• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन


मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको छड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।

गरुडा नगरपालिका–५ शिवनगरमा स्थित आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, गरुडा –४ गरुडामा अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगाएतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

अनुगमनको क्रममा नियम विपरीत सञ्चालन गरिएको पाइएकोले उक्त अस्पिटलहरु बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताएका थिए। मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्न त्यस अघी नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरुलाई लिखित पत्र थमाएका थिए ।

मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएमा अस्पताल सञ्चालकलाई पक्राउ गरी कार्यवाही गर्ने समेत मुख्यमन्त्री सिंहले चेतावनी दीएका छन् । मुख्यमन्त्री सतिश कुमार सिंह गरुडामा अनुगमन गर्न आएको थाहा पाउने वितिकै कैयौं हस्पिटलका सञ्चालकहरुको भागाभाग भएको थियो।

गरुडा शिवनगरमा अबैध हस्पिटल सञ्चालन गरी उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्दै आएको गुनासोको आधारमा बिहीवार अनुगमन गरिएको मुख्यमन्त्री सिंहले बताएका थिए।

झोले हस्पिटलको रुपमा रहेको सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति अस्पतालका सञ्चालकहरु हस्पिटल बन्द गरी फरार भएका थिए । तर पनि मुख्यमन्त्री सिंहले ति हस्पिटलहरुलाई समेत कार्यवाही स्वरुप बन्द गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै वर्षौदेखी विरामीलाई लुटदै आएका शिवनगरका आनन्द हस्पिटल एक्यूपन्चर सेन्टरका सञ्चालक एवं कथित डाक्टर उमेश प्रसाद साह मुख्यमन्त्री सिंह आए पछि हस्पिटल छाडेर फरार भएका थिए ।

अनुगमनको क्रममा आनन्द हस्पिटल अनुमति गरुडा नगरपालिकाबाट कानुन विपरीत २५ बेडको अनुमति लिएर ६० भन्दा बढी बेड राखेको, एउटा भवनमा हस्पिटल सञ्चालन गर्ने अनुमति लिएर तिनवटा भवनमा सञ्चालन गरेको, अन्य मापदण्ड पुरा नगरेको देखिएको मुख्यमन्त्री सिंहले बताएका छन्।

पालिकाले निजी अस्पताललाई १५ बेडको मात्र अनुमति दिने अधिकार बिपरित गरुडा नगरपालिकाले आनन्द हस्पिटललाई २५ शैया बेडको अस्पताल सञ्चालन गर्न अनुमति दिएको देखिएकोले गरुडा नगरपालिकालाई समेत कार्यवाही हुने बताएका छन् ।

रौतहट जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ । अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थल समेत छैन । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।गौर चन्दरनिगाहपुर सडक खण्डमा दर्जनौ स्थानमा दर्ता नै नभएका निजी अस्पतालहरु संचालनमा रहेको छन ।

मुख्यमन्त्री सिंहले यस अघी चन्द्रनिगाहपुर स्थित अनुगमनको क्रममा १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा थप तीन अवैध अस्पताल बन्द
  • २०८१ फाल्गुन २३, शुक्रबार २०:१५
  • In "BannerNews"
  • सिरहाको मिर्चेयामा १४ निजी अस्पतालको अनुगमन गर्दा १३ बन्द गराइयो
  • २०८१ फाल्गुन २३, शुक्रबार २०:१५
  • In "BannerNews"
  • राजमार्ग क्षेत्रको १३ निजी अस्पतालमा मधेश सरकारको छड्के, १२ वटा अवैध
  • २०८१ फाल्गुन २३, शुक्रबार २०:१५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

राजसंस्था फेरि खतराको रुपमा देखिन थालेको हो?

महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते

जनकपुरमा राजावादीको प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version