• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजमार्ग क्षेत्रको १३ निजी अस्पतालमा मधेश सरकारको छड्के, १२ वटा अवैध


राजमार्ग क्षेत्रको १३ निजी अस्पतालमा मधेश सरकारको छड्के, १२ वटा अवैध

मधेश  प्रदेश सरकारले शनिबार सर्लाही र रौतहटको१३ वटा निजी  अस्पतालको छड्के अनुगमन गरेको छ । जसमा १२ वटा अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले शनिबार साँझ रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनस्थित अस्पतालहरूको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा चन्द्रपुरस्थित चन्द्रपुर हस्पिटल प्रालि मात्र अनुमति लिएर सञ्चालनमा रहेको देखिएको प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव राजेश मिश्रले जानकारी दिए।

अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका रौतहटको चन्द्रपुरस्थित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी हस्पिटल प्रालि, हिमालयन पोलिक्लिनिक, सिम्स अस्पताल प्रालि, चन्द्रपुर अर्थोपेडिक एन्ड जेनरल हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, चन्द्रपुर सामुदायिक हस्पिटल प्रालि र मोडेल अर्थोपेडिक एन्ड जेनरल हस्पिटल प्रालिलाई तत्काल बन्द गर्ने निर्देशन दिइएको छ।

त्यसैगरी, सर्लाहीको हरिवनस्थित दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालि लाई समेत अनुमति नलिएको भन्दै बन्द गर्न आदेश दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए।

अधिकांश अस्पतालहरू कम्पनी दर्ता मात्र गरी वा कुनै आधिकारिक स्वीकृति नलिई सञ्चालन भइरहेको पाइएकाले प्रदेश सरकारले अनुगमनलाई तीव्र बनाएको हो।

मापदण्डबिना सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार, आवश्यक औषधि तथा उपकरणको उचित व्यवस्था नभएको, योग्य स्वास्थ्यकर्मीको अभाव रहेको र उपचार महँगो पारिएको जनगुनासो बढ्दै गएको छ। यसैकारण, बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्ने र कतिपय अवस्थामा ज्यान नै जोखिममा पर्ने अवस्था आएको छ।

यसअघि, मुख्यमन्त्री सिंहले जनकपुरधाम, बर्दिवास, वीरगञ्ज लगायतका क्षेत्रमा पनि अस्पताल अनुगमन गरिसका छन् ।

प्रदेश सरकारले बन्द गरिएका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा गरेर मात्र पुनः सञ्चालनमा आउन निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहाको मिर्चेयामा १४ निजी अस्पतालको अनुगमन गर्दा १३ बन्द गराइयो
  • २०८१ फाल्गुन १८, आईतवार २१:३१
  • In "BannerNews"
  • मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन
  • २०८१ फाल्गुन १८, आईतवार २१:३१
  • In "BannerNews"
  • जनकपुरमा थप तीन अवैध अस्पताल बन्द
  • २०८१ फाल्गुन १८, आईतवार २१:३१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ: क्रेमलिन

लोटस स्कुलद्वारा खेलकुद प्रतियोगिताका विजयी विद्यार्थी र अभिभावक सम्मानित

५० वर्ष पूरा गर्दै लक्ष्मण ललिता मावि, समारोहको तयारी अन्तिम चरणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version