अन्य भवनमा विरामी भर्ना गरेर उपचार गरिरहेको श्रोतले जानकारी दिए । त्यती मात्रै नभई गरुडा नगरपालिकाको नगरप्रमुख आफै उक्त अस्पताल खोलाउन समेत पुगेको श्रोतले गम्भीर आरोप लगाए ।
आर्थिक चलखेलको आधारमा गरुडा नगरपालिकाले अबैध रुपमा रहेको आनन्द होस्पिटल एक्युपञ्चर सेन्टरलाई मापदण्ड पुरा नगरेपनि कानुन विपरीत २५ शैयाको अस्पताल सञ्चालन गर्न अनुमति दिएर आर्थिक अपचलन गरेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1