No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दूतावासको पहलपछि नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन विश्वविद्यालयको आग्रह

दूतावासको पहलपछि नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन विश्वविद्यालयको आग्रह

काठमाडौं। भारत उडिशाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा एक नेपाली छात्राको मृत्युपछि उत्पन्न तनावमा सोमबारभित्र क्याम्पस छाडिसक्न नेपाली विद्यार्थीलाई चेतावनी दिएको खबरहरु सार्वजनिक भइरहेका बेला विश्वविद्यालयले भने क्याम्पस फर्किन र कक्षा शुरू गर्न आग्रह गरेको छ।

केआईआईटी विश्वविद्यालयमा बी टेक तेस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति लम्साल आइतबार साँझ छात्रावास परिसरमा मृत भेटिएपछि नेपाली विद्यार्थीहरुले उक्त मृत्यु शंकास्पद भएको भन्दै विरोध जनाएपछि क्याम्पस प्रशासनले उनीहरुलाई तत्काल क्याम्पस छाडन चेतावनी दिएको खबरहरु सार्वजनिक भएको थियो।

छात्राको मृत्यु प्रकरण र क्याम्पस छाडन दिएका धम्कीले क्याम्पसका समेत प्रदर्शन र धरपकड भएको थियो।

घटनाले थप तनावको रुप लिएको र नेपाली विद्यार्थीहरुलाई बलजफ्ती गरेर निकाल्न खोजेको विषय सार्वजनिक भएपछि भारतस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर उक्त घटनाको बारेमा क्याम्पस प्रशासन र स्थानीय प्रशासनसँग जानकारी लिएको थियो। दूतावसले निधन भएकी नेपाली छात्राका सम्वन्धमा अनुसन्धान गर्न तथा नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूती गर्न माग गरेको थियो।

त्यस लगत्तै ‘केआईआईटी प्रशासनले क्याम्पस र छात्रावासहरूमा शान्ति पुनर्स्थापना गर्दै शैक्षिक गतिविधिहरू पुनः सञ्चालन गर्नका लागि हरसम्भव प्रयास भइरहेको भन्दै सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर कक्षा पुनः शुरू गर्न आग्रह गरेको हो।

‘केआईआईटी प्रशासनले क्याम्पस र छात्रावासहरूमा शान्ति पुनर्स्थापना गर्दै शैक्षिक गतिविधिहरू पुनः सञ्चालन गर्नका लागि हरसम्भव प्रयास गरिरहेको छ’, विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस छोडिसकेका वा छोड्ने योजनामा रहेका हाम्रा सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर कक्षा पुनः शुरू गर्न आग्रह गरिन्छ।’

यस्तै कलेजले घटनापछि तुरुन्तै प्रहरीले अनुसन्धान गरी आरोपितलाई पक्राउ गरिसकेको जनाएको छ।

नेपाली दूतावासले भारतको केन्द्र सरकार र ओडिसाको मुख्यमन्त्री कार्यालयसँग सम्पर्क भैरहेको र घटनाको छानबीन गर्न माग समेत गरेको जनाएको छ । ”यस घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ” । दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको घटना सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

यसैगरी परराष्ट्र मन्त्रालयले पनि कुटनीतिक तहबाट सत्यतथ्य बुझिरहेको जनाएको छ। घटननाले सदनमा समेत प्रवेश पाएको छ। आजको प्रतिनिधि सभाको बैठक विभिन्न राजनितिक दलका नेताहरुले पनि घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न ,घटनाको उचित छानबीन गर्न र विद्यार्थीहरुको सुरक्षाका लागि सरकारले तत्काल कुटनितिक पहल थाल्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छौं : नेपाली दूतावास

विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छौं : नेपाली दूतावास

ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा राणा

ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा राणा

दूतावासको पहलपछि नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन विश्वविद्यालयको आग्रह

ओडिसाको विश्वविद्यालयले माग्यो माफी, शैक्षिक वातावरण बनाउन प्रयासरत रहेको दावी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...