No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै

बागमती। लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।

उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

‘‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले उत्पादन रोकिएको होइन”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।”

“अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ”, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख आचार्यले भने, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ ।” जसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइ नै हाल्यो, उनले भने।

उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थको समस्या छ । ‘‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चापदार्थ कोइलाको आवश्यक पर्छ”, उनले भने, ‘‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइ नसकेकाले तत्काल कोइला आउने सम्भावना छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीहरुले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन”, उनले भने ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।

‘‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ”, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौँ, त्यसमा मेकेनिकहरु लगिरहनुभएको छ, धेरै काम सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।” त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

Next Post
राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने

राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने

मधेशको लोकसञ्चार प्रवर्द्धन बोर्डको कार्यवाहक अध्यक्षमा दत्त नियुक्त

मधेशको लोकसञ्चार प्रवर्द्धन बोर्डको कार्यवाहक अध्यक्षमा दत्त नियुक्त

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .